आईडियल को–एड. एकेडेमीमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूका लागि अभीमूखिकरण कार्यक्रम सम्पन्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १३, २०८२
|
|
३२ पटक हेरिएको
Shares
आईडियल को–एड. एकेडेमीमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूका लागि अभीमूखिकरण कार्यक्रम सम्पन्न

सारांश

  • सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–९, बस्तिपुरमा अवस्थित आईडियल को–एड.
  • एकेडेमीले आज कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूका लागि अभीमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ।
  • शैक्षिक सत्र २०८२ ÷८३ का लागि कक्षा ११ मा अध्ययन गर्न आएका १८० जना विद्यार्थी सहभागी भएका शिक्षक सुवोध मण्डलले जानकारी दिनुु भयो ।

१३ साउन, सर्लाही ।

सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–९, बस्तिपुरमा अवस्थित आईडियल को–एड. एकेडेमीले आज कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूका लागि अभीमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ। शैक्षिक सत्र २०८२ ÷८३ का लागि कक्षा ११ मा अध्ययन गर्न आएका १८० जना विद्यार्थी सहभागी भएका शिक्षक सुवोध मण्डलले जानकारी दिनुु भयो । विद्यालयका प्रशासन तथा लेखा प्रमुख जयन्त चौलागाईंले नवआगन्तुक विद्यार्थीहरूको स्वागतका लागि अभीमुुखिकरण कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

विद्यालयका अनुसार सबै विद्यार्थीले कक्षा ११ मा भर्ना गरिसकेका छन् र आगामी आइतबारदेखि नियमित कक्षा सञ्चालन हुने बताइएको छ। व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन, लेखा, अर्थशास्त्र, बिजनेस म्याथ, तथा कम्प्युटर साइन्स विषयहरूमा अध्ययन–अध्यापन भइरहेको विद्यालयले जनाएको छ। कार्यक्रम विद्यालयका संस्थापक तथा हरिपुर नगरपालिकाका नगरप्रमुख गोपाल पजियारको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड, मधेस प्रदेशका प्रमुख दयाराम राई प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरी, कार्यक्रमलाई राष्ट्रिय परीक्षा बोर्ड, मधेस प्रदेशका सदस्य बद्रीविक्रम बनियाँ, प्याब्सन मधेस प्रदेश कार्यसमिति सदस्य दामोदर थापा, तथा सर्लाही प्याब्सनका कोषाअध्यक्ष बुद्ध पाख्रिन लगायतले सम्बोधन गर्नुभएको थियो।

कार्यक्रम संयोजक तथा विद्यालयका प्रिन्सिपल राजु पजियारले कार्यक्रमको समापनमा सबै अतिथिहरूप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । यस किसिमको कायक्रमले बिधार्थीलाई नँया परिवेसमा घुुलमेल हुुन सहज हुुनुुको साथै बिद्यालय तथा शिक्षकको बिषयमा बुझ्न सहज हुुने बिद्यालयकी साहायक पिन्सिपल बिमला थनेतले जानकारि दिनुु भयो । कम्प्यूटर साईन्समामा कक्षा १२ मा अध्यन्रत छात्र शुवास श्रेष्ठ , बिसाल चैधरी निमाण गरेका रोवट समेत कायक्रमको अवसरमा प्रदसन गरि निमाण तथा रोवटले गर्ने कामको बारेम जानकारि प्रदान गरिएको छ ।

यस रोवटले मानीस संङ कुरा गर्ने सक्ने तथा मानव भवलाई बुझेर कुरा गर्नुको साथै यसले छोटो समएमा पाठयक्रमा संङ सवन्धीत तथा बाहिरी ज्ञानको बारेमा समेत जानकारि दिन सहयोगी हुुने रोवट निमाण गरेका बिधार्थीले जानकारि दिएका छन । यस रोवटको निमाणमा बिधार्थीले स्थानीय स्तरमा उपल्वभ सामाग्रीको प्रयोग गरिएको जानकारि दिएको छ । साथै यस बिधालयका बिधार्थीले यस अघि बिधुुतीय साईकल तथा तथा सामान ओसार पसार गर्ने मिलने बिधुुतीय गाडि समेतको नीमाण गरि सफलता पुर्वक प्रदर्शनी गरि सकेका बिधार्थीले आज फेरि रोवट प्रर्दशनी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वरूप परिवर्तन तथा ध्वनी प्रदूषण गर्ने १२ मोटरसाइकल नियन्त्रणमा
स्वरूप परिवर्तन तथा ध्वनी प्रदूषण गर्ने १२ मोटरसाइकल नियन्त्रणमा
सर्लाहीको चुरे जङ्गलमा डढेलो : पाइप जलेपछि खानेपानीको समस्या
सर्लाहीको चुरे जङ्गलमा डढेलो : पाइप जलेपछि खानेपानीको समस्या
रुपन्देही अदालतबाटै रिहा हुनेछन् रवि
रुपन्देही अदालतबाटै रिहा हुनेछन् रवि
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गर्न डा. शेखरको प्रस्ताव
आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गर्न डा. शेखरको प्रस्ताव
मन्त्रीका काकाको कारण सशस्त्रमा लफडा
मन्त्रीका काकाको कारण सशस्त्रमा लफडा
भूमि विधेयक संविधान विपरीत छ, अदालतमा मुद्दा परे बदर हुन्छ : उपेन्द्र यादव
भूमि विधेयक संविधान विपरीत छ, अदालतमा मुद्दा परे बदर हुन्छ : उपेन्द्र यादव
राजावादीको लुटपाट, तोडफोडमा भाटभटेनीको क्षति मूल्याङ्कन ८० लाख ३३ हजार
राजावादीको लुटपाट, तोडफोडमा भाटभटेनीको क्षति मूल्याङ्कन ८० लाख ३३ हजार
राजर्षिजनक विश्वविद्यालयको दीक्षान्तमा सहभागी हुन प्रधानमन्त्री आज जनकपुर जाँदै
राजर्षिजनक विश्वविद्यालयको दीक्षान्तमा सहभागी हुन प्रधानमन्त्री आज जनकपुर जाँदै
राजेन्द्र महत्तोको राष्ट्रिय मुक्ति पार्टीले गाउँ–गाउँ ४५ दिने अभियान चलाउने
राजेन्द्र महत्तोको राष्ट्रिय मुक्ति पार्टीले गाउँ–गाउँ ४५ दिने अभियान चलाउने

तपाईंले छुटाउनुभयो कि?