सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने अनेरास्ववियुको निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ६, २०८०
|
|
३० पटक हेरिएको
Shares
सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने अनेरास्ववियुको निर्णय

सारांश

  • नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुले गठबन्धन सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।
  • यही फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा बसेको तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो ।
  • अनेरास्ववियुले सरकारले विभिन्न प्रकरणमा संलग्नलाई जोगाउने, माफियालाई पोस्ने काम गरेको भन्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

६ फागुन, काठमाडौं । नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुले गठबन्धन सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

यही फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा बसेको तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो । अनेरास्ववियुले सरकारले विभिन्न प्रकरणमा संलग्नलाई जोगाउने, माफियालाई पोस्ने काम गरेको भन्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । यस्तै, विद्यालय शिक्षासम्बन्धी विधेयक सुझावसहित पारित गर्न माग गरिएको छ । संगठनले विधानबमोजिम केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनीत गर्दा ३० वर्षसम्मको उमेर समूहको मापदण्डलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न पनि माग गरिएको छ । पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष समिक बडालले सरकारनिकट विद्यार्थी संगठनहरूले कानुन हातमा लिएर अराजकता मच्चाउँदा पनि सरकार मूकदर्शक बनेको आरोप लगाए । शिक्षा क्षेत्रमा प्रभावकारी भूमिका खेल्न सरकारको ध्यानाकर्षण गराउने र यसका निम्ति सडकमा जाने निर्णय भएको उनले बताए ।अनेरास्ववियुले अखिल पाठशाला कार्यक्रम सञ्चालन, स्ववियु कप राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने, कर्णाली प्रदेशसहित दुर्गम क्षेत्रमा हवाई भाडामा ३३ प्रतिशत विद्यार्थी छुटका निम्ति सरकारलाई दबाब दिनेलगायत निर्णय गरेको छ । हिमालयन टेली भ्वाइस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा जनकपुरधाममा प्रभातफेरी
अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा जनकपुरधाममा प्रभातफेरी
हेटौँडा–ढल्केबर–इनरूवा ४०० केभी प्रसारण आयोजनाको आज प्रधानमन्त्रीले हेटौँडा सबस्टेशन उद्घाटन गरिँदै
हेटौँडा–ढल्केबर–इनरूवा ४०० केभी प्रसारण आयोजनाको आज प्रधानमन्त्रीले हेटौँडा सबस्टेशन उद्घाटन गरिँदै
अमेरिकी रक्षामन्त्रीमाथि दुईजनाको ह*त्या आरोप
अमेरिकी रक्षामन्त्रीमाथि दुईजनाको ह*त्या आरोप
रोमानिया पठाउने भनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
रोमानिया पठाउने भनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
जेनजीका आवाज सम्बोधन गर्न चुनावअघि साझा राष्ट्रिय समझदारी : गगन थापा
जेनजीका आवाज सम्बोधन गर्न चुनावअघि साझा राष्ट्रिय समझदारी : गगन थापा
अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने
अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने
काभ्रे-कोशीपूर्वका  दुई सडक स्तरोन्नति गरिँदै
काभ्रे-कोशीपूर्वका दुई सडक स्तरोन्नति गरिँदै
ईश्वर पोखरेललाई हराउँदै एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
ईश्वर पोखरेललाई हराउँदै एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
हङकङ सिरिजको पहिलो खेलमा नेपाल आठ विकेटले विजयी
हङकङ सिरिजको पहिलो खेलमा नेपाल आठ विकेटले विजयी
लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ
लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ