सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने अनेरास्ववियुको निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ६, २०८०
|
|
३७ पटक हेरिएको
Shares
सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने अनेरास्ववियुको निर्णय

सारांश

  • नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुले गठबन्धन सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।
  • यही फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा बसेको तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो ।
  • अनेरास्ववियुले सरकारले विभिन्न प्रकरणमा संलग्नलाई जोगाउने, माफियालाई पोस्ने काम गरेको भन्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

६ फागुन, काठमाडौं । नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुले गठबन्धन सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

यही फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा बसेको तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो । अनेरास्ववियुले सरकारले विभिन्न प्रकरणमा संलग्नलाई जोगाउने, माफियालाई पोस्ने काम गरेको भन्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । यस्तै, विद्यालय शिक्षासम्बन्धी विधेयक सुझावसहित पारित गर्न माग गरिएको छ । संगठनले विधानबमोजिम केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनीत गर्दा ३० वर्षसम्मको उमेर समूहको मापदण्डलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न पनि माग गरिएको छ । पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष समिक बडालले सरकारनिकट विद्यार्थी संगठनहरूले कानुन हातमा लिएर अराजकता मच्चाउँदा पनि सरकार मूकदर्शक बनेको आरोप लगाए । शिक्षा क्षेत्रमा प्रभावकारी भूमिका खेल्न सरकारको ध्यानाकर्षण गराउने र यसका निम्ति सडकमा जाने निर्णय भएको उनले बताए ।अनेरास्ववियुले अखिल पाठशाला कार्यक्रम सञ्चालन, स्ववियु कप राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने, कर्णाली प्रदेशसहित दुर्गम क्षेत्रमा हवाई भाडामा ३३ प्रतिशत विद्यार्थी छुटका निम्ति सरकारलाई दबाब दिनेलगायत निर्णय गरेको छ । हिमालयन टेली भ्वाइस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेले बोलायो सचिवालय बैठक
एमालेले बोलायो सचिवालय बैठक
विचार र विकास निर्माणको अर्को अभियान सुरु गर्ने प्रचण्डको घोषणा
विचार र विकास निर्माणको अर्को अभियान सुरु गर्ने प्रचण्डको घोषणा
हालसम्म १४ लाख ३५ हजार बढीलाई एचपीभी खोप प्रदान
हालसम्म १४ लाख ३५ हजार बढीलाई एचपीभी खोप प्रदान
प्रकृति संरक्षणमै एमालेको पहिलो प्रतिबद्धता रहेको ओलीको दाबी
प्रकृति संरक्षणमै एमालेको पहिलो प्रतिबद्धता रहेको ओलीको दाबी
०४६ सालयताका नेताहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पार्टीबाटै पारित गरौं : गगन
०४६ सालयताका नेताहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पार्टीबाटै पारित गरौं : गगन
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै
ढुक्क हुनुस् २०८३ चैत महिनामा फास्ट ट्रयाकमा गाडी गुड्छ : रक्षामन्त्रीको दाबी
ढुक्क हुनुस् २०८३ चैत महिनामा फास्ट ट्रयाकमा गाडी गुड्छ : रक्षामन्त्रीको दाबी
बागमती प्रदेशसभाको बैठक बस्दै
बागमती प्रदेशसभाको बैठक बस्दै
नेपालबाट भारतमा निर्यात हुने वस्तुको बीआईएस प्रक्रिया सहज बनाउन उद्योगमन्त्री सिन्हाको आग्रह
नेपालबाट भारतमा निर्यात हुने वस्तुको बीआईएस प्रक्रिया सहज बनाउन उद्योगमन्त्री सिन्हाको आग्रह
२१ केजी चरेस सहित तीन जना प्रहरी नियन्त्रणमा
२१ केजी चरेस सहित तीन जना प्रहरी नियन्त्रणमा