Press 4K
बिहिबार, १ आश्विन २०८३

युनुस सरकारमाथि शेख हसिनाको कडा आलोचना, भारत–बंगलादेश सम्बन्ध दीर्घकालीन हुने दाबी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष ७, २०८२
|
|
६० पटक हेरिएको
Shares
युनुस सरकारमाथि शेख हसिनाको कडा आलोचना, भारत–बंगलादेश सम्बन्ध दीर्घकालीन हुने दाबी

सारांश

  • बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसमाथि कडा आलोचना गर्दै उनले बंगलादेशको परराष्ट्र नीति परिवर्तन गर्ने कुनै जनादेश नरहेको बताएकी छन् ।
  • उनले जनताबाट निर्वाचित नभएको सरकारले लिएका रणनीतिक निर्णयहरूले देशलाई दीर्घकालीन नोक्सान पु¥याउन सक्ने चेतावनी दिइन् ।
  • एएनआईसँगको इमेल अन्तर्वार्तामा शेख हसिनाले अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको फैसलालाई “न्यायको नाममा राजनीतिक हत्या” भन्दै अस्वीकार गरिन् ।

 

काठमाडौं ।

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसमाथि कडा आलोचना गर्दै उनले बंगलादेशको परराष्ट्र नीति परिवर्तन गर्ने कुनै जनादेश नरहेको बताएकी छन् । उनले जनताबाट निर्वाचित नभएको सरकारले लिएका रणनीतिक निर्णयहरूले देशलाई दीर्घकालीन नोक्सान पु¥याउन सक्ने चेतावनी दिइन् । एएनआईसँगको इमेल अन्तर्वार्तामा शेख हसिनाले अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको फैसलालाई “न्यायको नाममा राजनीतिक हत्या” भन्दै अस्वीकार गरिन् । आफूलाई आत्मरक्षा गर्ने अवसर नदिइएको र अवामी लिगविरुद्ध योजनाबद्ध राजनीतिक दमन गरिएको उनको आरोप छ ।

आगामी फेब्रुअरीमा तय गरिएको निर्वाचनप्रति पनि उनले गम्भीर प्रश्न उठाइन् । प्रतिबन्धित अवामी लिगबिना हुने चुनावलाई उनले “निर्वाचन होइन, राज्याभिषेक” को संज्ञा दिँदै युनुस सरकारले जनताको मतबिना शासन गरिरहेको आरोप लगाइन् । भारत–बंगलादेश सम्बन्धबारे बोल्दै शेख हसिनाले दुवै देशबीचको सम्बन्ध ऐतिहासिक र आधारभूत रहेको बताइन् । हाल देखिएको तनाव युनुस सरकारकै कारण भएको भन्दै उनले भारतप्रति शत्रुतापूर्ण अभिव्यक्ति, धार्मिक अल्पसंख्यकमाथि आक्रमण र अतिवादीहरूको प्रभाव बढेको आरोप लगाइन् ।

उनले भारतप्रति आभार व्यक्त गर्दै आफू न्यायबाट भाग्न नभई रक्तपात रोक्न देश छाडेको स्पष्ट पारिन् । युनुस सरकारलाई हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा मुद्दा लैजान चुनौती दिँदै निष्पक्ष अदालतले आफूलाई निर्दोष ठहर गर्ने विश्वास व्यक्त गरिन् । इस्लामवादी प्रभाव बढ्दै गएको विषयमा पनि चिन्ता व्यक्त गर्दै शेख हसिनाले अतिवादीहरूलाई सरकार र सार्वजनिक जीवनमा स्थान दिइएको आरोप लगाइन् । यसले केवल भारत मात्र होइन, सम्पूर्ण दक्षिण एशियाली स्थायित्वमा चासो राख्ने देशहरूलाई चिन्तित बनाउनु पर्ने उनको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषामा बोराभित्र एक युवकको शव फेला
धनुषामा बोराभित्र एक युवकको शव फेला
यसरी निकालियो मर्स्याङ्दीमा खसेको भारतीय बस (तस्बिरहरू)
यसरी निकालियो मर्स्याङ्दीमा खसेको भारतीय बस (तस्बिरहरू)
शीतल निवासमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेलबीच छलफल
शीतल निवासमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेलबीच छलफल
च्यासलबाट सरकारका प्रवक्ताले भने- देश चुनावमा होमियो, एमालेले पनि भाग लिन्छ
च्यासलबाट सरकारका प्रवक्ताले भने- देश चुनावमा होमियो, एमालेले पनि भाग लिन्छ
जनकपुर बोल्ट्सका समर्थकप्रति दुर्व्यवहार गर्नेलाई कारबाही होस् : गगन थापा
जनकपुर बोल्ट्सका समर्थकप्रति दुर्व्यवहार गर्नेलाई कारबाही होस् : गगन थापा
चुनावमा भाग लिने कांग्रेसको निर्णय
चुनावमा भाग लिने कांग्रेसको निर्णय
यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर
१६ महिनामा देशको प्रतिष्ठा बढाउने मानक कायम भएको छ : प्रधानमन्त्री
१६ महिनामा देशको प्रतिष्ठा बढाउने मानक कायम भएको छ : प्रधानमन्त्री
यू-१९ महिला एसिया कप : नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य
यू-१९ महिला एसिया कप : नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य
आजको मौसम : तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना
आजको मौसम : तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...