यसरी निकालियो मर्स्याङ्दीमा खसेको भारतीय बस (तस्बिरहरू)

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १०, २०८१
|
|
२७ पटक हेरिएको
Shares
यसरी निकालियो मर्स्याङ्दीमा खसेको भारतीय बस (तस्बिरहरू)

सारांश

  • सोमबार बिहानैदेखि मुग्लिन–आँबुखैरेनी सडकखण्ड बन्द गरेर क्रेनबाट बस निकाल्ने प्रयास गरिएको थियो।
  •   सुरुमा एउटा क्रेनबाट भएको प्रयासबाट बस निकाल्न नसकिएपछि अर्को क्रेन लगेर बस सडकमा निकिालिएको हो।
  • जिल्ला प्रहरी तनहुँका एसपी बिरेन्द्रबहादुर शाहीका अनुसार, भर्खरै सडकमा बस निकालिएको छ।

१० भदौ , मर्स्याङ्दीमा गत भदौ ७ गते खसेको भारतीय नम्बर प्लेटको बस नदीबाट बाहिर निकालिएको छ।सोमबार बिहानैदेखि मुग्लिन–आँबुखैरेनी सडकखण्ड बन्द गरेर क्रेनबाट बस निकाल्ने प्रयास गरिएको थियो।  सुरुमा एउटा क्रेनबाट भएको प्रयासबाट बस निकाल्न नसकिएपछि अर्को क्रेन लगेर बस सडकमा निकिालिएको हो। जिल्ला प्रहरी तनहुँका एसपी बिरेन्द्रबहादुर शाहीका अनुसार, भर्खरै सडकमा बस निकालिएको छ।  बिहानैदेखि मुग्लिन–आँबुखैरेनी सडकखण्ड बन्द गरेर बस निकाल्ने प्रयास गरिएको थियो। उक्त सडकखण्ड बन्द भएपछि यात्रुहरू बाटोमै अलपत्र परेका थिए।बस सडकमा निकालेसँगै अब बन्द गरिएको सडक पनि खुल्ने एसपी शाहीले बताए। नदीभन्दा थोरै माथि रहेको पहराका कारण बस निकाल्न समस्या भएको थियो। अर्को क्रेनको सहायतमा बस नदीबाट निकालिएको हो। भारतीय नम्बरप्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा शुक्रबार २७ जनाले ज्यान गुमाएका थिए। मृतकहरूको पोस्टमार्टमपछि सनाखत गरेर भारतीय वायु सेनाको विमानमार्फत पठाइसकिएको छ। अर्का एकजना मर्स्याङ्दी नदीमै बेपत्ता रहेको प्रहरीले जनाएको छ। बेपत्ता व्यक्तिको पनि खोजी भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वडा स्तरीय टोल सुधार समितिद्वारा खैरामाइ मन्दिरको सरसफाइ
वडा स्तरीय टोल सुधार समितिद्वारा खैरामाइ मन्दिरको सरसफाइ
भ्रष्टाचार मुद्दा दायर भएपछि जसपाका सांसद सरोज सिंह निलम्बित
भ्रष्टाचार मुद्दा दायर भएपछि जसपाका सांसद सरोज सिंह निलम्बित
बिष्णु पौडेलले माफी माग्दै भने-एमाले नीतिमा गम्भीर समीक्षा हुन्छ
बिष्णु पौडेलले माफी माग्दै भने-एमाले नीतिमा गम्भीर समीक्षा हुन्छ
सर्लाहीमा टिपरले ठक्कर दिँदा कांग्रेस नेताको मृत्यु, चालक पक्राउ
सर्लाहीमा टिपरले ठक्कर दिँदा कांग्रेस नेताको मृत्यु, चालक पक्राउ
झिनो अंकले घट्यो नेप्से, ६ अर्ब ५७ करोडको कारोबार
झिनो अंकले घट्यो नेप्से, ६ अर्ब ५७ करोडको कारोबार
आगामी निर्वाचनका लागि रौतहटमा सुरक्षा व्यवस्था कडाः सेनासहितको संयुक्त टोली गस्तीमा
आगामी निर्वाचनका लागि रौतहटमा सुरक्षा व्यवस्था कडाः सेनासहितको संयुक्त टोली गस्तीमा
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
बाबुराम भट्टराई भोलि भारत भ्रमणमा जाने
बाबुराम भट्टराई भोलि भारत भ्रमणमा जाने
जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने सरकारको निर्णय
जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने सरकारको निर्णय
भारतमा आजदेखि साउथ समिट सुरु, साँझ प्रचण्डले सम्बोधन गर्ने
भारतमा आजदेखि साउथ समिट सुरु, साँझ प्रचण्डले सम्बोधन गर्ने