आफ्नै छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २६, २०८१
|
|
२६ पटक हेरिएको
Shares
आफ्नै छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ

सारांश

  • आफ्नै छोरीलाई करणी गरेको आरोपमा पर्सा प्रहरीले बुवालाई पक्राउ गरेको छ ।
  • नेकमेकबाट साइबर टिपलाइन रिपोर्ट २०७९६२८८६ को आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र साइबर ब्युरो भोटाहिटी काठमाडौँको संयुक्त प्रहरीको टोलीले  चैत २२ गते दिउँसो ३ बजेको समयमा बुवालाई पक्राउ गरेको हो ।
  • बाल यौन शोषण सामग्री सहितको भिडियो भएको मोबाइल पनि प्रहरीले  नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिए ।

२६ चैत, वीरगञ्ज।

आफ्नै छोरीलाई करणी गरेको आरोपमा पर्सा प्रहरीले बुवालाई पक्राउ गरेको छ । नेकमेकबाट साइबर टिपलाइन रिपोर्ट २०७९६२८८६ को आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र साइबर ब्युरो भोटाहिटी काठमाडौँको संयुक्त प्रहरीको टोलीले  चैत २२ गते दिउँसो ३ बजेको समयमा बुवालाई पक्राउ गरेको हो । बाल यौन शोषण सामग्री सहितको भिडियो भएको मोबाइल पनि प्रहरीले  नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिए ।

उनका अनुसार आफ्नै छोरीलाई बाल यौन शोषण सामग्री देखाएर बलात्कार गरेको र उक्त घटनाको भिडियो समेत गुगल ड्राइभमा सङ्ग्रह गरेको खुलासा भएको छ । डिजिटल प्रविधिको दुरुपयोग गरी आफ्नै छोरीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा बुवालाई  पक्राउ गरि अनुसन्धान थालिएको उनले बताए ।

पक्राउ परेका बुवाको परिचय भने प्रहरीले गोप्य राखेको छ । उनी विरुद्ध करणी सम्बन्धी कसुर तथा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको मुद्दामा अनुसन्धान सुरु गरेको प्रहरीले जारी गरेको विवरणमा उल्लेख गरेको छ । उनी विरुद्ध पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप भैसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऊर्जामन्त्री घिसिङ र युरोपेली संघका राजदूतबीच भेट, के भयो कुराकानी ?
ऊर्जामन्त्री घिसिङ र युरोपेली संघका राजदूतबीच भेट, के भयो कुराकानी ?
एनसेल कार्यालय पुगे सञ्चारमन्त्री खरेल, जेनजी लक्षित प्याकसँगै १ करोड छात्रवृत्ति ल्याउने तयारी
एनसेल कार्यालय पुगे सञ्चारमन्त्री खरेल, जेनजी लक्षित प्याकसँगै १ करोड छात्रवृत्ति ल्याउने तयारी
अमरेश सिंहले ५ जिल्ला बाहेक अरु जिल्ला विदेशीलाई दिउ भनेपछि संसद्‍मा हंगामा
अमरेश सिंहले ५ जिल्ला बाहेक अरु जिल्ला विदेशीलाई दिउ भनेपछि संसद्‍मा हंगामा
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर
कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर
जनकपुरमा पार्किङमा राखिएको बस चोरी
जनकपुरमा पार्किङमा राखिएको बस चोरी
स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै
स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
एमालेको राष्ट्रिय कार्यशाला सुरु, अध्यक्ष ओलीले गरे उदघाटन
एमालेको राष्ट्रिय कार्यशाला सुरु, अध्यक्ष ओलीले गरे उदघाटन
बेलायतमा निधन भएका नेपाली विद्यार्थीको सम्झनामा श्रद्धान्जली सभा
बेलायतमा निधन भएका नेपाली विद्यार्थीको सम्झनामा श्रद्धान्जली सभा