यस्तो छ तपाईको आजको राशिफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २५, २०८१
|
|
३३ पटक हेरिएको
Shares
यस्तो छ तपाईको आजको राशिफल

सारांश

  • चन्द्रमाको गोचर आठौँ स्थानमा रहने भएकाले पारिवारिक विवाद बढ्ने, स्वास्थ्य कमजोर रहने, पुरा हुन लागेको काममा रोकावट आउन सक्ने रहेकाले ध्यान दिनुपर्ने समय छ।
  • आज नयाँ लगानी तथा शेयर बजारमा कारोबारको लागि समय त्यति उपयुक्त छैन।
  • विद्यार्थीहरुले राम्रो नतिजाको लागि धेरै मेहनत गर्नुपर्ने समय छ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएका व्यक्तिहरूको लागि आज दिन सामान्य रहन सक्छ । चन्द्रमाको गोचर आठौँ स्थानमा रहने भएकाले पारिवारिक विवाद बढ्ने, स्वास्थ्य कमजोर रहने, पुरा हुन लागेको काममा रोकावट आउन सक्ने रहेकाले ध्यान दिनुपर्ने समय छ। आज नयाँ लगानी तथा शेयर बजारमा कारोबारको लागि समय त्यति उपयुक्त छैन। विद्यार्थीहरुले राम्रो नतिजाको लागि धेरै मेहनत गर्नुपर्ने समय छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएका व्यक्तिहरूको लागि आज समय राम्रो रहेको छ। धेरै समयदेखि रोकिएका कामहरु आज पुरा हुन सक्छन्। पहिले गरिएको लगानीबाट राम्रो प्रतिफल मिल्न सक्छ। प्रेम सम्बन्धमा रहेकाहरुले आफ्नो प्रेमीसँग राम्रो समय बिताउन सक्छन्। पतिपत्नीका बीच समझदारी बढ्नेछ। पढाईलेखाइ राम्रो रहनुका साथै शेयर बजारबाट पनि लाभ लिन सक्ने समय रहेको छ। स्वास्थ्य पनि आज राम्रो रहन सक्छ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि भएका व्यक्तिहरूको लागि आज समय राम्रो रहेको छ। मनमा उत्साह र उमङ्ग रहनेछ। शत्रुहरू पराजित हुन सक्छन्। प्रेम तथा पारिवारिक जीवन राम्रो रहन सक्छ। राज्यपक्ष र सरकारी कामहरु बन्नेछन् । सामाजिक प्रतिष्ठा कायम राख्ने समय छ । विद्यार्थीहरुको पढाईमा ध्यान लाग्न सक्छ। शेयर बजारबाट पनि लाभ हुन सक्ने समय रहेको छ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशि भएका व्यक्तिहरूको लागि आज समय मध्यम रहेको छ। परिवारका साथ समय बिताउन सकिनेछ भने प्रेम जीवनमा रहेकाहरुले प्रेमीसँग घुमघाममा जान सक्ने समय छ। स्वास्थ्य आज सामान्य रहनेछ। व्यापार व्यवसायबाट सामान्य लाभ मिल्न सक्छ। विद्याको क्षेत्रमा प्रगति हुन सक्छ। शेयर बजारबाट आज उचित लाभ नमिल्ने समय छ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि भएका व्यक्तिहरूको लागि आज समय केहि प्रतिकूल रहन सक्छ । शरीरमा चोटपटक लाग्न सक्ने रहेकाले ध्यान दिनुपर्छ। पेट तथा छाती सम्बन्धि समस्या आउन सक्छ । यात्रा फलदायक नरहन सक्छ। साथीभाईको सहयोग नमिल्न सक्छ। पढाईमा रुचि नलाग्ने तथा शेयर बजारबाट घाटा हुन सक्ने समय छ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएका व्यक्तिहरूको लागि आज समय राम्रो रहनेछ । चन्द्रमाको गोचर आज राशिबाट तेश्रो स्थानमा रहने भएकाले दाजुभाई तथा आफन्तको सहयोग प्राप्त हुन सक्छ। आयआर्जन बढ्नुका साथै धनको संग्रह हुन सक्ने समय छ। पारिवारिक जीवनमा विश्वासको वातावरण बन्नेछ। अर्थपूर्ण रमाइलो यात्रा हुन सक्छ। विद्यार्थीले पढाईमा रुचि लिन सक्छन्। शेयर कारोबार गर्नेहरुले फाइदा कमाउने समय छ।

 

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएका व्यक्तिहरूको लागि आज समय मध्यम रहनेछ । चन्द्रमाको गोचर आज राशिबाट दोश्रो स्थानमा रहने भएकाले उचित सोचविचार नगरी बोल्दा र हतारमा निर्णय लिँदा काममा समस्या हुने तथा आफन्तसँग वैरभाव हुन सक्छ। संचित धनको नाश हुन सक्छ। विद्यार्थीले पढाईमा उचित ध्यान लगाउँदा राम्रो परिणाम प्राप्त हुन सक्छ। शेयर बजारको कारोबार सामान्य रहन सक्छ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएका व्यक्तिहरूको लागि आज समय राम्रो रहनेछ । चन्द्रमाको गोचर आज राशिबाट प्रथम स्थानमा रहने भएकाले आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । शेयर कारोबारबाट फाइदा हुन सक्ने समय छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि भएका व्यक्तिहरूको लागि आज समय सामान्य रहनेछ । चन्द्रमाको गोचर आज राशिबाट द्वादश अर्थात् बाह्रौँ स्थानमा रहने भएकाले आम्दानी भन्दा खर्च बढ्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था सिर्जना हुन सक्छ भने जागिरमा प्रतिष्पर्धीबाट बाधा हुने तथा कामको उचित जस नमिल्ने समय छ। स्वास्थ्य कमजोर रहन सक्ने भएकाले ध्यान दिनुपर्छ। अनावश्यक पारिवारिक विवाद नगर्दा नै राम्रो हुन्छ। अध्ययनमा अलिक ध्यान दिनुपर्छ भने शेयर बजारमा नयाँ लगानी नगर्दा नै उत्तम हुन सक्छ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएका व्यक्तिहरूको लागि आज चन्द्रमा एकादश गोचरको शुभ प्रभाव गर्दा दिन राम्रो रहनेछ। रोकिएका आर्थिक लेनदेन मिल्ने र हात लाग्नुपर्ने धन मिल्न सक्छ। आफुभन्दा अग्रजको साथ सहयोग मिल्न सक्छ। पारिवारिक तथा प्रेम जीवन सुखमय रहन सक्छ। विद्यार्थीले पढाईमा उचित ध्यान दिएर राम्रो नतिजा प्राप्त गर्न सक्छन्। शेयर बजारको कारोबारबाट राम्रो लाभ मिल्न सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशि भएका व्यक्तिहरूको लागि आज चन्द्रमा दशम गोचरको शुभ प्रभाव गर्दा दिन राम्रो रहनेछ। नयाँ कामको थालनी गर्नको लागि समय राम्रो छ। कार्यक्षेत्रमा रहेका विघ्नबाधा हटेर सहज वातावरण बन्न सक्छ। आयआर्जन बढ्नुका साथै साथीभाईको सहयोग मिल्न सक्छ। पढाईमा प्रगति तथा शेयर करोबारमा फाइदा हुने योग छ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज समय राम्रो रहनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । धार्मिक यात्रा फलदायी, पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक बस्दै
दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक बस्दै
बालकुमारीमा खटिएका डिएसपी र मन्त्री ज्वालाका पिएसओ निलम्बित
बालकुमारीमा खटिएका डिएसपी र मन्त्री ज्वालाका पिएसओ निलम्बित
विश्वकप लिग-२ : स्कटल्याण्डसँग खेल्दै नेपाल
विश्वकप लिग-२ : स्कटल्याण्डसँग खेल्दै नेपाल
९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय सभा अध्यक्ष दाहाल स्वीट्जरल्याण्ड जाँदै
९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय सभा अध्यक्ष दाहाल स्वीट्जरल्याण्ड जाँदै
काठमाडौंको वायु प्रदूषण ‘अति अस्वस्थकर’
काठमाडौंको वायु प्रदूषण ‘अति अस्वस्थकर’
‘विद्यालयका पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राख्नुपर्ने आवश्यक: प्रमुख वलीको कथन
‘विद्यालयका पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राख्नुपर्ने आवश्यक: प्रमुख वलीको कथन
भेनेजुएलामा भूकम्प:  एक हजार ९४३ को मृ*त्यु पुष्टि
भेनेजुएलामा भूकम्प: एक हजार ९४३ को मृ*त्यु पुष्टि
टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सदर
टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सदर
त्रिविका ८९ हजारभन्दा बढी विद्यार्थीको ग्रेसलिष्ट पारित
त्रिविका ८९ हजारभन्दा बढी विद्यार्थीको ग्रेसलिष्ट पारित
प्रिओपनमै ३२ अंकले बढ्यो नेप्से, सूचक २७१२ विन्दुमा
प्रिओपनमै ३२ अंकले बढ्यो नेप्से, सूचक २७१२ विन्दुमा