निर्वाचन आयोगमा ३२ वटा दल दर्ता प्रक्रियामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक २८, २०८२
|
|
२० पटक हेरिएको
Shares
निर्वाचन आयोगमा ३२ वटा दल दर्ता प्रक्रियामा

सारांश

  • निर्वाचन आयोगकाअनुसार ३२ वटा दल दर्ता प्रक्रियामा छन् ।
  • यसमध्ये २३ वटा दल जेनजी आन्दोलन यता दर्ता हुन पुगेका दल हुन् भने ९ वटा पुराना हुन् ।
  • केही दल दर्ता समेत भइसकेका छन् ।

२८ कात्तिक, काठमाडौं ।

निर्वाचन आयोगकाअनुसार ३२ वटा दल दर्ता प्रक्रियामा छन् । यसमध्ये २३ वटा दल जेनजी आन्दोलन यता दर्ता हुन पुगेका दल हुन् भने ९ वटा पुराना हुन् । केही दल दर्ता समेत भइसकेका छन् । आयोगका अनुसार दल दर्ताको आधिकारिता पाउने दलको संख्या १२६ पुगेको छ । दर्ता प्रक्रियामा रहेका दलहरुमा पुष्पकमल दाहाल प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी, योगेन्द्र मण्डलको राष्ट्रिय ऊर्जाशील पार्टी, नेत्रविक्रम चन्द (विप्लव)को कम्युनिस्ट पार्टी नेपाल, अनुप कुमार उपाध्याय नेतृत्वको उज्यालो नेपाल पार्टी रहेका छन् ।

हिराप्रसाद सोतीको राष्ट्रिय जेन–जी पार्टी, खगेन्द्र सुनारको हाम्रो पार्टी नेपाल, नवराज सुवेदीको नवयुग पार्टी, अजयकुमार राईको राष्ट्रिय परिवर्तन पार्टी र गोपीलाल न्यौपानेको नेपाल लिबरल पार्टी दर्ता प्रक्रियामा छन् । यसैगरी हिमालयबहादुर चन्दको नेपाल राष्ट्रिय युवा पार्टी, चन्द्रप्रकाश सुवेदीको सुन्दर नेपाल निर्माण पार्टी, सबिन सिग्देलको राष्ट्र निर्माण पार्टी, रत्नप्रसाद श्रेष्ठको नागरिक सर्वाेच्चता पार्टी नेपाल, रियाज अहमद शेषको राष्ट्रिय स्वराज पार्टी, राजकुमार कक्षपतीको नेकपा (वामपन्थी केन्द्र) को निवेदन अध्ययनमा छ । सुन्दर राम बोहराको आवाज पार्टी, गणेशकुमार मण्डलको सार्वभौम नागरिक पार्टी, माधवप्रसाद खतिवडाको नागरिक बचाउ दल नेपाल, अकबर खानको राष्ट्र निर्माण दल नेपाल, रमनकुमार कर्णको जनादेश पार्टी नेपाल र प्रशान्त सिंहको पिपुल फस्ट पार्टीले दर्ताका निवेदन दिएका छन् ।

सन्दिप उप्रेतीको राष्ट्रिय स्वाभिमान पार्टी नेपाल, अशोककुमार यादवको जनता लोकतान्त्रिक पार्टी नेपाल दर्ताका लागि निवेदन आयोगमा पुगेको छ । आयोगकाअनुसार हर्क साम्पाङको श्रम संस्कृति पार्टी, नेपाल जनमुक्ति पार्टीबाट फुटेको राष्ट्रिय जनमुक्ति पार्टी र वीरेन्द्र बस्नेतको पहलमा गठन भएको गतिशील लोकतान्त्रिक पार्टी र कबिर सोप अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल भने दर्ता भइसकेका छन् । दल दर्ताको प्रमणपत्र लिइसक्नुपर्ने समय दुई दिन बाँकी छ । यही कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने निर्वाचन आयोगको तालिका छ । मंसिर १ गतेदेखि १० गतेसम्म प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्का लागि निवेदन दिनुपर्ने समय छ । आगामी फागुन २१ गतेका लागि चुनावको मिति तय भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री लेखकको रास्वपालक्षित अभिव्यक्तिः ‘कानुनले शासन गर्ने हो, भीडले होइन’
गृहमन्त्री लेखकको रास्वपालक्षित अभिव्यक्तिः ‘कानुनले शासन गर्ने हो, भीडले होइन’
ईसीडीमा स्पष्ट नीतिबिना विधेयक अघि नबढोस् : पूर्वशिक्षामन्त्री भट्टराई
ईसीडीमा स्पष्ट नीतिबिना विधेयक अघि नबढोस् : पूर्वशिक्षामन्त्री भट्टराई
वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक
वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक
सुरक्षाकर्मीबाट लुटिएको ९४ थान हतियार बरामद
सुरक्षाकर्मीबाट लुटिएको ९४ थान हतियार बरामद
एमाले संसदीय दलको बैठक बस्दै, नयाँ विधेयकमा छलफल हुने
एमाले संसदीय दलको बैठक बस्दै, नयाँ विधेयकमा छलफल हुने
काठमाडौंका यी स्थानमा आज बिजुली काटिने
काठमाडौंका यी स्थानमा आज बिजुली काटिने
​​​​​​​उर्जामन्त्रीको दाबी- सरकारले बक्यौता रकम नउठाए हुन्छ भनेकै छैन
​​​​​​​उर्जामन्त्रीको दाबी- सरकारले बक्यौता रकम नउठाए हुन्छ भनेकै छैन
नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन : प्रधानमन्त्री
नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन : प्रधानमन्त्री
राष्ट्रिय एकता दिवसले विविधताबीचको एकतालाई सबल बनाउने प्रेरणा दिन्छ : उपराष्ट्रपति यादव
राष्ट्रिय एकता दिवसले विविधताबीचको एकतालाई सबल बनाउने प्रेरणा दिन्छ : उपराष्ट्रपति यादव
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै