Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

व्यवस्थापनमा सुधार गरिएसँगै जनकपुर अस्पतालमा दैनिक १२ सय बिरामीको उपचार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १०, २०८१
|
|
४० पटक हेरिएको
Shares
व्यवस्थापनमा सुधार गरिएसँगै जनकपुर अस्पतालमा दैनिक १२ सय बिरामीको उपचार

सारांश

  •   गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेपछि जनकपुरस्थित प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराउन आउने बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।
  • मधेस प्रदेशको प्रादेशिक अस्पतालका निर्देशक डा जामुनप्रसाद सिंहका अनुसार यसअघि दैनिक करिब दुई सय बिरामी उपचार गराउन आउने गरेकामा व्यवस्थापनको सुधारसँगै अहिले दैनिक एक हजार दुई सयसम्म बिरामी अस्पताल आउने गरेका छन् ।
  • व्यवस्थापन सुधार कार्यक्रमअन्तर्गत ‘हेल्प डेस्क’को व्यवस्था तथा भौतिक पूर्वाधारसहित जनशक्तिको व्यवस्थापन भएसँगै सेवा चुस्तदुरुस्त भएको सो अस्पतालले जनाएको छ ।

१० चैत, धनुषा । 

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेपछि जनकपुरस्थित प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराउन आउने बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । मधेस प्रदेशको प्रादेशिक अस्पतालका निर्देशक डा जामुनप्रसाद सिंहका अनुसार यसअघि दैनिक करिब दुई सय बिरामी उपचार गराउन आउने गरेकामा व्यवस्थापनको सुधारसँगै अहिले दैनिक एक हजार दुई सयसम्म बिरामी अस्पताल आउने गरेका छन् ।

व्यवस्थापन सुधार कार्यक्रमअन्तर्गत ‘हेल्प डेस्क’को व्यवस्था तथा भौतिक पूर्वाधारसहित जनशक्तिको व्यवस्थापन भएसँगै सेवा चुस्तदुरुस्त भएको सो अस्पतालले जनाएको छ । तोकिएका समयमा अस्पताल नआउने र राम्रोसँग जिम्मेवारी बहन नगर्ने चिकित्सक एवं स्वास्थ्यकर्मीलाई कारबाही गर्न थालेपछि अहिले बिरामी एवं तिनका आफन्तजनबाट गुनासा आउनेक्रम कम भएको निर्देशक डा सिंहले बताउनुभयो ।

अस्पतालले पछिल्लो समय तोकिएको समयमा स्वास्थ्यकर्मीबाट निर्वाध रुपमा स्वास्थ्य सेवा प्रवाह भइरहेको, औषधि वितरण कार्यलाई पारदर्शी एवं प्रभावकारी बनाएको, शल्यक्रिया गर्दा कुनै पनि भेद्भाव नगरेको र प्राप्त हुने गुनासा यथासक्य छिटो सम्बोधन गर्न थालेपछि बिरामीको चाप उल्लेख्य सङ्ख्यामा बढेको स्पष्ट गरेको छ । प्रयोगशाला प्रमुख प्रमेश्वर यादवका अनुसार यसअघि अस्पतालको व्यवस्थान राम्रो नहुँदो बिरामीहरु उपचार गराउन निजी अस्पतालमा जान बाध्य हुने गरेकामा अहिले दैनिक बहिरङ्ग सेवाअन्तर्गत एक हजार २०० बिरामी प्रादेशिक अस्पताल जनकपुर आउने गरेका छन् ।


सो अस्पतालको समाजिक सुरक्षा विभागका डा बद्री साहले गरिब तथा असहाय बिरामीलाई स्वास्थ्य उपचारदेखि औषधि तथा प्रयोशालामा निःशुल्क सेवा उपलब्ध गराउँदै आएको बताउनुभयो । प्रदेश अस्पताल जनकपुरधाममा चिकित्सक, नर्स, प्राविधिक, प्रशासन, सरसफाइकर्मीसहित करिब पाँच सय कर्मचारी कार्यरत रहेकोे प्रशासन प्रमुख फूलकुमार यादवले जानकारी दिनुभयो ।

(रासस)   

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फाइनल खेलमा एपीएफसामु जितका लागि ६८ रनको लक्ष्य
फाइनल खेलमा एपीएफसामु जितका लागि ६८ रनको लक्ष्य
हाम्रो यात्रा समस्या निवारणको मार्गमा हुनुपर्छ : प्रधानमन्त्री शाह
हाम्रो यात्रा समस्या निवारणको मार्गमा हुनुपर्छ : प्रधानमन्त्री शाह
चितवनमा विद्युत् महसुल नतिर्ने १ हजार ३३८ ग्राहकको लाइन काटियो
चितवनमा विद्युत् महसुल नतिर्ने १ हजार ३३८ ग्राहकको लाइन काटियो
आईसीसी यु१९ महिला विश्वकपको अभ्यास खेलमा नेपालले टस हार्यो
आईसीसी यु१९ महिला विश्वकपको अभ्यास खेलमा नेपालले टस हार्यो
आज प्रतिनिधि सभामा भूमिबाहेकका ५ अध्यादेश निर्णयार्थ पेस हुँदै
आज प्रतिनिधि सभामा भूमिबाहेकका ५ अध्यादेश निर्णयार्थ पेस हुँदै
कोइरालाको आरोप : देउवाकै कारण कांग्रेसमा गुट फस्टायो
कोइरालाको आरोप : देउवाकै कारण कांग्रेसमा गुट फस्टायो
युक्रेनी राष्ट्रपतिको गृहनगरमा भएको रुसी हमलामा १८ जनाको मृत्यु
युक्रेनी राष्ट्रपतिको गृहनगरमा भएको रुसी हमलामा १८ जनाको मृत्यु
कान्तिलोकपथमा औषधि बोकेको ट्रक ब्रेकफेल भई दुर्घटना, सडक पूर्ण अवरुद्ध
कान्तिलोकपथमा औषधि बोकेको ट्रक ब्रेकफेल भई दुर्घटना, सडक पूर्ण अवरुद्ध
आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
३१.४३ अंकले घट्यो नेप्से
३१.४३ अंकले घट्यो नेप्से