व्यवस्थापनमा सुधार गरिएसँगै जनकपुर अस्पतालमा दैनिक १२ सय बिरामीको उपचार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १०, २०८१
|
|
३२ पटक हेरिएको
Shares
व्यवस्थापनमा सुधार गरिएसँगै जनकपुर अस्पतालमा दैनिक १२ सय बिरामीको उपचार

सारांश

  •   गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेपछि जनकपुरस्थित प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराउन आउने बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।
  • मधेस प्रदेशको प्रादेशिक अस्पतालका निर्देशक डा जामुनप्रसाद सिंहका अनुसार यसअघि दैनिक करिब दुई सय बिरामी उपचार गराउन आउने गरेकामा व्यवस्थापनको सुधारसँगै अहिले दैनिक एक हजार दुई सयसम्म बिरामी अस्पताल आउने गरेका छन् ।
  • व्यवस्थापन सुधार कार्यक्रमअन्तर्गत ‘हेल्प डेस्क’को व्यवस्था तथा भौतिक पूर्वाधारसहित जनशक्तिको व्यवस्थापन भएसँगै सेवा चुस्तदुरुस्त भएको सो अस्पतालले जनाएको छ ।

१० चैत, धनुषा । 

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेपछि जनकपुरस्थित प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराउन आउने बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । मधेस प्रदेशको प्रादेशिक अस्पतालका निर्देशक डा जामुनप्रसाद सिंहका अनुसार यसअघि दैनिक करिब दुई सय बिरामी उपचार गराउन आउने गरेकामा व्यवस्थापनको सुधारसँगै अहिले दैनिक एक हजार दुई सयसम्म बिरामी अस्पताल आउने गरेका छन् ।

व्यवस्थापन सुधार कार्यक्रमअन्तर्गत ‘हेल्प डेस्क’को व्यवस्था तथा भौतिक पूर्वाधारसहित जनशक्तिको व्यवस्थापन भएसँगै सेवा चुस्तदुरुस्त भएको सो अस्पतालले जनाएको छ । तोकिएका समयमा अस्पताल नआउने र राम्रोसँग जिम्मेवारी बहन नगर्ने चिकित्सक एवं स्वास्थ्यकर्मीलाई कारबाही गर्न थालेपछि अहिले बिरामी एवं तिनका आफन्तजनबाट गुनासा आउनेक्रम कम भएको निर्देशक डा सिंहले बताउनुभयो ।

अस्पतालले पछिल्लो समय तोकिएको समयमा स्वास्थ्यकर्मीबाट निर्वाध रुपमा स्वास्थ्य सेवा प्रवाह भइरहेको, औषधि वितरण कार्यलाई पारदर्शी एवं प्रभावकारी बनाएको, शल्यक्रिया गर्दा कुनै पनि भेद्भाव नगरेको र प्राप्त हुने गुनासा यथासक्य छिटो सम्बोधन गर्न थालेपछि बिरामीको चाप उल्लेख्य सङ्ख्यामा बढेको स्पष्ट गरेको छ । प्रयोगशाला प्रमुख प्रमेश्वर यादवका अनुसार यसअघि अस्पतालको व्यवस्थान राम्रो नहुँदो बिरामीहरु उपचार गराउन निजी अस्पतालमा जान बाध्य हुने गरेकामा अहिले दैनिक बहिरङ्ग सेवाअन्तर्गत एक हजार २०० बिरामी प्रादेशिक अस्पताल जनकपुर आउने गरेका छन् ।


सो अस्पतालको समाजिक सुरक्षा विभागका डा बद्री साहले गरिब तथा असहाय बिरामीलाई स्वास्थ्य उपचारदेखि औषधि तथा प्रयोशालामा निःशुल्क सेवा उपलब्ध गराउँदै आएको बताउनुभयो । प्रदेश अस्पताल जनकपुरधाममा चिकित्सक, नर्स, प्राविधिक, प्रशासन, सरसफाइकर्मीसहित करिब पाँच सय कर्मचारी कार्यरत रहेकोे प्रशासन प्रमुख फूलकुमार यादवले जानकारी दिनुभयो ।

(रासस)   

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ :कुलमान घिसिङ
देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ :कुलमान घिसिङ
नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने
नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने
राष्ट्रपतिबाट चुनावको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव
राष्ट्रपतिबाट चुनावको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव
बागमती प्रदेशमा भएका यातायात क्षेत्रका सुधारबारे अध्ययन गर्न कोशी प्रदेशको टोली हेटौँडा
बागमती प्रदेशमा भएका यातायात क्षेत्रका सुधारबारे अध्ययन गर्न कोशी प्रदेशको टोली हेटौँडा
सुरु भयो १५ दिने मिथिला माध्यमिकी परिक्रमा
सुरु भयो १५ दिने मिथिला माध्यमिकी परिक्रमा
नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने
नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने
कहिले पुनःनिर्माण होला सडक विभागको ऐतिहासिक भवन ?
कहिले पुनःनिर्माण होला सडक विभागको ऐतिहासिक भवन ?
अवाञ्छित गतिविधि गरेको आरोपमा पशुपति क्षेत्रबाट ७५ जना पक्राउ
अवाञ्छित गतिविधि गरेको आरोपमा पशुपति क्षेत्रबाट ७५ जना पक्राउ
मुग्लिन–नागढुंगा सडक तीन दिनसम्म रातको समयमा बन्द हुने
मुग्लिन–नागढुंगा सडक तीन दिनसम्म रातको समयमा बन्द हुने
संसद सचिवालयले बोलायो सर्वदलीय बैठक
संसद सचिवालयले बोलायो सर्वदलीय बैठक