मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक ७, २०८२
|
|
२५ पटक हेरिएको
Shares
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने

सारांश

  • मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले छठपछि विश्वासको मत लिने तयारी गरेका छन् ।
  •   उनी गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
  • नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

७ कात्तिक, काठमाडौं ।

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले छठपछि विश्वासको मत लिने तयारी गरेका छन् ।  उनी गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । यसबीचमा चाडपर्व परेकाले छठपछि विश्वासको मत लिने तयारीमा रहेको मुख्यमन्त्री सोनलले जानकारी दिए ।

उनी जनता समाजवादी पार्टी (जसपा)नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । प्रदेश सभामा यी पाँच राजनीतिक दलको सांसद संख्या ५७ छ । जसपा नेपालको १९, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, लोसपाको ९ र नेकपा एकीकृत समाजवादीका ७ जना सांसद छन् । १०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ सांसद भए पुग्छ ।

तर, जनमत पार्टीबाट प्रदेश सभा सदस्य रहेका निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साहले जनमत फुटेर बनेको जनस्वराज पार्टीमा सनाखत गरिसकेका छन् । तथापि, जनमत पार्टीको विभाजन सम्बन्धी निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले होल्ड गरिदिएको छ । अब विभाजनले अदालतबाट आधिकारिता नपाउँदासम्म जनस्वराज पार्टीमा सनाखत गरे तापनि जनमत पार्टीको संसदीय दलकै ह्वीप लाग्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रम क्षेत्रको समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला’ शुरू गरिएको हो : मन्त्री अर्याल
श्रम क्षेत्रको समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला’ शुरू गरिएको हो : मन्त्री अर्याल
मोरङमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु
मोरङमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु
राजेन्द्र महतोले आज नयाँ पार्टी दर्ता गराउँदै
राजेन्द्र महतोले आज नयाँ पार्टी दर्ता गराउँदै
राष्ट्रिय सभामा कुलिङ पिरियडबारे एमालेका सांसदहरुको संशोधनले गम्भीर बनायोः पाण्डे
राष्ट्रिय सभामा कुलिङ पिरियडबारे एमालेका सांसदहरुको संशोधनले गम्भीर बनायोः पाण्डे
२५ अंक घट्यो सेयर बजार
२५ अंक घट्यो सेयर बजार
नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान
नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
वीरगन्जमा सीसीटीभी जडानका लागि बैंकले गरे १७ लाख ७५ हजार सहयोग
वीरगन्जमा सीसीटीभी जडानका लागि बैंकले गरे १७ लाख ७५ हजार सहयोग
राष्ट्रपति पौडेल समक्ष निर्वाचन प्रतिवेदन २०८२ पेश
राष्ट्रपति पौडेल समक्ष निर्वाचन प्रतिवेदन २०८२ पेश
वर्तमान सत्ता गठबन्धन तोड्ने प्रयासको नेतृत्व प्रचण्डले गरिरहेका छन्ः सचिव महासेठ
वर्तमान सत्ता गठबन्धन तोड्ने प्रयासको नेतृत्व प्रचण्डले गरिरहेका छन्ः सचिव महासेठ