रवि लामिछाने ठग, भ्रष्ट्राचारी र अपराधी हो भनेर प्रमाणित गर्न सक्छु : मुकुल ढकाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र ७, २०८१
|
|
३३ पटक हेरिएको
Shares
रवि लामिछाने ठग, भ्रष्ट्राचारी र अपराधी हो भनेर प्रमाणित गर्न सक्छु : मुकुल ढकाल

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा.
  • मुकुल ढकालले सभापतिविरुद्ध झन् खरो रूपमा उत्रिएका छन् ।
  • दोस्रोपटक साधिएको स्पष्टीकरणको जवाफ फर्काउँदै मुकुलले सभापति रवि लामिछानेमाथि प्रश्न बर्साएका हुन् ।

७ भदौ ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले सभापतिविरुद्ध झन् खरो रूपमा उत्रिएका छन् ।

दोस्रोपटक साधिएको स्पष्टीकरणको जवाफ फर्काउँदै मुकुलले सभापति रवि लामिछानेमाथि प्रश्न बर्साएका हुन् । डा. ढकालले सभापतिलाई जस्तो ठग, भ्रष्ट र अपराधी भएको आरोप लगाउँदै उनको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्ने बताएका छन् । ‘तपाईँ ठग, भ्रष्ट्राचारी र राहदानी दुरुपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्छु । कारबाहीको दुस्साहस गर्दै हुनुहुन्छ, सक्नुहुन्छ भने मलाई गलत साबित गर्नुहोस्,म उनले भनेका छन्, ‘तपाईँको कुकर्मको पर्दाफास गर्नु पार्टी विरुद्ध लाग्नु होइन , यो पार्टी हितमा हो । राष्ट्रिय ठगको चर्चा राष्ट्रियस्तरमा हुन्छ, पार्टीभित्र मात्र सीमित हुँदैन । तपाईँ जस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु ।’

रास्वपा सभापति लामिछानेकै कारण नेपाली माटोमा नै लोकतन्त्रमाथि खतरा उत्पन्न भएको उनको तर्क छ । ‘आफू ठगी, भ्रष्ट्राचारी र राहदानी दुरुपयोगको अपराधी होइन भनेर प्रमाणित गर्नुको सट्टा तपाईँ दुराशयका साथ ममाथि कारबाहीको प्रयास गर्दै हुनुहुन्छ ? आम पार्टी सदस्य एवं नेतागणका राजनीतिक भविष्यलाई तपाईँले कसरी आफ्नो निहित स्वार्थका लागी प्रयोग गरिरहनु भएको छ, म त छर्लङ्गै छु र पार्टीमा तपाईँले गरेको कु-कर्मको पर्दाफास गर्न पार्टीको संस्थापकको हैसियतले मेरो कर्तव्य हो,’ उनले अगाडि भनेका छन्, ‘आफ्नो वाक कलाको आधारमा जनतालाई भ्रमित पार्दै हुनुहुन्छ, र प्रश्न गर्नेलाई कारबाहीको डन्डा चलाउने दुस्साहस गर्दै हुनुहुन्छ । यसले नेपाली माटोमा नै लोकतन्त्रमाथि खतरा उत्पन्न भएको छ । आज पार्टी जोगाउनकै लागि म बोल्दै गर्दा कारबाही गर्ने प्रयास जुन गर्नुहुँदै छ, यसको परिणाम स्वरूप पार्टीमा कसैले बोल्ने हिम्मत गर्ने छैनन्‌ ।’

उनले ठग, भ्रष्ट र अपराधीको पञ्जाबाट पार्टीलाई जोगाउन गरिएको आफूले लडाइँ सुरु गरेका तर्क गरे । ‘पार्टीलाई स्वार्थको झुन्डबाट बचाउन मैले केही कदमहरू चालेकै हो, त्यो कदमलाई तपाईँले पार्टीको हित विपरीत भन्न सरासर गलत हो,’ उनले भने, ‘यसलाई विषयान्तरको रूपमा नबुझियोस्‌ , यो त तपाईँ जस्तो ठग, भ्रष्ट र अपराधीको पन्जाबाट पार्टीलाई जोगाउन गरिएको लडाइँ हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन आचारसंहिता उल्लंघन गरे आयोगले तत्काल कारबाही प्रक्रिया अघि बढाउने
निर्वाचन आचारसंहिता उल्लंघन गरे आयोगले तत्काल कारबाही प्रक्रिया अघि बढाउने
अर्थमन्त्री खनालले गरे पदभार ग्रहण
अर्थमन्त्री खनालले गरे पदभार ग्रहण
नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट छिटो बाहिर निकाल्छौं : अर्थमन्त्री वाग्ले
नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट छिटो बाहिर निकाल्छौं : अर्थमन्त्री वाग्ले
नारायणघाट बुटवल खण्डको नारायणी नदी पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक
नारायणघाट बुटवल खण्डको नारायणी नदी पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक
सर्लाहीको सिमावर्ती भारतीय बजारमा नेपाली मोटरसाइकल दुर्घटना, दुवै मृ*तकको खुल्यो पहिचान
सर्लाहीको सिमावर्ती भारतीय बजारमा नेपाली मोटरसाइकल दुर्घटना, दुवै मृ*तकको खुल्यो पहिचान
गरुडाका १० निजी अस्पताल नियमविपरीत सञ्चालन, बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
गरुडाका १० निजी अस्पताल नियमविपरीत सञ्चालन, बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
नेप्सेमा दोहोरो अंकको सुधार, १८० कम्पनीका लगानीकर्ता नाफामा
नेप्सेमा दोहोरो अंकको सुधार, १८० कम्पनीका लगानीकर्ता नाफामा
सिन्धुलीको दुधौलीका मेयरविरुद्ध बलात्कारको किटानी जाहेरी
सिन्धुलीको दुधौलीका मेयरविरुद्ध बलात्कारको किटानी जाहेरी
प्रधानमन्त्री ओली नेपाल-भारत बीचको फाइनल खेल हेर्न जाने
प्रधानमन्त्री ओली नेपाल-भारत बीचको फाइनल खेल हेर्न जाने
प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार
प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार