ताराखोला-३ का अध्यक्ष भण्डारी मृत भेटिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २७, २०८१
|
|
३५ पटक हेरिएको
Shares
ताराखोला-३ का अध्यक्ष भण्डारी मृत भेटिए

सारांश

  • काँक्राखोर बस्ने ५० वर्षीय वडाध्यक्ष कर्णबहादुर भण्डारी बुधबार बिहान मृत भेटिएका हुन् ।
  • भण्डारी आफ्नै घरदेखि ५० मिटर उत्तरमा रहेको गोठमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।
  • घटनाबारे थाहा पाएपछि इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायब निरीक्षक विष्णुप्रसाद शर्माको कमान्डमा गएको टोलीले मृतकको उद्धार गर्नुको साथै थप अनुसन्धान सुरु गरेको बताएको छ ।

 

२७ चैत, बागलुङ —

ताराखोला गाउँपालिका वडा नम्बर-३ का अध्यक्ष मृत भेटिएका छन् । काँक्राखोर बस्ने ५० वर्षीय वडाध्यक्ष कर्णबहादुर भण्डारी बुधबार बिहान मृत भेटिएका हुन् । भण्डारी आफ्नै घरदेखि ५० मिटर उत्तरमा रहेको गोठमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे थाहा पाएपछि इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायब निरीक्षक विष्णुप्रसाद शर्माको कमान्डमा गएको टोलीले मृतकको उद्धार गर्नुको साथै थप अनुसन्धान सुरु गरेको बताएको छ । पोस्टमार्टमपछि परिवारलाई शव हस्तान्तरण गरिने प्रहरीले जनाएको छ । गत स्थानीय निर्वाचनमा उनी माओवादीबाट निर्वाचित थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?