रास्वपाको समानुपातिक सूचीवाट डा. राजमी रामले लिए उम्मेदवारी फिर्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २३, २०८२
|
|
७० पटक हेरिएको
Shares
रास्वपाको समानुपातिक सूचीवाट डा. राजमी रामले लिए उम्मेदवारी फिर्ता

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकतर्फको बन्द सूचीमा दलिततर्फका उम्मेदवार डा.
  • राजमी रामले आफ्नो नाम स्वेच्छिक रूपमा फिर्ता लिएको घोषणा गरेका छन् ।
  • सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बन्द सूचीमा नाम समावेश हुनु आफ्ना लागि व्यक्तिगत सम्मान मात्र नभई पुस्तौँदेखि आवाजविहीन बनाइएका हजारौँ सपनाको प्रतिनिधित्व भएको बताएका छन् ।

२३ पुष, काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकतर्फको बन्द सूचीमा दलिततर्फका उम्मेदवार डा. राजमी रामले आफ्नो नाम स्वेच्छिक रूपमा फिर्ता लिएको घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बन्द सूचीमा नाम समावेश हुनु आफ्ना लागि व्यक्तिगत सम्मान मात्र नभई पुस्तौँदेखि आवाजविहीन बनाइएका हजारौँ सपनाको प्रतिनिधित्व भएको बताएका छन् । ‘यो केवल मेरो नाम मात्र थिएन, दलित समुदायको सामूहिक आकांक्षा र पहिचान पनि थियो ।’ उनले उल्लेख गरेका छन् ।

तर उनले राजनीतिलाई केवल अवसर प्राप्त गर्ने माध्यमका रूपमा नहेर्ने स्पष्ट पारेका छन् । डा।रामका अनुसार राजनीति त्याग, नैतिक साहस र सही समयमा सही निर्णय गर्ने जिम्मेवारी हो । यही आत्ममूल्यांकनका आधारमा उनले आफूभन्दा पनि अझै बढी पीडित, अझै कम सुनिएका आवाज संसदभित्र पुग्नुपर्ने निष्कर्षमा पुगेको बताएका छन् ।

‘यदि मेरो एक कदम पछाडि हटाइले उनीहरूका लागि एउटा ढोका खुल्छ भने, त्यो नै मेरो सबैभन्दा अर्थपूर्ण योगदान हुनेछ ।’ उनको भनाई छ। संसदको कुर्सीमा बसेर मात्र परिवर्तन सम्भव हुन्छ भन्ने मान्यता आफूले नराख्ने भन्दै उनले सामाजिक चेतना, नागरिक आन्दोलन र वैचारिक संघर्षका विभिन्न मोर्चाबाट पनि न्यायको लडाइँ लड्न सकिने विश्वास व्यक्त गरेका छन् ।

डा. रामले दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई केन्द्रमा राख्दै समानुपातिक बन्द सूचीबाट आफ्नो नाम स्वेच्छाले फिर्ता लिने निर्णय गरेको स्पष्ट पारेका छन् । उनका अनुसार यो निर्णय पलायन होइन, बरु जिम्मेवारीको नयाँ सुरुवात हो ।

डा. रामले आफू फरक भूमिकामा रहेर पनि राजनीतिक चिन्तन, अल्पसंख्यकको आवाज, दलित अधिकार, सामाजिक न्याय, लोकतान्त्रिक मूल्य र सुशासनका पक्षमा निरन्तर आवाज उठाइरहने प्रतिबद्धता जनाएका छन् । ‘यो यात्रा यहीँ समाप्त भएको होइन, अझ जिम्मेवार रूपमा सुरु भएको मात्र हो’ भन्दै उनले आफ्नो राजनीतिक-सामाजिक सक्रियता जारी रहने संकेत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्गा प्रसाईँजस्ता व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन् : मन्त्री गुरुङ
दुर्गा प्रसाईँजस्ता व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन् : मन्त्री गुरुङ
मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै
भ्रष्टाचार मुद्दा दायर भएपछि जसपाका सांसद सरोज सिंह निलम्बित
भ्रष्टाचार मुद्दा दायर भएपछि जसपाका सांसद सरोज सिंह निलम्बित
मेयर बालेन्द्र शाहले बोलाए कार्यपालिका बैठक
मेयर बालेन्द्र शाहले बोलाए कार्यपालिका बैठक
लाइन होटलहरुमा मुख्यमन्त्री सिंहको अनुगमन
लाइन होटलहरुमा मुख्यमन्त्री सिंहको अनुगमन
बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने अनुसन्धान विभाग
बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने अनुसन्धान विभाग
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता
वीरगञ्ज महानगरले पुनःनिर्माणका लागि छुट्यायो ३० अर्ब
वीरगञ्ज महानगरले पुनःनिर्माणका लागि छुट्यायो ३० अर्ब
विपक्षीलाई वेलमा घेरेर प्रधानमन्त्रीले लिए विश्वासको मत
विपक्षीलाई वेलमा घेरेर प्रधानमन्त्रीले लिए विश्वासको मत
उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी र उद्धार गर्न परराष्ट्रमन्त्रीको निर्देशन
उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी र उद्धार गर्न परराष्ट्रमन्त्रीको निर्देशन