Press 4K
बिहिबार, १ आश्विन २०८३

विद्यार्थी संगठनमाथि प्रतिबन्ध असम्भव : रामकुमारी झाक्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख ६, २०८३
|
|
२८३ पटक हेरिएको
Shares
विद्यार्थी संगठनमाथि प्रतिबन्ध असम्भव : रामकुमारी झाक्री

सारांश

  • राष्ट्रिय सभाकी सदस्य रामकुमारी झाक्रीले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारी प्रयास कानुनी रूपमा सम्भव नभएको बताएकी छन् ।
  • विद्यार्थी संगठनमाथि लगाउन खोजिएको प्रतिबन्धविरुद्ध आयोजित वृहत् संवाद कार्यक्रममा बोल्दै उनले वर्तमान संविधान जीवित रहँदासम्म यस्ता संगठनमाथि प्रतिबन्ध लगाउन नसकिने स्पष्ट पारिन् ।
  • उनले भनिन्, ‘आजको दुनियाँमा कानुनी रूपमा लगाइने प्रतिबन्ध वास्तवमा प्रभावकारी हुँदैन ।

६ वैशाख,काठमाडौं ।

राष्ट्रिय सभाकी सदस्य रामकुमारी झाक्रीले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारी प्रयास कानुनी रूपमा सम्भव नभएको बताएकी छन् । विद्यार्थी संगठनमाथि लगाउन खोजिएको प्रतिबन्धविरुद्ध आयोजित वृहत् संवाद कार्यक्रममा बोल्दै उनले वर्तमान संविधान जीवित रहँदासम्म यस्ता संगठनमाथि प्रतिबन्ध लगाउन नसकिने स्पष्ट पारिन् ।

उनले भनिन्, ‘आजको दुनियाँमा कानुनी रूपमा लगाइने प्रतिबन्ध वास्तवमा प्रभावकारी हुँदैन । २०४७ सालको संवैधानिक व्यवस्थाले संघ–संस्था, विचार र राजनीतिमाथि प्रतिबन्ध नलगाउने सिद्धान्त स्थापित गरेको थियो । २०६२÷६३ को जनआन्दोलनपछि बनेको वर्तमान संविधान खारेज नगरेसम्म विद्यार्थी संगठनमाथि कानुनी रूपमा प्रतिबन्ध लगाउनु सम्भव छैन ।

झाक्रीले प्रतिबन्धको प्रयासले उल्टै अनिश्चितता र अन्योल सिर्जना गर्ने बताइन् । ‘प्रतिबन्ध नलागे पनि घटनाहरू घटिरहन्छन् । त्यस्ता घटनाबारे स्पष्ट दृष्टिकोण दिन नसक्ने अवस्था आउँछ । हामी कहाँ उभिने भन्ने नै अन्योल हुन्छ । यस्ता परिस्थितिमा हामी साक्षी मात्र बन्न बाध्य हुन्छौं, आफ्नो धारणा राख्न, विश्लेषण गर्न र स्पष्ट अभिव्यक्ति दिन सक्दैनौं,’ उनले भनिन् । उनले यस प्रकारका अवस्थाले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने पनि उल्लेख गरिन् । कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने प्रयास लोकतान्त्रिक मूल्य मान्यताविपरीत हुने धारणा राखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष ओली
विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष ओली
ओलीलाई रिहाइ गर्न अस्वीकार
ओलीलाई रिहाइ गर्न अस्वीकार
स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित बस्ती हटाइँदै
स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित बस्ती हटाइँदै
संसद् हल छिटो तयार गर्न सभामुखको निर्देशन, दैनिक १ करोड जरिवाना तिराउने चेतावनी
संसद् हल छिटो तयार गर्न सभामुखको निर्देशन, दैनिक १ करोड जरिवाना तिराउने चेतावनी
जुवा खेलेको भन्दै नुवाकोटको होटलबाट २२ जना पक्राउ, करिब ११ लाख बरामद
जुवा खेलेको भन्दै नुवाकोटको होटलबाट २२ जना पक्राउ, करिब ११ लाख बरामद
युक्रेनमा रुसी हवाई आक्रमण, पाँच जनाको मृ*त्यु, दर्जनौं घाइते
युक्रेनमा रुसी हवाई आक्रमण, पाँच जनाको मृ*त्यु, दर्जनौं घाइते
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने
राजनीतिक संवाद समितिको टोलीद्वारा कांग्रेस पार्टी कार्यालयको अनुगमन
राजनीतिक संवाद समितिको टोलीद्वारा कांग्रेस पार्टी कार्यालयको अनुगमन
शपथ ग्रहण अघि के भने नवनिर्वाचित सांसहरुले ?
शपथ ग्रहण अघि के भने नवनिर्वाचित सांसहरुले ?
अनियन्त्रित मोटरसाइकल दुर्घटनामा सर्लाहीमा युवकको मृत्य
अनियन्त्रित मोटरसाइकल दुर्घटनामा सर्लाहीमा युवकको मृत्य

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...