स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित बस्ती हटाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १९, २०८३
|
|
२२९ पटक हेरिएको
Shares
स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित बस्ती हटाइँदै

सारांश

  • काठमाडौं उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने कार्य शनिबार पनि जारी छ ।
  • संघीय सरकार र काठमाडौं महानगरपालिकाको संयोजनमा आज कामपा– १६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदै छ ।
  •  कामपा– १५ स्वयम्भू क्षेत्रका अतिक्रमित घरटहरा हटाउने कार्य जारी रहेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए ।

१९ वैशाख, काठमाडौँ ।

काठमाडौं उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने कार्य शनिबार पनि जारी छ । संघीय सरकार र काठमाडौं महानगरपालिकाको संयोजनमा आज कामपा– १६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदै छ । कामपा– १५ स्वयम्भू क्षेत्रका अतिक्रमित घरटहरा हटाउने कार्य जारी रहेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए । ‘स्वयम्भू, बालाजु–गोङ्गबु बसपार्क, देवीनगरलगायत क्षेत्रमा अवैध संरचना हटाउने कार्य जारी छ’, उनले भने ।

सरकारले शुक्रबार बल्खु र कालीमाटी क्षेत्रमा नदी किनारमा रहेको जोखिमयुक्त बस्ती हटाएको थियो । हालसम्म काठमाडौं उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी अवैध रूपमा निर्माण गरिएका करिब दुई हजार घर टहरा हटाइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए । बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई ‘होल्डिङ सेन्टर’मा पठाइएको छ । शहरी विकास मन्त्रालयका आधिकारीहरूले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भूमिहीन परिवारको लगत संकलन गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विभाजनपछि जसपाले बोलायो केन्द्रीय समितिको बैठक
विभाजनपछि जसपाले बोलायो केन्द्रीय समितिको बैठक
प्रधानमन्त्रीको सन्देश : प्रत्यक्ष निर्वाचित कार्यकारी अहिले हुन्न, मुख्य लक्ष्य चुनाव
प्रधानमन्त्रीको सन्देश : प्रत्यक्ष निर्वाचित कार्यकारी अहिले हुन्न, मुख्य लक्ष्य चुनाव
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारू
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारू
लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न सबै दल जिम्मेवार बन्नुपर्छ : पूर्व राष्ट्रपति यादव
लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न सबै दल जिम्मेवार बन्नुपर्छ : पूर्व राष्ट्रपति यादव
फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्छ : सभामुख घिमिरे
फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्छ : सभामुख घिमिरे
सुरक्षाकर्मीबाट लुटिएको ९४ थान हतियार बरामद
सुरक्षाकर्मीबाट लुटिएको ९४ थान हतियार बरामद
क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
पर्यावरणीय असन्तुलन र मौसम परिवर्तनका कारण विपद्जन्य घटनाहरु बढेः गृहमन्त्री लेखक
पर्यावरणीय असन्तुलन र मौसम परिवर्तनका कारण विपद्जन्य घटनाहरु बढेः गृहमन्त्री लेखक
दुर्गा प्रसाईँजस्ता व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन् : मन्त्री गुरुङ
दुर्गा प्रसाईँजस्ता व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन् : मन्त्री गुरुङ
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दैँ
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दैँ