नरेशका वकिलको दाबी : ममता काफ्ले जीवितै छिन्

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १, २०८१
|
|
६६ पटक हेरिएको
Shares
नरेशका वकिलको दाबी : ममता काफ्ले जीवितै छिन्

सारांश

  • अमेरिकाको भर्जिनियाकी ममता काफ्ले बेपत्ता प्रकरणमा पक्राउ परेका उनका श्रीमान् नरेश काफ्लेका वकिलहरुले अदालतमा ममता जीवितै रहेको दाबी गरेका छन् ।
  • नरेश पक्षका वकिल बेन अब्राहमले २७ जुलाईमा ममता एक अपरिचित महिलासँग निस्किएको जिकिर गर्दै उनले आफैं घर छाड्ने तयारी गरिरहेको अदालतमा दाबी गरेका छन् ।
  • फरेन्सिक जाँचपछि प्रहरीले नरेशलाई ७ भदौमा घरबाट पक्राउ गरेको थियो ।

 

३१ भदौ, काठमाडौं । अमेरिकाको भर्जिनियाकी ममता काफ्ले बेपत्ता प्रकरणमा पक्राउ परेका उनका श्रीमान् नरेश काफ्लेका वकिलहरुले अदालतमा ममता जीवितै रहेको दाबी गरेका छन् ।Worldlink adsनरेश पक्षका वकिल बेन अब्राहमले २७ जुलाईमा ममता एक अपरिचित महिलासँग निस्किएको जिकिर गर्दै उनले आफैं घर छाड्ने तयारी गरिरहेको अदालतमा दाबी गरेका छन् । फरेन्सिक जाँचपछि प्रहरीले नरेशलाई ७ भदौमा घरबाट पक्राउ गरेको थियो । त्यसबेला प्रहरीले उनको घरबाट कार्पेट र रगतको टाटा देखिने अन्य प्रमाणहरु पनि संकलन गरेर लगेको थियो । त्यसको आधारमा प्रहरीले ममता जीवित नरहेको हुनसक्ने बताएको थियो । तर, उनको पक्षका वकिलले भने अदालतमा नरेशनले ममतालाई कुनै हानी नपुर्‍याएको दाबी गरेका छन् । नरेशविरुद्ध अहिले शरीर लुकाएको आरोपमा मुद्दा चलिरहेको छ । यो बीचमा प्रहरीले ममताको खोजीका लागि ठाउँ ठाउँमा सर्च अपरेशन चलाइरहेको छ । अदालतमा पुगेकी विना खड्काले सुनुवाइले आफूलाई आक्रोशित बनाएको वासिङ्टन पोस्टसँग बताएकी छन् ।‘म नरेशलाई हेरिरहेको थिएँ – उनी जीवित थिइन्, लुकिरहेकी थिइन् – आफ्नी श्रीमतीप्रति किन अलिकति पनि उसको आँशु आउँदैन ?’, उनले भनिन्, ‘किन ऊ केही बोलिरहेको छैन ?’ ममताका साथीहरुले आफ्नी छोरीको पहिले जन्मदिनमा पनि ममताको कुनै सन्देश नआएकाले पनि उनी जीवित नरहेको बताउने गरेका छन् । अदालतमा उनको पक्षका वकिल बेन अब्राहमले ‘वेलफेयर चेक’का बेला प्रहरी आउँदा भट्टले सुरुमा हराएको नबताएको विषयलाई ठूलो बनाइएको बताउँदै भने, ‘खासमा उनी पहिले पनि त्यसरी घर छाडेर जाने गरेकाले त्यतिबेला नरेशले भनेका थिएनन् ।’ अब्राहमले अभियोजनकर्ता पक्षसँग पर्याप्त प्रमाणहरु नभएकाले सुनवाइमा ढिलाइ गरिरहेको दाबी गरेका छन् ।अभियोजनकर्ता पक्षले भने नरेशको घरको कोठामा देखिएका रगतका मात्रा, नरेशले ममता हराउनुअघि गुगलमा ‘श्रीमतीको मृत्युको कतिसमयपछि विवाह गर्न सकिन्छ’ भनेर सर्च गरेको विवरण लगायतका विषयहरुलाई आधार बनाउँदै उनको मृत शरीरलाई घरबाट बाहिर निकालिएको जिकिर अदालत समक्ष गरेको थियो । ममता सम्पर्कविहीन भएलगत्तै नरेशले आफ्नो टेस्ला कार बिक्री गरेको पनि अनुसन्धानबाट खुलेको छ भने उनले घर पनि विक्री गर्न खोजेका थिए । ममता र नरेशबीच सामाजिक सञ्जालबाट चिनजान भएर चार वर्षअघि विवाह भएको थियो । पछिल्लो समय उनले घरमा आफूविरुद्ध हिंसा भइरहेको भन्दै साथीहरुलाई सुनाएकी थिइन् । उनले सम्बन्धविच्छेद गर्नेबारे समेत छलफल गरिरहेको पाइएको छ । त्यहीबीचमा यो घटना भएको हो । उनीहरुको एक वर्षको छोरीको रेखदेखका लागि काभ्रेको पनौतीस्थित ममताको माइती पक्षबाट आमा र दाइ अमेरिका गएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंको गेस्टहाउसमा बलात्कार आरोपमा युवक पक्राउ
काठमाडौंको गेस्टहाउसमा बलात्कार आरोपमा युवक पक्राउ
मधेश प्रदेशमा जसपाका अधिकांश सांसद उपेन्द्रको पक्षमा
मधेश प्रदेशमा जसपाका अधिकांश सांसद उपेन्द्रको पक्षमा
देउतीबज्यै मन्दिरका पुजारी मृत फेला
देउतीबज्यै मन्दिरका पुजारी मृत फेला
एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त
एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त
मन्त्रिपरिषदको निर्णय : भूकम्पमा घाइते भएकाको सबै उपचार निःशुल्क
मन्त्रिपरिषदको निर्णय : भूकम्पमा घाइते भएकाको सबै उपचार निःशुल्क
यसलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो, चिन्तित हुने कुरा छैन : प्रचण्ड
यसलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो, चिन्तित हुने कुरा छैन : प्रचण्ड
आजदेखि सुरु भयो नयाँ आर्थिक वर्ष, गत आवको ८२ प्रतिशत बजेट मात्रै खर्च
आजदेखि सुरु भयो नयाँ आर्थिक वर्ष, गत आवको ८२ प्रतिशत बजेट मात्रै खर्च
धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु,  ११ जना घाइते
धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ११ जना घाइते
चलचित्र विधेयक २०८१ मा ३० प्रतिशतसम्म संशोधन आवश्यक : मन्त्री खरेल
चलचित्र विधेयक २०८१ मा ३० प्रतिशतसम्म संशोधन आवश्यक : मन्त्री खरेल
सुमना श्रेष्ठले मागिन् प्रधानमन्त्रीको राजीनामा
सुमना श्रेष्ठले मागिन् प्रधानमन्त्रीको राजीनामा