गण्डकीका स्वास्थ्य सचिवको जिम्मेवारी खोसियो, निवर्तमान मन्त्रीमाथि छानबिन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ५, २०८३
|
|
५० पटक हेरिएको
Shares
गण्डकीका स्वास्थ्य सचिवको जिम्मेवारी खोसियो, निवर्तमान मन्त्रीमाथि छानबिन

सारांश

  • गण्डकी प्रदेशका निवर्तमान स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र स्वास्थ्य सचिव डा.
  • युवानिधि बसौलामाथि अस्पतालको बेड संख्या बढाउने अनुमति दिने क्रममा घुस बार्गेनिङ गरेको आरोप लागेपछि प्रदेश सरकारले छानबिन अघि बढाएको छ ।
  • पोखराको पद्म नर्सिङ होमलाई ५० बाट १०० बेडमा स्तरोन्नति गरी अस्पताल सञ्चालनको अनुमति दिने क्रममा तत्कालीन स्वास्थ्यमन्त्री पाण्डे, उनको सचिवालय र मन्त्रालयका सचिवले रकमको सौदाबाजी गरेको आरोप सार्वजनिक भएको थियो ।

 

५ असोज, पोखरा ।

गण्डकी प्रदेशका निवर्तमान स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र स्वास्थ्य सचिव डा. युवानिधि बसौलामाथि अस्पतालको बेड संख्या बढाउने अनुमति दिने क्रममा घुस बार्गेनिङ गरेको आरोप लागेपछि प्रदेश सरकारले छानबिन अघि बढाएको छ । पोखराको पद्म नर्सिङ होमलाई ५० बाट १०० बेडमा स्तरोन्नति गरी अस्पताल सञ्चालनको अनुमति दिने क्रममा तत्कालीन स्वास्थ्यमन्त्री पाण्डे, उनको सचिवालय र मन्त्रालयका सचिवले रकमको सौदाबाजी गरेको आरोप सार्वजनिक भएको थियो ।

पत्रकार अपिल त्रिपाठीले शुक्रबार ‘गण्डकी छड्के’ युट्युबमार्फत उक्त प्रकरणमा ३० लाख रुपैयाँ घुस डिल भएको दाबी सार्वजनिक गरेका थिए । घुस रकम लिएको आरोप भने पाण्डेले अस्वीकार गरेका छन् । तर, मन्त्री पाण्डे र उनको सचिवालयले घुस डिल भएको भनिएको विषयलाई भने स्पष्ट रूपमा अस्वीकार नगरेको दाबी गरिएको छ ।

यसैबीच गण्डकी प्रदेश सरकारले स्वास्थ्य सचिव डा. युवानिधि बसौलाको जिम्मेवारी खोसेको छ । सरकारका प्रवक्ता तथा अर्थमन्त्री जीतबहादुर शेरचनका अनुसार बसौलालाई अर्को व्यवस्था नभएसम्म स्वास्थ्य मन्त्रालयको जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाउने निर्णय भएको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो दुई वर्षमा अस्पताललाई दिएको अनुमति तथा अस्पताल स्तरोन्नतिसम्बन्धी कानुनी व्यवस्था र अभ्यासबारे समेत छानबिन गरिने भएको छ । त्यसका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।

यस्तै, उक्त प्रकरणमा छानबिनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा पत्राचार गर्ने निर्णयसमेत गरेको छ ।

घुस प्रकरणमा अनुसन्धान र छानबिन अघि बढेकाले अनियमितताको विषय स्पष्ट नभएसम्म पद्म नर्सिङ होमलाई दिइएको अस्पताल स्तरोन्नतिको अनुमति कार्यान्वयन नगर्ने, नगराउने वा स्थगित गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

एमालेले पनि बनायो छानबिन समिति

एमालेका निवर्तमान मन्त्री पाण्डे घुस प्रकरणमा जोडिएपछि नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलले पनि घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । संसदीय दलले घटनाको सत्यतथ्य छानबिन गर्न छुट्टै समिति गठन गरेको छ ।

दलका प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा गठित समितिलाई १५ दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्न भनिएको छ ।

समितिका सदस्यमा एमाले गण्डकी प्रदेश सभा सदस्य तथा संसदीय बोर्डका सचिव वेदबहादुर गुरुङ र पार्टी प्रदेश कमिटीका तर्फबाट प्रदेश कमिटी सचिव धनञ्जय दवाडी रहेका छन् । समिति गठनबारे जानकारी दिँदै प्रमुख सचेतक पहारीले घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गरिने बताएकी छन् ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गर्दा गत वैशाख २ गते स्वास्थ्यमन्त्री नियुक्त भएका लक्ष्मणबहादुर पाण्डेसहित ४ जना एमाले मन्त्रीले भदौ १० गते राजीनामा दिएका थिए । त्यसअघि स्वास्थ्य मन्त्री एमालेकै कृष्ण पाठक थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनीविरुद्ध विराटनगरका लोकेशले बनाए अर्धशतक
लुम्बिनीविरुद्ध विराटनगरका लोकेशले बनाए अर्धशतक
रुसमा हेलिकप्टर दु*र्घटना हुँदा ५ जनाको मृ*त्यु, २ घाइते
रुसमा हेलिकप्टर दु*र्घटना हुँदा ५ जनाको मृ*त्यु, २ घाइते
आज पनि माओवादी केन्द्रको स्थायी कमिटी बैठक
आज पनि माओवादी केन्द्रको स्थायी कमिटी बैठक
उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई ज्यान मार्ने धम्की
उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई ज्यान मार्ने धम्की
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा सुरु
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा सुरु
पूरा भयो विराटको सपना, पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन
पूरा भयो विराटको सपना, पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन
धनगढीका चारवटा पसलमा आगलागी, डेढ करोड बराबरको क्षति
धनगढीका चारवटा पसलमा आगलागी, डेढ करोड बराबरको क्षति
सदनमा सशक्त रुपमा प्रस्तुत हुन अध्यक्ष दाहालको निर्देशन
सदनमा सशक्त रुपमा प्रस्तुत हुन अध्यक्ष दाहालको निर्देशन
अल्लु अर्जुन १४ दिन न्यायिक हिरासतमा बस्ने
अल्लु अर्जुन १४ दिन न्यायिक हिरासतमा बस्ने
कुलिङ पिरियडबारे एमालेको संशोधनमा कांग्रेसले दियो प्रष्टिकरण
कुलिङ पिरियडबारे एमालेको संशोधनमा कांग्रेसले दियो प्रष्टिकरण

तपाईंले छुटाउनुभयो कि?