त्रिशूलीको बाढीले नुवाकोटमा ५१ जनाको मृ*त्यु, ४०५ जना बेपत्ता
सारांश
- भोटेकोशी भदौ १० गते हुँदा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण नुवाकोटमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ।
- जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार शनिबार बिहान ७ बजेसम्म प्राप्त विवरणमा बाढीमा परी ५१ जनाको मृत्यु भएको छ भने ४०५ जना बेपत्ता छन्।
- प्रशासनका अनुसार मृत्यु भएका ५१ जनाको शव प्राप्त भए पनि हालसम्म सनाखत हुन सकेको छैन।
१३ भदौ, काठमाडौं ।
भोटेकोशी भदौ १० गते हुँदा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण नुवाकोटमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार शनिबार बिहान ७ बजेसम्म प्राप्त विवरणमा बाढीमा परी ५१ जनाको मृत्यु भएको छ भने ४०५ जना बेपत्ता छन्। प्रशासनका अनुसार मृत्यु भएका ५१ जनाको शव प्राप्त भए पनि हालसम्म सनाखत हुन सकेको छैन। बाढीमा परी ४० जना घाइते भएका छन्। बेपत्ताको संख्या आफन्त तथा परिवारजनबाट जिल्ला प्रशासन कार्यालयमा प्राप्त सूचनाका आधारमा कायम गरिएको हो।

बाढीबाट विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका र किस्पाङ गाउँपालिका बढी प्रभावित भएका छन्। विदुर नगरपालिकाका वडा नं १, २, ४, ५, ७, १० र १२, बेलकोटगढी नगरपालिकाका वडा नं ५, ७, ८ र ९ तथा किस्पाङ गाउँपालिका–५ को शान्तिबजार क्षेत्र मुख्य प्रभावित क्षेत्रका रूपमा रहेका छन्। बाढीले जिल्लाका करिब ७०० देखि ८०० निजी घरमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। क्षतिको यकिन विवरण सङ्कलन गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बाढीबाट आठ सरकारी कार्यालयका भवनमा क्षति पुगेको छ भने कृषि विकास बैंकको भवनसमेत प्रभावित भएको छ। त्यस्तै, तीन जलविद्युत् गृह र चार विद्यालयमा आंशिक क्षति पुगेको छ। क्षति पुगेका विद्यालयमध्ये एउटा सरकारी र तीन निजी रहेका छन्।

प्रतिक्रिया