मिटरब्याज पीडित र सरकारीबिच आजै सम्झौता पत्रमा हस्ताक्षरको तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण १, २०८३
|
|
६० पटक हेरिएको
Shares
मिटरब्याज पीडित र सरकारीबिच आजै सम्झौता पत्रमा हस्ताक्षरको तयारी

सारांश

  • सरकार र आन्दोलनरत मिटरब्याज पीडित पक्षबीच अन्तिम चरणको निर्णायक वार्ता सुरु भएको छ ।
  • वार्तापछि लिखित सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ ।
  • सिंहदरबारमा जारी वार्तामा सरकारी टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरेका छन् ।

१ साउन, काठमाडौं ।

सरकार र आन्दोलनरत मिटरब्याज पीडित पक्षबीच अन्तिम चरणको निर्णायक वार्ता सुरु भएको छ । वार्तापछि लिखित सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ । सिंहदरबारमा जारी वार्तामा सरकारी टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरेका छन् । सरकारी टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्र प्रसाद दुलाल सदस्य छन् । यसैगरी मिटरब्याज पीडित पक्षको तर्फबाट वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाहले गरेका छन् ।

सो टोलीका सदस्यहरूमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार र कैलालीका निर्गराज जैसी छन् । हिजो पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारी वार्ता टोली र पीडित पक्षबीच सघन छलफल भएको थियो। हिजोको सोही छलफल र सहमतिलाई जग मानेर आज अन्तिम सम्झौताको तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद् पुनर्स्थापनाका पक्षमा सकरात्मक छलफल गरिरहेका छौँः महेश बस्नेत
संसद् पुनर्स्थापनाका पक्षमा सकरात्मक छलफल गरिरहेका छौँः महेश बस्नेत
जेन जेडको एउटा समूह वृहत् भर्चुअल बैठकमा
जेन जेडको एउटा समूह वृहत् भर्चुअल बैठकमा
जसपाले प्रधानमन्त्रीलाई दियो २ मन्त्री र १ राज्यमन्त्रीको नाम
जसपाले प्रधानमन्त्रीलाई दियो २ मन्त्री र १ राज्यमन्त्रीको नाम
जल यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन पानीजहाज विधेयक आवश्यकः मन्त्री दाहाल
जल यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन पानीजहाज विधेयक आवश्यकः मन्त्री दाहाल
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन : गृहमन्त्री लामिछाने
नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन : गृहमन्त्री लामिछाने
जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : लिङदेन
जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : लिङदेन
वर्षापछि बाढी र पहिरो जाँदा ६ ठाउँमा सडक अवरुद्ध
वर्षापछि बाढी र पहिरो जाँदा ६ ठाउँमा सडक अवरुद्ध
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक काठमाडौँमा जारी
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक काठमाडौँमा जारी
कान्तिलोकपथमा औषधि बोकेको ट्रक ब्रेकफेल भई दुर्घटना, सडक पूर्ण अवरुद्ध
कान्तिलोकपथमा औषधि बोकेको ट्रक ब्रेकफेल भई दुर्घटना, सडक पूर्ण अवरुद्ध