गुठी सम्बन्धी कानुनमा परिवर्तन गर्न आवश्यक: मेयर साह

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २२, २०८२
|
|
२३ पटक हेरिएको
Shares
गुठी सम्बन्धी कानुनमा परिवर्तन गर्न आवश्यक: मेयर साह

सारांश

  • जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले गुठी सम्बन्धी कानुनमा परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।
  • शनिबार जनकपुरधाममा दशैंमा हुने राजदेवी, बौद्धी माता तथा अन्नपूर्ण माताको पूजा व्यवस्थापन तथा बोकाबली सन्दर्भमा बसेको बृहत सर्वपक्षीय छलफल कार्यक्रममा बोल्दै मेयर साहले संघीय गणतान्त्रिक लोकतन्त्र प्रणाली लागुभएदेखि तीनै तहका सरकारलाई थुप्रै किसिमको अधिकार र जिम्मेवारी बाँडफाँट गरिएपनि गुठी सम्बन्धी नियम कानुनमा कुनै परिवर्तन न आएको गुनासो गरे ।
  • उनले अहिले पनि गुठी संस्थान केन्द्रिय प्रणालीमै आधारित रहेकाले यसले स्थानीय तहको विकासमा अडचन भइरहेको जानकारी दिए ।

२२ भदौ,जनकपुर ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले गुठी सम्बन्धी कानुनमा परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । शनिबार जनकपुरधाममा दशैंमा हुने राजदेवी, बौद्धी माता तथा अन्नपूर्ण माताको पूजा व्यवस्थापन तथा बोकाबली सन्दर्भमा बसेको बृहत सर्वपक्षीय छलफल कार्यक्रममा बोल्दै मेयर साहले संघीय गणतान्त्रिक लोकतन्त्र प्रणाली लागुभएदेखि तीनै तहका सरकारलाई थुप्रै किसिमको अधिकार र जिम्मेवारी बाँडफाँट गरिएपनि गुठी सम्बन्धी नियम कानुनमा कुनै परिवर्तन न आएको गुनासो गरे । उनले अहिले पनि गुठी संस्थान केन्द्रिय प्रणालीमै आधारित रहेकाले यसले स्थानीय तहको विकासमा अडचन भइरहेको जानकारी दिए ।

गुठी संस्थानमा विकेन्द्रिकरण नहुनजेल जनकपुरधामको विकास नहुने मेयर साहको भनाई छ । मेयर साहले जनकपुरधामको विभिन्न मन्दिरहरुको उदाहरण दिँदै सो मन्दिरहरुको बिजुली बत्ती बिद्युत प्राधिकरणले काटीदिएकोमा आफूलाई चित्त दुखेको सुनाए । मेयर साहले दस्तावेजीकरणमा सम्भव भए ती मन्दिरहरुलाई गुठी संस्थानले आफ्नो नेतृत्वमा लिएर बिजुली पानीको व्यवस्था गर्न आग्रह गरे । मेयर साहले जनकपुरधामसंग जोडिएको जटही सीमानाका अहिले केही दिनका लागि बन्द रहेकोले महोत्तरीस्थित भिठ्ठामोड नाकाबाट पूजाको सरसामान ल्याउन सम्बन्धित महोत्तरीका मेयर, प्रमुख जिल्ला अधिकारी, भन्सार प्रमुख, सुरक्षा निकायलगायत पदाधिकारीहरुलाई आग्रह गर्ने बताए ।

उनले घटस्थापनादेखि नै बिजुली, पानी, सुरक्षा, ट्राफिक व्यवस्थापनको काममा कुनै कसर नछुट्ने गरी श्रद्धालुभक्तजनहरुको सुविधालाई ध्यानमा राखी काम गर्न मातहतका पदाधिकारीहरुलाई आग्रह गरे । छलफलमा युवा क्लबहरुले उपसमितिहरु बनाएर जिम्मेवारी बाँटफाँट गर्ने जानकारी दिए । छलफलमा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले अन्य वर्ष भन्दा केही फरक र थप व्यवस्थित दशैं बनाउन सुझाव दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा राजसंस्था अति आवश्यक भइसक्यो : रवीन्द्र मिश्र
नेपालमा राजसंस्था अति आवश्यक भइसक्यो : रवीन्द्र मिश्र
प्रधानसेनापतिद्वारा खत्रीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान
प्रधानसेनापतिद्वारा खत्रीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान
श्रीलंकामा नेपाली राष्ट्रिय क्रिकेट टिमको दोस्रो अभ्यास खेल पनि रद्ध
श्रीलंकामा नेपाली राष्ट्रिय क्रिकेट टिमको दोस्रो अभ्यास खेल पनि रद्ध
लेबनानविरुद्ध इजरायलका लागि जासुसी गर्ने दुई सिरियाली नागरिक पक्राउ
लेबनानविरुद्ध इजरायलका लागि जासुसी गर्ने दुई सिरियाली नागरिक पक्राउ
आज प्रतिनिधि सभा बैठक बस्दै
आज प्रतिनिधि सभा बैठक बस्दै
तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु
तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु
इनिशा विक हत्या प्रकरणः दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन
इनिशा विक हत्या प्रकरणः दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन
बैंकिङले बढायो सेयर बजार, नेप्से २७३४ अंकमा
बैंकिङले बढायो सेयर बजार, नेप्से २७३४ अंकमा
सिँचाइ आयोजनामा भ्रष्टाचार आरोपमा इन्जिनियरसहित ७ जनाविरुद्ध मुद्दा
सिँचाइ आयोजनामा भ्रष्टाचार आरोपमा इन्जिनियरसहित ७ जनाविरुद्ध मुद्दा
प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता : पूर्वप्रधानमन्त्री भट्टराई
प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता : पूर्वप्रधानमन्त्री भट्टराई