सिँचाइ आयोजनामा भ्रष्टाचार आरोपमा इन्जिनियरसहित ७ जनाविरुद्ध मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १, २०८०
|
|
३७ पटक हेरिएको
Shares
सिँचाइ आयोजनामा भ्रष्टाचार आरोपमा इन्जिनियरसहित ७ जनाविरुद्ध मुद्दा

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख देवीप्रसाद पाण्डेसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
  • मुगुकाे सोरु गाउँपालिका–९ मा पर्ने सिड्डिखोला फुकलछडा सिँचाइ कुलो निर्माण योजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियारले इन्जिनियर पाण्डे, महेश सिंह कठायत, सब–इन्जिनियर भीमबहादुर रोकाया, असिस्टेन्ट सव–इन्जिनियर सर्जन शाहीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हाे ।
  • अख्तियारले सिड्डीखोला फुकलछडा जल उपभोक्ता समितिकी अध्यक्ष दीपादेवी शाही, सचिव पूर्णबहादुर शाही र कोषाध्यक्ष फुल्टउरा शाहीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

१ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख देवीप्रसाद पाण्डेसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।मुगुकाे सोरु गाउँपालिका–९ मा पर्ने सिड्डिखोला फुकलछडा सिँचाइ कुलो निर्माण योजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियारले इन्जिनियर पाण्डे, महेश सिंह कठायत, सब–इन्जिनियर भीमबहादुर रोकाया, असिस्टेन्ट सव–इन्जिनियर सर्जन शाहीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हाे ।अख्तियारले सिड्डीखोला फुकलछडा जल उपभोक्ता समितिकी अध्यक्ष दीपादेवी शाही, सचिव पूर्णबहादुर शाही र कोषाध्यक्ष फुल्टउरा शाहीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जिल्ला प्राविधिक कार्यालयमार्फत आर्थिक वर्ष २०७२/७३ मा सञ्चालित सिँचाइ आयोजनामा तत्कालीन कार्यालय प्रमुख पाण्डेसहित प्राविधिकहरूले नभएको कामलाई भएको भनेर नक्कली बिल भर्पाइ बनाएर रकम भुक्तानी गरी नेपाल सरकारलाई हानी नोक्सानी पुर्‍याएको देखिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । अख्तियारले पाण्डेविरुद्ध १४ लाख १७ हजार ९३५ रुपैयाँ, कठायतविरुद्ध १२ लाख ३६ हजार ९०१ रुपैयाँ, सबइन्जिनियर रोकायाविरुद्ध एक लाख ९१ हजार २०६, शाहीविरुद्ध १० लाख ४५ हजार ६९४ रुपैयाँ बिगो माग गरेको छ ।

अख्तियारले सिँचाइ उपभोक्ता समितिका पदाधिकारीहरुले भने सम्झौता र इस्टिमेट बमोजिम काम नगरेको पाइएको बताएको छ । स्थलगत नापजाँच र प्राविधिक प्रतिवेदन अनुसार मूल्यांकन हुँदा यथार्थ काम भन्दा १४ लाख १७ हजार ९३५ रुपैयाँ बढी भुक्तानी भएको देखिएको अख्तियारको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा स्वाधीन संयुक्त सरकार गठनको प्रस्ताव
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा स्वाधीन संयुक्त सरकार गठनको प्रस्ताव
अब प्रहरीले आरोपीको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने
अब प्रहरीले आरोपीको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने
वीरगञ्जमा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति, अनुमति बिना प्रदर्शन गर्न नपाइने
वीरगञ्जमा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति, अनुमति बिना प्रदर्शन गर्न नपाइने
३३ किलो सुन तस्करी प्रकरण : छानबिन समितिले गोरेसँग लियो बयान
३३ किलो सुन तस्करी प्रकरण : छानबिन समितिले गोरेसँग लियो बयान
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
भरुवा बन्दुकसहित मकवानपुरमा एक जना पक्राउ
भरुवा बन्दुकसहित मकवानपुरमा एक जना पक्राउ
निजामतीमा अतिरिक्त सचिवको पद ब्युँताउन लोक सेवाको सुझाव
निजामतीमा अतिरिक्त सचिवको पद ब्युँताउन लोक सेवाको सुझाव
काम नगरिदिएको भन्दै हेटौंडाका उपमेयरमाथि बीच बजारमै हातपात
काम नगरिदिएको भन्दै हेटौंडाका उपमेयरमाथि बीच बजारमै हातपात
भारतले आज रातिदेखि धौलीगंगा बाँधको ढोका खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
भारतले आज रातिदेखि धौलीगंगा बाँधको ढोका खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
त्रिभुवन विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द
त्रिभुवन विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द