एयरपोर्टपछि नागढुंगाबाट पनि २ किलो सुनसहित तीन जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २२, २०८०
|
|
३० पटक हेरिएको
Shares
एयरपोर्टपछि नागढुंगाबाट पनि २ किलो सुनसहित तीन जना पक्राउ

सारांश

  • प्रहरीले काठमाडौंको नागढुंगाबाट दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका घर भएका २८ वर्षका ग्याल्सेङ तामाङ, २६ वर्षका विरु तामाङ र २१ वर्षका सुनिल भुजेल रहेका छन् ।
  • उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त सुन बरामद गरेको हो ।

काठमाडौँ । प्रहरीले काठमाडौंको नागढुंगाबाट दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका घर भएका २८ वर्षका ग्याल्सेङ तामाङ, २६ वर्षका विरु तामाङ र २१ वर्षका सुनिल भुजेल रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त सुन बरामद गरेको हो । गएराति दुई किलो सुनसहित तीनलाई पक्राउ गरेको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए । उनका अनुसार उक्त सुन रसुवा नाकाबाट भित्र्याइएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पिकअप स्कार्पियोको गियर बक्समा लुकाएर उक्त सुन ल्याएको प्रहरीले जनाएको छ । बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट ल्याइएको १४ किलो सुन भन्सार विभागको टोलीले बरामद गरेको थियो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?