राजावादीले सुरु गरे धर्ना

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ १८, २०८२
|
|
३१ पटक हेरिएको
Shares
राजावादीले सुरु गरे धर्ना

सारांश

  • राजसंस्था र हिन्दू राज्यसहितका माग राखेर प्रदर्शनमा उत्रिएका राजावादीहरूले धर्ना सुरु गरेका छन् ।
  • राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित पाँच जनालाई नारायणचौरबाट बालुवाटारतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो ।
  • थापा पक्राउ परेलगत्तै आन्दोलनमा सहभागीहरूले धर्ना सुरु गरेका हुन् ।

१८ जेठ, काठमाडौं ।

राजसंस्था र हिन्दू राज्यसहितका माग राखेर प्रदर्शनमा उत्रिएका राजावादीहरूले धर्ना सुरु गरेका छन् । राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित पाँच जनालाई नारायणचौरबाट बालुवाटारतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो । थापा पक्राउ परेलगत्तै आन्दोलनमा सहभागीहरूले धर्ना सुरु गरेका हुन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार, थापासहित आइतबार पक्राउ परेका सबैलाई चाँडोभन्दा चाँडो रिहाइ गर्न माग गर्दै धर्ना सुरु गरिएको हो । ‘हामीले धर्ना सुरु गरेका छौं । तत्काल रिहा नहुने हो भने हामी आन्दोलन थप चर्को बनाउँछौं,’ श्रेष्ठले भने ।

उता, प्रहरीले भने निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्न खोजेपछि राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित ५ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराका अनुसार, नारायणचौरबाट प्रर्दशनमा निस्किएको राजावादीहरूको समूह बालुवाटारमा प्रहरीले राखेको ब्यारियर तोडेर अघि बढ्न खोजेपछि थापासहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो । उनका अनुुसार, पक्राउ परेका सबैलाई अहिले जिल्ला प्रहरी परिसर, भद्रकाली ल्याइँदैछ ।

गत १५ जेठबाट प्रदर्शन सुरु गरेका राजावादीले आज पनि नारायणचौरबाट आन्दोलन सुरु गरेका थिए । राजसंस्था पुनस्थापना र हिन्दु राज्यसहितको माग राखेर भइरहेको प्रदर्शन हिजो बालुवाटार नजिकै पुगेको थियो । आज पनि नारायणचौरबाट राजावादीको प्रदर्शन बालुवाटारतर्फ जाँदै थियो । सो क्रममा राजावादीहरू उग्र हुँदै निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेको प्रहरीको दाबी छ । प्रधानमन्त्री, सभामुख लगायतको सरकारी निवास रहेको बालुवाटार क्षेत्रलाई सरकारले यसअघि नै निषेधित क्षेत्र घोषणा गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जितको नजिक पुगेर वेष्ट इन्डिजसँग पराजित भए नेपाल
जितको नजिक पुगेर वेष्ट इन्डिजसँग पराजित भए नेपाल
बोरामा प्याक गरेर बागतमीमा शव फालिएको घटनामा थप एकजना पक्राउ
बोरामा प्याक गरेर बागतमीमा शव फालिएको घटनामा थप एकजना पक्राउ
न्यायको माग गर्दै जनकपुर–जलेश्वर सडकखण्ड पुनः अवरूद्ध
न्यायको माग गर्दै जनकपुर–जलेश्वर सडकखण्ड पुनः अवरूद्ध
थुनुवामा रहेका एक व्यक्ति मृत अवस्थामा फेला
थुनुवामा रहेका एक व्यक्ति मृत अवस्थामा फेला
मधेशका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश- दीर्घकालीन प्रभाव पार्ने कुनै काम नगर्नू
मधेशका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश- दीर्घकालीन प्रभाव पार्ने कुनै काम नगर्नू
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
निर्वाचनका दिन पनि पर्यटक आवागमन नरोक्ने सरकारको रणनीति
निर्वाचनका दिन पनि पर्यटक आवागमन नरोक्ने सरकारको रणनीति
बजेट निर्माणका लागि मन्त्रालयगत छलफल शुरू
बजेट निर्माणका लागि मन्त्रालयगत छलफल शुरू
शिक्षा विधेयक टुंगोमा पुर्‍याउन गम्भीर छु : शिक्षामन्त्री
शिक्षा विधेयक टुंगोमा पुर्‍याउन गम्भीर छु : शिक्षामन्त्री
भिजिट भिसा प्रकरणमा सत्तापक्षले छानबिन गर्ने प्रतिबद्धता जनाएको छ : प्रचण्ड
भिजिट भिसा प्रकरणमा सत्तापक्षले छानबिन गर्ने प्रतिबद्धता जनाएको छ : प्रचण्ड