काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २६, २०८२
|
|
२६ पटक हेरिएको
Shares
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी

सारांश

  • काठमाडौँ महानगरपालिका वडा नम्बर १६ ठमेल सातघुम्ती चोक नजिक आगलागी भएको छ ।
  •   शुक्रबार दिउँसाे साढे १२ बजेको समयमा उर्मिला श्रेष्ठको ४ तले पक्कि घरको दोस्रो तलामा आगालागी भएको प्रहरी निरीक्षक शालिकराम तिमिल्सिनाले बताए ।
  • उनका अनुसार दोस्रो तला राजन श्रेष्ठले भाडामा लिई  फुलमुन क्लबमा सञ्चालन गरेका थिए ।

 

२६ वैशाख, काठमाडौँ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ ठमेल सातघुम्ती चोक नजिक आगलागी भएको छ ।  शुक्रबार दिउँसाे साढे १२ बजेको समयमा उर्मिला श्रेष्ठको ४ तले पक्कि घरको दोस्रो तलामा आगालागी भएको प्रहरी निरीक्षक शालिकराम तिमिल्सिनाले बताए ।

उनका अनुसार दोस्रो तला राजन श्रेष्ठले भाडामा लिई  फुलमुन क्लबमा सञ्चालन गरेका थिए । विद्युत् सर्ट भई आगलागी हुँदा दोस्रो र तेस्रो तलामा क्षती भएकाे प्रहरी निरीक्षक तिमिल्सिनाले बताए ।  आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ । आगलागी काठमाडौँ महानगरपालिकाको तीन वटा दमकल, बुढानिलकण्ठ नगरपालिकाको एउटा दमकल,पानी ट्याङकर,नेपाल प्रहरी र स्थानिय सहायताले एक घण्टापछि आगालागी पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ