संघीय संसदका चार समितिको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक ३०, २०८१
|
|
३० पटक हेरिएको
Shares
संघीय संसदका चार समितिको बैठक बस्दै

सारांश

  • आज संघीय संसदका चार समितिको बैठक बस्दै छ ।
  • संघीय संसद सचिवालयका अनुसार आज प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समिति तथा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ ।
  • त्यस्तै आजै राष्ट्रिय सभा अन्तर्गतको विधायन समिति र सार्बजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दै छ ।

३० कार्तिक,  काठमाडौं । आज संघीय संसदका चार समितिको बैठक बस्दै छ ।

संघीय संसद सचिवालयका अनुसार आज प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समिति तथा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । त्यस्तै आजै राष्ट्रिय सभा अन्तर्गतको विधायन समिति र सार्बजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दै छ । बिहान ११: ३० बजे  बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिले आगामी दिनमा गर्ने स्थलगत अनुमगन बारे छलफल हुने भएको छ ।

त्यस्तै अपराहन्न १: १५ बजेदेखि बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल हुने भएको छ । त्यस्तै बिहान ११ बजेदेखि बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा कार्यविधिको मस्यौदामाथि छलफल हुने भएको छ । त्यसैगरी दिनको एक बजे बस्ने सार्बजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पर्सा र चितवन राष्ट्रिय निकुञ्‍जको अनुगमन कार्यक्रमको समीक्षा हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता
मनपरी हवाई भाडा वृद्धि गर्ने वायुसेवा कम्पनीलाई कारबाही गर्ने मन्त्री पाण्डेको चेतावनी
मनपरी हवाई भाडा वृद्धि गर्ने वायुसेवा कम्पनीलाई कारबाही गर्ने मन्त्री पाण्डेको चेतावनी
इजरायल-हमास युद्धविराम, १५ महिनादेखि जारी युद्ध अन्त्य
इजरायल-हमास युद्धविराम, १५ महिनादेखि जारी युद्ध अन्त्य
सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो : गगन थापा
सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो : गगन थापा
सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
नक्कली पीडित खडा गरेर उजुरी दिने प्रयास भइरहेको गृहमन्त्रीको दाबी, कारबाही गर्ने चेतावनी
नक्कली पीडित खडा गरेर उजुरी दिने प्रयास भइरहेको गृहमन्त्रीको दाबी, कारबाही गर्ने चेतावनी
एमाले लुम्बिनी प्रदेश अधिवेशन सुरु
एमाले लुम्बिनी प्रदेश अधिवेशन सुरु
४ लाख ५० हजार घुससहित वडाध्यक्ष पक्राउ
४ लाख ५० हजार घुससहित वडाध्यक्ष पक्राउ
तोलामा २८ सयले बढ्यो सुनको मूल्य
तोलामा २८ सयले बढ्यो सुनको मूल्य
राष्ट्रिय सभा निर्वाचनमा मतदानका लागि ६ प्रकारका परिचयपत्र मान्य
राष्ट्रिय सभा निर्वाचनमा मतदानका लागि ६ प्रकारका परिचयपत्र मान्य