सयभन्दा बढी उजुरी अध्ययनका लागि ७ सदस्यीय समिति गठन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ ८, २०८१
|
|
२६ पटक हेरिएको
Shares
सयभन्दा बढी उजुरी अध्ययनका लागि ७ सदस्यीय समिति गठन

सारांश

  •   लेखा समितिले उजुरी अध्ययनका लागि समिति गठन गरेको छ ।
  • समितिले कांग्रेस सांसद सञ्जय गौतमको नेतृत्वमा सात सदस्यीय समितिको उजुरी अध्ययन समिति गठन गरिएको हो ।
  • मंगलवार बसेको सार्वजनिक लेखा समितिले समिति बैठकले सात सदस्यीय समिति गठन गरेको समिति सभापति ऋषिकेश पोखरेलले बताए ।

 

८ माघ, काठमाडौँ ।  लेखा समितिले उजुरी अध्ययनका लागि समिति गठन गरेको छ । समितिले कांग्रेस सांसद सञ्जय गौतमको नेतृत्वमा सात सदस्यीय समितिको उजुरी अध्ययन समिति गठन गरिएको हो ।

मंगलवार बसेको सार्वजनिक लेखा समितिले समिति बैठकले सात सदस्यीय समिति गठन गरेको समिति सभापति ऋषिकेश पोखरेलले बताए ।उनले सञ्जय गौतमको नेतृत्वमा सात सदस्यीय समितिको उजुरी अध्ययन समिति गठन गरिएको बताए । उनले समितिमा सांसदहरू गोकुल बास्कोटा, लेखनाथ दाहाल, हरि ढकाल, मञ्जु खाण, प्रेम आले र अमरेशकुमार सिंह सदस्य रहने बताए ।

लेखा समितिमा एक सयभन्दा बढी उजुरी परेका छन् । सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई बोलाउने निर्णय पनि गरेको छ। मन्त्री भण्डारी र सचिव समेतलाई छलफलका लागि बुधवार बिहान ११ बजेको समय निर्धारण गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?