निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा, आज सुझाव संकलन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २०, २०८२
|
|
१९ पटक हेरिएको
Shares
निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा, आज सुझाव संकलन

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी केन्द्रीय वाचापत्र निर्माणका लागि सुझाव सङ्कलन गर्दैछ ।
  • रास्वपाका उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित केन्द्रीय वाचापत्र कार्यदलले पार्टीका सबै संयन्त्रबाट आज सुझाव सङ्कलन गर्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।
  • उनका अनुसार सुझावका लागि आज साँझ भर्चुअल माध्यम (जुम)मा बैठक आह्वान गरिएको छ ।

२० मंसिर, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी केन्द्रीय वाचापत्र निर्माणका लागि सुझाव सङ्कलन गर्दैछ । रास्वपाका उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित केन्द्रीय वाचापत्र कार्यदलले पार्टीका सबै संयन्त्रबाट आज सुझाव सङ्कलन गर्ने प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार सुझावका लागि आज साँझ भर्चुअल माध्यम (जुम)मा बैठक आह्वान गरिएको छ । उक्त कार्यदलमा डा वाग्लेसँगै केन्द्रीय सदस्यहरू डा अरनिको पाँडे, डा नन्दन यादव र क्रान्तिशिखा धिताल छिन् । योसँगै रास्वपाले निर्वाचनलक्षित गतिविधि पनि तीव्र बनाएको छ । रास्वपाले निर्वाचनलाई लक्षित गर्दै आफ्नो राजनीतिक गतिविधिसँगै प्रचारप्रसारलाई थप सक्रिय बनाएको हो ।

पार्टीले हाल अधिवेशन, सङ्गठन विस्तार र समानुपातिक प्रणालीमार्फत उम्मेदवारी दिन आह्वान गरिरहेको छ । सोही क्रममा प्रारम्भिक निर्वाचनका गतिविधि व्यवस्थापनका लागि अडिट समितिले काम सुरु गरेको रास्वपाले जनाएको छ । समितिले उम्मेदवार छनोटसम्बन्धी सम्पूर्ण पक्षलाई तथ्यपरक रूपमा मूल्याङ्कन गर्ने जनाएको छ । आगामी निर्वाचन केन्द्रित प्रशिक्षणका लागि केन्द्रीय प्रशिक्षण विभागले अनलाइन तालिमका माध्यमबाट कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला भेला, पूर्वउम्मेदवारहरूसँग छलफल र सङ्गठन सुदृढीकरणका कार्यक्रम पनि अघि बढाइएको प्रवक्ता झाले जानकारी दिए । निर्वाचन तयारीलाई व्यवस्थित बनाउन रास्वपाले राजनीतिक अध्ययन कार्यदल, निर्वाचन रणनीति कार्यदल र सञ्चारमाध्यम अध्ययन कार्यदल गठन गरेको छ । यी कार्यदलले नीति विश्लेषणदेखि रणनीति निर्माणसम्मको कार्य गर्ने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिम पृतनाबाट सुरु भयो भूपू सैनिक सम्मेलन
सुदूरपश्चिम पृतनाबाट सुरु भयो भूपू सैनिक सम्मेलन
शहरी विकास मन्त्रालय मातहत ५० गाडी जले, भौतिक क्षति आकलन गरिँदै
शहरी विकास मन्त्रालय मातहत ५० गाडी जले, भौतिक क्षति आकलन गरिँदै
तीनकुने घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न राप्रपाको माग
तीनकुने घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न राप्रपाको माग
आज राष्ट्रिय भाक्का दिवस मनाइँदै
आज राष्ट्रिय भाक्का दिवस मनाइँदै
सांसद सुनारले सदनमा उठाए सोती घटना, दलितमाथि भइरहेका अत्याचारप्रति ध्यानाकर्षण
सांसद सुनारले सदनमा उठाए सोती घटना, दलितमाथि भइरहेका अत्याचारप्रति ध्यानाकर्षण
शपथपछि नवनियुक्त प्रधानमन्त्रीलाई राष्ट्रपतिले भने- तपाईं सफल हुनुहोस्, देश सफल होस्
शपथपछि नवनियुक्त प्रधानमन्त्रीलाई राष्ट्रपतिले भने- तपाईं सफल हुनुहोस्, देश सफल होस्
बमको धम्की आएपछि एयर इन्डियाको अर्को विमान थाइल्याण्डमा आपतकालीन अवतरण
बमको धम्की आएपछि एयर इन्डियाको अर्को विमान थाइल्याण्डमा आपतकालीन अवतरण
एमसीसी पुन सक्रिय विरोधमा नेकपाको काठमाडौंमा प्रदर्शन
एमसीसी पुन सक्रिय विरोधमा नेकपाको काठमाडौंमा प्रदर्शन
भोजपुरमा पनि ‘रेडपाण्डा’ संरक्षण अभियान
भोजपुरमा पनि ‘रेडपाण्डा’ संरक्षण अभियान
मधेसमा तोकियो धानको न्यूनतम समर्थन मूल्य
मधेसमा तोकियो धानको न्यूनतम समर्थन मूल्य