बरहथवाका ११ अवैध निजी अस्पताल बन्द गर्न निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ४, २०८२
|
|
३३ पटक हेरिएको
Shares
बरहथवाका ११ अवैध निजी अस्पताल बन्द गर्न निर्देशन

सारांश

  • मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सर्लाहीको बरहथवा बजारमा सञ्चालित ११ वटा निजी स्वास्थ्य संस्थालाई मापदण्डविपरीत सञ्चालन गरेको भन्दै तत्काल बन्द गर्न निर्देशन दिएका छन्।
  • मंगलबार साँझ एक बिरामीले अत्यधिक बीलको विरोध जनाएपछि उत्पन्न तनावका बीच मुख्यमन्त्री सिंह स्वयम् बरहथवा पुगेर ती अस्पतालहरूको आकस्मिक अनुगमन गरेका थिए।
  • अनुगमनको क्रममा सङ्कटमोचन हेल्थकेयर प्रा.

४ वैशाख, सर्लाही।

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सर्लाहीको बरहथवा बजारमा सञ्चालित ११ वटा निजी स्वास्थ्य संस्थालाई मापदण्डविपरीत सञ्चालन गरेको भन्दै तत्काल बन्द गर्न निर्देशन दिएका छन्। मंगलबार साँझ एक बिरामीले अत्यधिक बीलको विरोध जनाएपछि उत्पन्न तनावका बीच मुख्यमन्त्री सिंह स्वयम् बरहथवा पुगेर ती अस्पतालहरूको आकस्मिक अनुगमन गरेका थिए। अनुगमनको क्रममा सङ्कटमोचन हेल्थकेयर प्रा.लि, एडभान्स सञ्जीवनी होस्पिटल प्रा.लि, ह्याप्पी मेडिकेयर होस्पिटल प्रा.लि, सर्लाही गोल्डेन होस्पिटल प्रा.लि, भेनस हेल्थकेयर प्रा.लि, हनुमन्त होस्पिटल प्रा.लि, बरहथवा नवजीवन होस्पिटल प्रा.लि लगायत अन्य चार पोलिक्लिनिक मापदण्ड नपु¥याई सञ्चालनमा आएको पुष्टि भएपछि बन्दको आदेश दिइएको हो।

मुख्यमन्त्री सिंहले अनुगमनपछि संलग्न सम्पूर्ण संस्थाहरूलाई आवश्यक प्रक्रिया पुरा नगरी सञ्चालन नगर्न कडाइका साथ निर्देशन दिएका छन्। “स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा अव्यवस्थित र अवैध रूपमा सेवा प्रवाह गर्नु सर्वस्वीकार्य हुँदैन,” मुख्यमन्त्री सिंहले भने, “दर्ता, पूर्वाधार, दक्ष जनशक्ति र स्वास्थ्य मापदण्ड पूरा नगरी कुनै पनि अस्पताल सञ्चालन गर्न दिइने छैन।”

मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरका अनुसार सम्बन्धित सबै संस्थालाई औपचारिक रूपमा पत्र काटी तत्काल सेवा बन्द गर्न निर्देशन दिइएको छ। अब दर्ता तथा प्राविधिक मापदण्ड पूरा गरी मात्र पुनः सञ्चालनको अनुमति दिइने बताइएको छ।

मुख्यमन्त्री सिंह यसअघि पनि सर्लाहीकै नवलपुर, लालबन्दी र मलंगवामा रहेका विभिन्न निजी अस्पतालहरूको निरीक्षण गरी अव्यवस्थित स्वास्थ्य सेवा बन्द गराएका थिए। तर, निर्देशन दिए पनि ती अस्पतालहरू पुनः खुलेर चलिरहेका गुनासा प्रदेशभरबाट आइरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शेखर कोइरालाई राष्ट्रिय सभा निर्वाचनमा ३ सिट
शेखर कोइरालाई राष्ट्रिय सभा निर्वाचनमा ३ सिट
कांग्रेस एमालेसँग मिसिन गएको होइन, फोहोर सफा गर्न गएको हो -गगन थापा
कांग्रेस एमालेसँग मिसिन गएको होइन, फोहोर सफा गर्न गएको हो -गगन थापा
लक्ष्मी महतो कोइरीले दिए निलम्बन फुकुवाको माग गर्दै निवेदन
लक्ष्मी महतो कोइरीले दिए निलम्बन फुकुवाको माग गर्दै निवेदन
प्रतितोला १७ सय रुपैयाँले बढ्यो सुनको मूल्य
प्रतितोला १७ सय रुपैयाँले बढ्यो सुनको मूल्य
निर्माण व्यवसायीको अल्टिमेटमः सात दिनभित्र माग पूरा नभए देशभरिका आयोजना ठप्प पार्ने
निर्माण व्यवसायीको अल्टिमेटमः सात दिनभित्र माग पूरा नभए देशभरिका आयोजना ठप्प पार्ने
मधेशमा विपदमा काम गर्न ४९ जना सशस्त्र प्रहरीलाई ११ हप्ते तालिम
मधेशमा विपदमा काम गर्न ४९ जना सशस्त्र प्रहरीलाई ११ हप्ते तालिम
घट्यो सुनचाँदीको मूल्य
घट्यो सुनचाँदीको मूल्य
सकिएन थुनछेक बहस ,रवि लामिछाने अझै दुईदिन हिरासतमा रहने
सकिएन थुनछेक बहस ,रवि लामिछाने अझै दुईदिन हिरासतमा रहने
नेपाली बाहेकको भाषामा शपथ लिने सांसदको संख्या ६३ पुग्यो
नेपाली बाहेकको भाषामा शपथ लिने सांसदको संख्या ६३ पुग्यो
कार्यकर्तालाई ओलीको निर्देशन- सरकारको होइन, चुनावको चिन्ता गर्नुस्
कार्यकर्तालाई ओलीको निर्देशन- सरकारको होइन, चुनावको चिन्ता गर्नुस्