सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १४, २०८३
|
|
३६२ पटक हेरिएको
Shares
इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

सारांश

  •   बिहीबार भएको खेलमा इन्डोनेसियामाथि चार विकेटको जित निकाल्दै नेपाल अपराजित रहेर अन्तिम चारमा पुगेको हो।
  • दुई खेलबाट चार अंक जोडेको नेपाल समूह ‘बी’को शीर्ष स्थानमा रहेर सेमिफाइनल खेल्ने भएको हो।
  •   एक खेलमा जित र एक खेलमा हार भोगेको चीन दुई अंकमा दोस्रो स्थानमा रहेर सेमिफाइनल पुगेको छ।

 

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसियन गेम्स महिला छनोटमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ।  बिहीबार भएको खेलमा इन्डोनेसियामाथि चार विकेटको जित निकाल्दै नेपाल अपराजित रहेर अन्तिम चारमा पुगेको हो। दुई खेलबाट चार अंक जोडेको नेपाल समूह ‘बी’को शीर्ष स्थानमा रहेर सेमिफाइनल खेल्ने भएको हो।  एक खेलमा जित र एक खेलमा हार भोगेको चीन दुई अंकमा दोस्रो स्थानमा रहेर सेमिफाइनल पुगेको छ। अंकविहीन इन्डोनेसिया समूह चरणबाटै बाहिरिएको छ।

समूह ‘ए’बाट थाइल्यान्ड चार अंकसहित शीर्षस्थानमा रहेर सेमिफाइनल पुगेको छ। एक खेलमा जित र एक खेलमा हार भोगेको घरेलु टोली मलेसिया दुई अंकसहित दोस्रो स्थानमा रहेर अन्तिम चारमा पुगेको छ। यो समूहबाट हङकङ बाहिरिएको छ। बिहीबार इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य नेपाली टोलीले तीन बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि कप्तान इन्दु बर्मा ४२ रनमा अविजित रहिन्। सोनी पाख्रिनले २९ र कविता कुवँरले १४ रन थपे। सीता रानामगर १३ रनमा नटआउट रहिन्।

मलेसियाको वायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा ११३ रनको योगफल तयार पारेको थियो। नेपालकी मनिषा उपाध्यायले दुई र रिया शर्माले एक विकेट लिइन्।

इन्डोनेसियाकी कप्तान नि पुतु आयु नन्द सकरिनी ५६ रनमा अविजित रहिन्। नि लुह देवी २३ र नी मेड पुत्री सुवान्देवीले १३ रन बनाइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल
कोशी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती मृत फेला
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती मृत फेला
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु
कोशीप्रदेश योजनाआयोगको उपाध्यक्षमातारानाथ निरौलानियुक्त
कोशीप्रदेश योजनाआयोगको उपाध्यक्षमातारानाथ निरौलानियुक्त
प्रधानाध्यापक विरूद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा दायर
प्रधानाध्यापक विरूद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा दायर
गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रविले सर्वोच्चमा दिए बन्दी प्रत्यक्षीकरणको निवेदन
गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रविले सर्वोच्चमा दिए बन्दी प्रत्यक्षीकरणको निवेदन
मधेशी निजामती कर्मचारी मञ्चको महाधिवेशन जनकपुरधाममा
मधेशी निजामती कर्मचारी मञ्चको महाधिवेशन जनकपुरधाममा
सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती : मन्त्री सिन्हा
सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती : मन्त्री सिन्हा
प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ
प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ
एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति