इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १४, २०८३
|
|
३४६ पटक हेरिएको
Shares
इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

सारांश

  •   बिहीबार भएको खेलमा इन्डोनेसियामाथि चार विकेटको जित निकाल्दै नेपाल अपराजित रहेर अन्तिम चारमा पुगेको हो।
  • दुई खेलबाट चार अंक जोडेको नेपाल समूह ‘बी’को शीर्ष स्थानमा रहेर सेमिफाइनल खेल्ने भएको हो।
  •   एक खेलमा जित र एक खेलमा हार भोगेको चीन दुई अंकमा दोस्रो स्थानमा रहेर सेमिफाइनल पुगेको छ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसियन गेम्स महिला छनोटमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ।  बिहीबार भएको खेलमा इन्डोनेसियामाथि चार विकेटको जित निकाल्दै नेपाल अपराजित रहेर अन्तिम चारमा पुगेको हो। दुई खेलबाट चार अंक जोडेको नेपाल समूह ‘बी’को शीर्ष स्थानमा रहेर सेमिफाइनल खेल्ने भएको हो।  एक खेलमा जित र एक खेलमा हार भोगेको चीन दुई अंकमा दोस्रो स्थानमा रहेर सेमिफाइनल पुगेको छ। अंकविहीन इन्डोनेसिया समूह चरणबाटै बाहिरिएको छ।

समूह ‘ए’बाट थाइल्यान्ड चार अंकसहित शीर्षस्थानमा रहेर सेमिफाइनल पुगेको छ। एक खेलमा जित र एक खेलमा हार भोगेको घरेलु टोली मलेसिया दुई अंकसहित दोस्रो स्थानमा रहेर अन्तिम चारमा पुगेको छ। यो समूहबाट हङकङ बाहिरिएको छ। बिहीबार इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य नेपाली टोलीले तीन बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि कप्तान इन्दु बर्मा ४२ रनमा अविजित रहिन्। सोनी पाख्रिनले २९ र कविता कुवँरले १४ रन थपे। सीता रानामगर १३ रनमा नटआउट रहिन्।

मलेसियाको वायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा ११३ रनको योगफल तयार पारेको थियो। नेपालकी मनिषा उपाध्यायले दुई र रिया शर्माले एक विकेट लिइन्।

इन्डोनेसियाकी कप्तान नि पुतु आयु नन्द सकरिनी ५६ रनमा अविजित रहिन्। नि लुह देवी २३ र नी मेड पुत्री सुवान्देवीले १३ रन बनाइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तान प्रशासित कश्मीरमा हिंसात्मक झडप, तीन प्रहरीको मृ*त्यु
पाकिस्तान प्रशासित कश्मीरमा हिंसात्मक झडप, तीन प्रहरीको मृ*त्यु
कैलाली भन्सार प्रमुखमाथि कुटपिट : नगर प्रहरी प्रमुखसहित चार पक्राउ
कैलाली भन्सार प्रमुखमाथि कुटपिट : नगर प्रहरी प्रमुखसहित चार पक्राउ
मधेशमा सुशासनको नयाँ अभ्यास : योजना चिठ्ठी वितरणमा बिचौलिया संस्कृति अन्त्य
मधेशमा सुशासनको नयाँ अभ्यास : योजना चिठ्ठी वितरणमा बिचौलिया संस्कृति अन्त्य
ग्रीन कार्डको प्रलोभनमा मानब बेचबिखन, आरोपी पक्राउ
ग्रीन कार्डको प्रलोभनमा मानब बेचबिखन, आरोपी पक्राउ
नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको आग्रह
नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको आग्रह
पशुपतिको भेटी चोरी प्रकरणमा ५ जना जेल चलान
पशुपतिको भेटी चोरी प्रकरणमा ५ जना जेल चलान
ढल्यो राजनीतिक चेतनाको धरोहर कोइराला निवास
ढल्यो राजनीतिक चेतनाको धरोहर कोइराला निवास
नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा
नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
बीपी राजमार्ग सडकमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
बीपी राजमार्ग सडकमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक