Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

धनगढी उपमहानगरद्वारा १७ करोड राजस्व सङ्कलन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ ९, २०८१
|
|
४४ पटक हेरिएको
Shares
धनगढी उपमहानगरद्वारा १७ करोड राजस्व सङ्कलन

सारांश

  • उपमहानगरले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा विभिन्न शीर्षकमा उक्त राजस्व सङ्कलन गरेको हो ।
  • सो अवधिमा सम्पत्ति करबाट रु एक करोड ९२ लाख ६७ हजार, भूमिकर÷मालपोतबाट रु एक करोड २३ लाख ६८ हजार, बहालकरबाट रु तीन करोड ५२ लाख ८३ हजार, अन्य राजस्वबाट रु तीन करोड ५२ लाख १२ हजार, व्यवसाय करबाट रु दुई करोड ७९ लाख ७९ हजार र नक्सापास दस्तुरबाट रु एक करोड ६५ लाख ४८ हजार राजस्व सङ्कलन गरेको उपमहानगरका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिनुभयो ।
  • उहाँका अनुसार सिफारिस दस्तुरबाट रु ८३ लाख ५६ हजार, सरकारी सम्पत्तिको बहालबाट रु ४६ लाख ८३ हजार, प्रशासनिक दण्ड जरिवाना र जफतबाट रु ३८ लाख ६१ हजार, बेरुजुबापत रु १३ लाख ४२ हजार र अन्य प्रशासनिक सेवा शुल्कबाट रु १३ लाख १३ हजार राजस्व सङ्कलन भएको हो ।

 

कैलालीको धनगढी उपमहानगरपालिकाले रु १७ करोड एक लाख दुई हजार ७२ राजस्व सङ्कलन गरेको छ । उपमहानगरले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा विभिन्न शीर्षकमा उक्त राजस्व सङ्कलन गरेको हो ।

सो अवधिमा सम्पत्ति करबाट रु एक करोड ९२ लाख ६७ हजार, भूमिकर÷मालपोतबाट रु एक करोड २३ लाख ६८ हजार, बहालकरबाट रु तीन करोड ५२ लाख ८३ हजार, अन्य राजस्वबाट रु तीन करोड ५२ लाख १२ हजार, व्यवसाय करबाट रु दुई करोड ७९ लाख ७९ हजार र नक्सापास दस्तुरबाट रु एक करोड ६५ लाख ४८ हजार राजस्व सङ्कलन गरेको उपमहानगरका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिफारिस दस्तुरबाट रु ८३ लाख ५६ हजार, सरकारी सम्पत्तिको बहालबाट रु ४६ लाख ८३ हजार, प्रशासनिक दण्ड जरिवाना र जफतबाट रु ३८ लाख ६१ हजार, बेरुजुबापत रु १३ लाख ४२ हजार र अन्य प्रशासनिक सेवा शुल्कबाट रु १३ लाख १३ हजार राजस्व सङ्कलन भएको हो ।  व्यक्तिगत घटना दर्ताबाट रु सात लाख सात हजार, परीक्षा शुल्कबाट रु सात लाख १६ हजार, अन्य सामग्री बिक्रीबाट रु दुई लाख ३४ हजार, नाता प्रमाणित दस्तुरबाट रु दुई लाख नौ हजार, शिक्षा क्षेत्रको आम्दानीबाट रु एक लाख ७९ हजार, न्यायिक दस्तुरबाट रु दुई हजार र बाँकी रकम अन्य दस्तुर शीर्षकबाट सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

राजस्व शाखा प्रमुख ओझाका अनुसार गत आवको तुलनामा चालु आवको सोही अवधिमा राजस्व सङ्कलनमा वृद्धि भएको छ । गत आवको सो अवधिको तुलनामा चालु आवमा रु ९५ लाख सात हजार आठ सय ७९ ले बढी राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो  उपमहानगरले गत आवको छ महिनामा रु १६ करोड पाँच लाख ९४ हजार राजस्व सङ्कलन गरेको ओझाले जानकारी दिनुभयो । राजस्व सङ्कलनमा कडाइ हुनुका साथै करका दायरा फराकिलो हुँदै जाँदा राजस्व सङ्कलन वृद्धि भएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने सबै देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने सबै देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
विद्युत् प्राधिकरण अगाडि भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु
विद्युत् प्राधिकरण अगाडि भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु
आजदेखि सर्वोच्च अदालत बन्द, बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा भने सुनुवाइ हुने
आजदेखि सर्वोच्च अदालत बन्द, बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा भने सुनुवाइ हुने
काठमाडौँतर्फ आउने सवारी साधनलाई चितवनमै रोकियो
काठमाडौँतर्फ आउने सवारी साधनलाई चितवनमै रोकियो
महिला न्यायाधीशहरू न्याय प्रणालीको गौरव हुनुपर्छ : प्रधानन्यायाधीश राउत
महिला न्यायाधीशहरू न्याय प्रणालीको गौरव हुनुपर्छ : प्रधानन्यायाधीश राउत
मकवानपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु
मकवानपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु
दिल्लीमा संसद् मार्च गर्न खोज्ने प्रदर्शनकारीमाथि अश्रुग्यास र लाठीचार्ज
दिल्लीमा संसद् मार्च गर्न खोज्ने प्रदर्शनकारीमाथि अश्रुग्यास र लाठीचार्ज
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा
दशैंपछि उपत्यकाका ३७ ठाउँबाट १ करोडका धनमाल चोरी
दशैंपछि उपत्यकाका ३७ ठाउँबाट १ करोडका धनमाल चोरी