विद्युत् प्राधिकरण अगाडि भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक १३, २०८२
|
|
२५ पटक हेरिएको
Shares
विद्युत् प्राधिकरण अगाडि भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु

सारांश

  • नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।
  • भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा उद्योगी र मजदुरले गरेको विरोध प्रदर्शनमा उनी भाषण गर्दागदै बेहोस भएर ढलेका थिए ।
  • उनलाई तत्कालै थप उपचारका लागि अस्पताल लगिएको थियो ।

१३ कार्तिक, बुटवल ।

नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ । भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा उद्योगी र मजदुरले गरेको विरोध प्रदर्शनमा उनी भाषण गर्दागदै बेहोस भएर ढलेका थिए । उनलाई तत्कालै थप उपचारका लागि अस्पताल लगिएको थियो ।

मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिए । ६५ वर्षीय गौतम हृदयघातका भएर ढलेका थिए । अस्पताल पुर्‍याएपछि चेकजाँच गर्दा चिकित्सकले हृदयघातका कारण मृत्यु भइसकेको जानकारी गराएको बस्यालले बताए ।

बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम नेकपा एमालेका केन्द्रीय सदस्य समेत हुन् । २०५४ सालदेखि पार्टी र जिफन्टमा सक्रिय गौतमका दुई छोरा र श्रीमती रहेका छन् । नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन प्रयोग गरेको भन्दै बुटवल–भैरहवा कोरिडोरका १० उद्योगमा लाइन काटेको विरोधमा उद्योगीका संस्था र मजदुरले संयुक्तरूपमा आयोजना गरेको विरोध प्रदर्शनमा गौतम मजदुरहरूको तर्फबाट वक्ताका रुपमा गएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा अध्यक्ष यादवविरुद्ध झुठा मुद्दा भन्दै सर्लाहीमा विरोध प्रदर्शन
जसपा अध्यक्ष यादवविरुद्ध झुठा मुद्दा भन्दै सर्लाहीमा विरोध प्रदर्शन
साताको अन्तिम दिन सेयर बजारमा गिरावट
साताको अन्तिम दिन सेयर बजारमा गिरावट
सहीद परिवारले भोली मुख्यमन्त्री कार्यालय घेराउ गर्ने
सहीद परिवारले भोली मुख्यमन्त्री कार्यालय घेराउ गर्ने
सुकुना र काली खोलाको बाढीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध, ४०० बढी विस्थापित
सुकुना र काली खोलाको बाढीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध, ४०० बढी विस्थापित
मध्यराति कारमा ६८ लाख बोकेर कहाँ जाँदै थिए चार युवा ?
मध्यराति कारमा ६८ लाख बोकेर कहाँ जाँदै थिए चार युवा ?
‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम सांसद साहद्वारा बहिष्कार
‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम सांसद साहद्वारा बहिष्कार
भरतपुरमा बोराभित्र महिला र पुरुषको शव भेटियो
भरतपुरमा बोराभित्र महिला र पुरुषको शव भेटियो
ओख्रेको सहिद गेट–हुर्वु भञ्ज्याङ सडक स्तरोन्नति
ओख्रेको सहिद गेट–हुर्वु भञ्ज्याङ सडक स्तरोन्नति
बाढीपहिरोले मकवानपुरमा १ अर्ब ६९ लाख बढीको क्षति
बाढीपहिरोले मकवानपुरमा १ अर्ब ६९ लाख बढीको क्षति
सुक्खा पहिरोले अवरुद्ध भएको पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालन
सुक्खा पहिरोले अवरुद्ध भएको पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालन