इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने सबै देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २९, २०८२
|
|
२३ पटक हेरिएको
Shares
इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने सबै देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने कुनै पनि देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् ।
  • ट्रम्को यस्तो घोषणापछि विश्व व्यापारमा अनिश्चितता बढ्ने देखिएको छ ।
  • ट्रम्पको यस निर्णयको अप्रत्यक्ष तर स्पष्ट असर भारत लगायतका मुलुकको कृषि निर्यात क्षेत्र, विशेषगरी बास्मती चामल निर्यातमा पर्न सक्ने सरोकारवालाहरूले बताएका छन् ।

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने कुनै पनि देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । ट्रम्को यस्तो घोषणापछि विश्व व्यापारमा अनिश्चितता बढ्ने देखिएको छ । ट्रम्पको यस निर्णयको अप्रत्यक्ष तर स्पष्ट असर भारत लगायतका मुलुकको कृषि निर्यात क्षेत्र, विशेषगरी बास्मती चामल निर्यातमा पर्न सक्ने सरोकारवालाहरूले बताएका छन् । इरान भारतबाट निर्यात हुने बास्मती चामलको प्रमुख गन्तव्य मुलुकमध्ये एक हो ।

तर इरानसँग व्यापार गर्ने तेस्रो देशलाई समेत दण्डित गर्ने ट्रम्पको प्रस्तावित नीतिले भुक्तानी प्रक्रिया जटिल बनाउने, कारोबार जोखिम बढाउने र खरिदकर्ताको विश्वास कमजोर पार्ने सम्भावना रहेको बताइएको छ । बजार पहिले नै दबाबमा रहेकाले यो निर्णयले थप चुनौती सिर्जना गर्न सक्ने उद्योग पक्षको चिन्ता छ । ट्रम्पको भन्सार शुल्क घोषणाले अन्तर्राष्ट्रिय बैंकिङ च्यानल र बीमा कम्पनीहरूलाई इरानसँग जोडिएका कारोबारबाट टाढा राख्न सक्ने र खाद्यान्नजस्ता अत्यावश्यक वस्तुको व्यापारसमेत प्रभावित हुने आशंका गरिएको छ । यसले निर्यातकर्तालाई असुरक्षित वा ढिला भुक्तानीमा आधारित ढुवानी पुनः मूल्याङ्कन गर्न बाध्य बनाउन सक्छ । आईआरईएफले निर्यातकर्तालाई सुरक्षित भुक्तानी प्रणाली अपनाउन र सम्भावित जोखिम न्यूनिकरणका लागि पश्चिम एसिया, अफ्रिका तथा युरोपका वैकल्पिक बजारतर्फ विविधीकरण गर्न सुझाव दिएको छ । लामो समयसम्मको अनिश्चितताले किसानको ढोकामूल्यमा दबाब र भण्डारण लागत बढ्न सक्ने भएकाले समयमै वैकल्पिक बजार सक्रिय गर्नु आवश्यक रहेको महासंघको निष्कर्ष छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कप क्रिकेट: कोशीविरुद्ध मधेशले जोड्यो हालसम्मकै उच्चस्कोर, तीन खेलाडीले हिर्काए अर्धशतक
प्रधानमन्त्री कप क्रिकेट: कोशीविरुद्ध मधेशले जोड्यो हालसम्मकै उच्चस्कोर, तीन खेलाडीले हिर्काए अर्धशतक
रुकुममा खोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु
रुकुममा खोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु
कांग्रेस नेताहरु भन्छन्: निर्वाचन अघि विशेष पछि नियमितमहाधिवेशन गरौं
कांग्रेस नेताहरु भन्छन्: निर्वाचन अघि विशेष पछि नियमितमहाधिवेशन गरौं
कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँ : रवि लामिछाने
कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँ : रवि लामिछाने
वातावरणमैत्री सडक संरचना बनाउन सरकार लागेको छः मन्त्री दाहाल
वातावरणमैत्री सडक संरचना बनाउन सरकार लागेको छः मन्त्री दाहाल
भन्सार छलेर ल्याइएका ल्यापटप र मोबाइलसहित सात जना पक्राउ
भन्सार छलेर ल्याइएका ल्यापटप र मोबाइलसहित सात जना पक्राउ
दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत रोल्पाका बजिन्द्र मृत फेला
दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत रोल्पाका बजिन्द्र मृत फेला
गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन- जनताको अधिकारलाई वंशमा केन्द्रित गर्ने प्रयास हुँदैछ
गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन- जनताको अधिकारलाई वंशमा केन्द्रित गर्ने प्रयास हुँदैछ
जलस्रोत तथा सिँचाइ विभागका पूर्वमहानिर्देशक भण्डारीविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा दायर
जलस्रोत तथा सिँचाइ विभागका पूर्वमहानिर्देशक भण्डारीविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा दायर
नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक : सांसद गिरी
नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक : सांसद गिरी