सहकारीका ऋणीबाट सवा करोड असुली

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ३, २०८३
|
|
१२६ पटक हेरिएको
Shares
सहकारीका ऋणीबाट सवा करोड असुली

सारांश

  • समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जेठमा १ करोड २० लाख रुपैयाँ कर्जा असुली गरी ५९ लाख बचत फिर्ता गरेको छ ।
  • जेठ २०८३ मा १० हजारभन्दा कम बचत भएका ८ सहकारीका एक हजार ४ सय ५२ जनाको बचत फिर्ता गरेको समितिको कार्यालयले जनाएको छ ।
  • समितिले सम्बन्धित सहकारीबाट असुली भएको रकमबाट साना बचतकर्तालाई रकम फिर्ता गरेको हो ।

 

३ असार, काठमाडौं ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जेठमा १ करोड २० लाख रुपैयाँ कर्जा असुली गरी ५९ लाख बचत फिर्ता गरेको छ । जेठ २०८३ मा १० हजारभन्दा कम बचत भएका ८ सहकारीका एक हजार ४ सय ५२ जनाको बचत फिर्ता गरेको समितिको कार्यालयले जनाएको छ । समितिले सम्बन्धित सहकारीबाट असुली भएको रकमबाट साना बचतकर्तालाई रकम फिर्ता गरेको हो । समितिले ५९ लाख ४ हजार बचत फिर्ता गरेको छ भने १ सय २२ जनाको ५१ लाख ५१ हजारको बचत मिलान गरिएको तथा १२ सहकारीका ऋणीबाट १ करोड २० लाख ४६ हजार ऋण रकम असुली गरेको कार्यालयले जनाएको छ ।

समितिले बचत फिर्ता, ऋण असुली तथा सम्पत्ति व्यवस्थापन कार्यविधि २०८३ स्वीकृत गरी सोही बमोजिम काम सुरु भएको समस्याग्रस्त सहकारी संस्था पुन: संरचना तथा व्यवस्थापन कार्यविधि २०८३ जारी गरेको छ । सोही बमोजिम सहकारी संस्था व्यवस्थापनका लागि सार्वजनिक सूचना आह्वान भएको संस्थागत पुनर्संरचना गर्न समितिको कार्यालयमा कार्यरत कर्मचारीलाई नयाँ संगठनात्मक संरचना स्वीकृत गरी कर्मचारी पदस्थापन तथा जिम्मेवारी बाँडफाँट गरिएको कार्यालयले जनाएको छ । समस्याग्रस्त सहकारीका ऋणी पहिचान गरी रोक्का राख्ने साथै त्यस्ता ऋणीको तीनपुस्ते विवरण तयारी तथा सार्वजनिक गर्ने कार्य नियमित भइरहेको र बचत फिर्ताका लागि बाँकी करिब ४४ हजार मागदाबी निवेदन चरणबद्ध प्रमाणीकरणको काम भइरहेको कार्यालयले जनाएको छ ।

१० हजारभन्दा कम बचत भएका साना बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने १४ सहकारीमध्ये ६ सहकारीको बचत फिर्ता सम्पन्न भएको छ । सहकारीको फिर्ता दैनिक भइरहेको छ भने २ सहकारीको तेस्रो पक्षको जिम्मेवारीमा फिर्ता भएको रकम लगत संकलन भइरहेको कार्यालयले जनाएको छ । बाँकी सहकारीको मागदाबी प्रमाणीकरण कार्य भइरहेको, ४ बचतकर्ताको मागदाबी रुजु तथा संशोधन गर्न छुट्टै सहयोग कक्ष राखी सेवा सञ्चालन गरिएको कार्यालयले जनाएको छ । त्यसैगरी बचत अपचलनबाट जोडिएको समस्याग्रस्त सहकारीका सञ्चालक, व्यवस्थापक, पूर्वसञ्चालक लगायतको सम्पत्ति खोजी गर्न रणनैतिक योजना सहित टोली परिचालन गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दरबारमार्ग घटना : तरुण दलका नेतासहित ८ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान
दरबारमार्ग घटना : तरुण दलका नेतासहित ८ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान
राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै
राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै
आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक
आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक
विश्व बैंकद्वारा पुल सुधार कार्यक्रमका लागि २० अर्ब ४० करोड स्वीकृत
विश्व बैंकद्वारा पुल सुधार कार्यक्रमका लागि २० अर्ब ४० करोड स्वीकृत
विष्णुमती करिडोरमा दुई करोडमा पार्क बन्ने
विष्णुमती करिडोरमा दुई करोडमा पार्क बन्ने
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल
मधेश प्रदेश सरकारका सेवा दशैंपछि पूर्ण रुपमा सञ्चालन हुने
मधेश प्रदेश सरकारका सेवा दशैंपछि पूर्ण रुपमा सञ्चालन हुने
ममता काफ्ले प्रकरण : नरेशले नै हत्या गरेको अमेरिकी प्रहरीको निष्कर्ष
ममता काफ्ले प्रकरण : नरेशले नै हत्या गरेको अमेरिकी प्रहरीको निष्कर्ष
राष्ट्रिय सभा अध्यक्ष दाहाल र टर्किस सभामुखबीच भेट, नेपालमा दूतावास स्थापना गर्न आग्रह
राष्ट्रिय सभा अध्यक्ष दाहाल र टर्किस सभामुखबीच भेट, नेपालमा दूतावास स्थापना गर्न आग्रह
वुमन्स डे कपमा नेपाल आज युगान्डासँग खेल्दै