जनताको आर्थिक स्थितिलाई रुपान्तरित गर्नु आजको आवश्यकताः सांसद विश्वकर्मा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ३२, २०८२
|
|
२६ पटक हेरिएको
Shares
जनताको आर्थिक स्थितिलाई रुपान्तरित गर्नु आजको आवश्यकताः सांसद विश्वकर्मा

सारांश

  •   नेकपा एमाले सांसद छविलाल विश्वकर्माले जनताको अवस्था बदल्नका लागि सबै लाग्नुपर्ने बताउनुभएको छ ।
  • बुधवार काठमाडौंमा राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
  • उहाँले सबैले लडेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था ल्याएको भएपनि जनताको अवस्था परिवर्तन हुन नसकेको बताउनु भयो ।

३२ असार, काठमाडाैं । 

नेकपा एमाले सांसद छविलाल विश्वकर्माले जनताको अवस्था बदल्नका लागि सबै लाग्नुपर्ने बताउनुभएको छ । बुधवार काठमाडौंमा राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबैले लडेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था ल्याएको भएपनि जनताको अवस्था परिवर्तन हुन नसकेको बताउनु भयो । जनताको अवस्था बदल्नका लागि आफूहरु निरन्तर लागिरहेको बताउनु भयो ।

जनताको अवस्था परिवर्तन गर्ने अभियान नटुंगिएको जिकिर गर्नुभयो । अर्थात आधारभुत तहका विभिन्न वर्ग समुदायका जनताको आर्थिक स्थितिलाई रुपान्तरित गर्नु आजको आवश्यकता भएको बताउनु भयो । व्यवस्था बदलियो भनेर हामीले चित्त बुझाएर सन्तोष मानेर आफूहरु नबसेको भन्दै अब अवस्था, सामाजिक स्थिति, सांस्कृतिक स्थिति, जनताको समताको सद्भाव मानव मर्यादाको परिस्थिति निर्माण गर्नु मुख्य उद्देश्य भएको बताउनु भयो । सांसद विश्वकर्माले भन्नुभयो, ‘हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था ल्याएका छौँ । व्यवस्था आएको छ, व्यवस्था परिवर्तन भएको छ तर अब हामीले जनताको अवस्था बदल्नका लागि परिवर्तनका निम्ति निरन्तर अभियानमा नै छौँ ।

यो टुंगिएको विषय छैन । यो अभियानसँग अविच्छन्न रुपमा जोडिएको अर्थ व्यवस्था हो । अर्थात आधारभुत तहका विभिन्न वर्ग समुदायका जनताको आर्थिक स्थितिलाई रुपान्तरित गर्नु हो । समाजलाई रुपान्तरित गर्नु हो । राजनीतकि रुपान्तरणको अभियानलाई यससँग जोडेर अघि बढाउनु हो । तसर्थ हामी यो अभियानमा नै छौँ । व्यवस्था बदलियो भनेर हामीले चित्त बुझाएर सन्तोष मानेर बसेका छैनौँ । बस्नु हुँदैन । व्यवस्थापछि अब अवस्था, सामाजिक स्थिति, सांस्कृतिक स्थिति, जनताको समताको सद्भाव मानव मर्यादाको परिस्थिति निर्माण गर्नु मुख्य उद्देश्य हो ।’ सांसद विश्वकर्माले समाज र राष्ट्रलाई समतामुलक र समृद्धशाली बनाउन सबै एकतावद्ध भएर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीमती बेपत्ता भन्दै जाहेरी, अनुसन्धान गर्दा खुल्यो श्रीमान्‌बाटै ह*त्या
श्रीमती बेपत्ता भन्दै जाहेरी, अनुसन्धान गर्दा खुल्यो श्रीमान्‌बाटै ह*त्या
ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु
ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
वैदेशिक रोजगारीमा अमेरिका पठाई दिने भन्दै रकम ठगी गरेको आरोपमा महिला पक्राउ
वैदेशिक रोजगारीमा अमेरिका पठाई दिने भन्दै रकम ठगी गरेको आरोपमा महिला पक्राउ
रुपौलिया बहुउद्देश्यीय सहकारी संस्थामा १ करोड ६० लाख अपचलन
रुपौलिया बहुउद्देश्यीय सहकारी संस्थामा १ करोड ६० लाख अपचलन
फोटो खिच्ने क्रममा भरुवा बन्दुक पड्किँदा २५ वर्षीय युवकको मृ*त्यु
फोटो खिच्ने क्रममा भरुवा बन्दुक पड्किँदा २५ वर्षीय युवकको मृ*त्यु
इजरायलस्थित नेपाली सुरक्षित, उद्धारको अवस्था आएको छैन : परराष्ट्र मन्त्रालय
इजरायलस्थित नेपाली सुरक्षित, उद्धारको अवस्था आएको छैन : परराष्ट्र मन्त्रालय
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन
आज गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइँदै
आज गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइँदै
मोटरसाइकलको ट्यांकीभित्र गाँजा राखेर तस्करी गर्ने नेपाली युवक भारतमा पक्राउ
मोटरसाइकलको ट्यांकीभित्र गाँजा राखेर तस्करी गर्ने नेपाली युवक भारतमा पक्राउ