तीनवटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ११, २०८२
|
|
१०० पटक हेरिएको
Shares
तीनवटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची

सारांश

  • संघीय संसद अन्तर्गतका विभिन्न तीनवटा संसदीय समितिका बैठक आज (बुधबार)बस्दैछन् ।
  • आज राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
  • राज्य व्यवस्था तथा सुशासन समिति बैठक दिउँसो ३ बजे समितिको सभाकक्षमा बस्नेछ ।

११ भदौ, काठमाडौं ।

संघीय संसद अन्तर्गतका विभिन्न तीनवटा संसदीय समितिका बैठक आज (बुधबार)बस्दैछन् । आज राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । राज्य व्यवस्था तथा सुशासन समिति बैठक दिउँसो ३ बजे समितिको सभाकक्षमा बस्नेछ । बैठकमा राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन प्रक्रिया अघि बढाउने कार्यक्रम रहेको छ ।

यस्तै,विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कायैसूची  छ । त्यस्तै,सार्वजनिक नीति तथा प्रत्यायोजित विधाय समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१–०८२ का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?