सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा दिँदै
सारांश
- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने भएका छन्।
- प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नदेखिएपछि मुख्यमन्त्री शाहले राजीनामा दिन लागेका हुन्।
- उनले प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर आजै राजीनामा बुझाउने बताइएको छ।
२२ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने भएका छन्।
प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नदेखिएपछि मुख्यमन्त्री शाहले राजीनामा दिन लागेका हुन्। उनले प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर आजै राजीनामा बुझाउने बताइएको छ।मुख्यमन्त्री शाहले आज प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका थिए। विश्वासको मत पाउने अवस्था नभएपछि उनले राजीनामा दिन लागेका हुन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया