यातायात कार्यालय पाल्पामा राजस्व संकलन वृद्धि
सारांश
- नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आवको साउनदेखि चैत मसान्तसम्ममा सो कार्यालयले रु १७ करोड २३ लाख १५ हजार ४६५ राजस्व संकलन गरेको हो।
- चालक अनुमतिपत्र, सवारी दर्ता किताबबाट रु दुई करोड १० लाख ३७ हजार ४०० र सवारीसाधन करबाट रु १४ करोड ४८ लाख ६२ हजार ७४० संकलन भएको कार्यालय प्रमुख लक्ष्मण घिमिरेले जानकारी दिए।
- उनका अनुसार गत वर्षको तुलनामा चालु आवको सो अवधिमा राजस्व सङ्कलनमा वृद्धि भएको छ।
१६ वैशाख, पाल्पा-
जिल्लास्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१ /८२ को नौ महिनामा रु १७ करोड बढी राजस्व संकलन गरेको छ। नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आवको साउनदेखि चैत मसान्तसम्ममा सो कार्यालयले रु १७ करोड २३ लाख १५ हजार ४६५ राजस्व संकलन गरेको हो।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?




प्रतिक्रिया