गुल्मीको हर्पुकोटमा आगलागी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन ९, २०८२
|
|
३३ पटक हेरिएको
Shares
गुल्मीको हर्पुकोटमा आगलागी

सारांश

  • गुल्मी जिल्लाको इस्मा गाउँपालिका–१ हर्पुकोटमा लेखबहादुरको घरमा आगलागी हुँदा जलेर नष्ट भएको छ ।
  • आज बिहान ३:४५ बजे बोहराको जस्ता पाताले छाएको दुईतले कच्ची खाली घरमा एक्कासी आगो लागेको भएको हो ।
  • बोहरा हाल रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका छन् ।

९ फागुन, गुल्मी ।

गुल्मी जिल्लाको इस्मा गाउँपालिका–१ हर्पुकोटमा लेखबहादुरको घरमा आगलागी हुँदा जलेर नष्ट भएको छ । आज बिहान ३:४५ बजे बोहराको जस्ता पाताले छाएको दुईतले कच्ची खाली घरमा एक्कासी आगो लागेको भएको हो । बोहरा हाल रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका छन् । खबर प्राप्त हुनासाथ प्रहरी चौकी हस्तिचौरबाट प्रहरी सहायक निरीक्षक विनयकुमार श्रीवास्तवको कमाण्डमा ४ जना प्रहरी टोली र सशस्त्र प्रहरी बल गुल्म गुल्मीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक कुशल कक्षपतिको कमाण्डमा ९ जना सुरक्षाकर्मी घटनास्थलमा खटिएका थिए ।

स्थानीयवासी र रेसुङ्गा नगरपालिकाको दमकलको सहयोगमा बिहान ५:१० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय तथा पशुचौपाया क्षति भने नभएको छ । तर, घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगो के कारणले लागेको हो भन्ने खुल्न सकेको छैन भने क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगामी आवको बजेटमा यस्ता छन् वन मन्त्रालयका नयाँ कार्यक्रम
आगामी आवको बजेटमा यस्ता छन् वन मन्त्रालयका नयाँ कार्यक्रम
बाँके राष्ट्रिय निकुञ्जमा पर्या पर्यटन प्रवर्द्धन गर्न माग
बाँके राष्ट्रिय निकुञ्जमा पर्या पर्यटन प्रवर्द्धन गर्न माग
कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश
कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश
पूर्वमन्त्री आलमलाई सफाइ दिने न्यायाधीशहरु विरुद्ध न्यायपरिषदमा उजुरी
पूर्वमन्त्री आलमलाई सफाइ दिने न्यायाधीशहरु विरुद्ध न्यायपरिषदमा उजुरी
सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल
सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल
मुलुकलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रका विरुद्ध एमाले अगाडि बढेको छ : महासचिव पोखरेल
मुलुकलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रका विरुद्ध एमाले अगाडि बढेको छ : महासचिव पोखरेल
दाङबाट नक्कली नोटसहित चार जना पक्राउ
दाङबाट नक्कली नोटसहित चार जना पक्राउ
मधेश प्रदेशका आठ जिल्लाको खानेपानी समाधानका लागि साझा जिम्मेवारी आवश्यक छ : मन्त्री यादव
मधेश प्रदेशका आठ जिल्लाको खानेपानी समाधानका लागि साझा जिम्मेवारी आवश्यक छ : मन्त्री यादव
विराटनगरमा आज रथयात्रा, तीन जिल्लामा सार्वजनिक विदा
विराटनगरमा आज रथयात्रा, तीन जिल्लामा सार्वजनिक विदा
गायिका रचना रिमाल चढेको जहाजमा प्राविधिक समस्या
गायिका रचना रिमाल चढेको जहाजमा प्राविधिक समस्या