Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ३१, २०८२
|
|
३३ पटक हेरिएको
Shares
कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

सारांश

  • नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
  • काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
  • कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोपमा सांसद राईलाई पक्राउ गरिएको थियो ।

 

३१ वैशाख, काठमाडौं ।

नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोपमा सांसद राईलाई पक्राउ गरिएको थियो । बुधबार बयान र थुनछेक बहस सकिएपछि उनलाई धरौटीमा छाड्न आदेश भएको हो ।

सांसद राई कुनै समय उक्त सहकारीको सहसचिव समेत थिइन् । उनी सञ्चालक समितिमा रहेको अवधिमा करिब साढे २ करोड रुपैयाँ अपचलन भएको खुलेको छ । राई आर्थिक वर्ष २०७३/७४ मा स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समिति सदस्य थिइन् । आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा भने उनी स्वर्णलक्ष्मी सहकारीको सहसचिवको जिम्मेवारीमा थिइन् । राई सञ्चालक समितिमा रहेको बेला आर्थिक वर्ष २०७३/७४ मा पनि रकम अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यतिबेला विना धितो ऋण प्रवाह गरेको समेत भेटिएको थियो । स्वर्णलक्ष्मी सहकारीमा ८९ लाख ३४ हजार ३५५ रुपैयाँ सांसद राई सञ्चालक समितिको सदस्यमा रहेका बेला अपचलन भएको खुलेको छ । कुल पूँजीको १० प्रतिशतभन्दा बढी रकम लगानी गरेको भेटिएको थियो ।

त्यस्तै सूचीकृत नभएका संस्थालाई समेत लगानी गरेको भेटिएको थियो ।यो सहकारीका २० जना बचतकर्ताले राईसहितका व्यक्तिविरुद्ध जाहेरी दिएका थिए । २० बचतकर्ताको ३७ लाख ३५ हजार ८४३ रुपैयाँ हिनामिना भएको पाइएको छ । यसअघि यो सहकारी ठगी प्रकरणमा २१ पुसमा ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दायर भएको थियो । त्यतिबेला सांसद राईलाई उन्मुक्ति दिँदै मुद्दा दर्ता भएको थियो । सांसद राईलाई उन्मुक्ति दिएको भन्दै आलोचना भएपछि १३ वैशाखमा प्रहरीले कपनबाट सांसद राईलाई पक्राउ गरेको थियो । संगठित अपराधको कसुरमा ६० दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न सकिने व्यवस्था भए पनि सांसद राईको हकमा भने १७ दिनमै अदालतमा मुद्दा दर्ता भएको छ । प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा माइन्युटमा समेत सांसद राईले हस्ताक्षर गरेको भेटेको थियो । बयानका क्रममा समेत सांसद राईले उक्त हस्ताक्षर आफ्नै रहेको स्वीकार गरेकी छिन् । हाँडीगाउँमा एकै घरमा डेरा गरी बस्ने भुपेन्द्र राईको आग्रहमा हस्ताक्षर गरेको उनले बताएकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँदिल्लीको लालकिल्ला स्टेशननजिक कारमा विस्फोट, १० को मृ*त्यु
नयाँदिल्लीको लालकिल्ला स्टेशननजिक कारमा विस्फोट, १० को मृ*त्यु
बालेनमाथि दुर्गा प्रसाईंको कटाक्ष : गरिबको घर भत्काउँदा तपाईंको घर पो भत्किने हो कि ख्याल गर्नुहोस्
बालेनमाथि दुर्गा प्रसाईंको कटाक्ष : गरिबको घर भत्काउँदा तपाईंको घर पो भत्किने हो कि ख्याल गर्नुहोस्
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१
गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय
गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय
दुर्गा प्रसाईँलाई उपचारको व्यवस्था गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँलाई उपचारको व्यवस्था गर्न सर्वोच्चको आदेश
महानगरले चलायो कवाड संकलन केन्द्रमा डोजर
महानगरले चलायो कवाड संकलन केन्द्रमा डोजर
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन
रवि र बालेनलाई भुटानी प्रधानमन्त्रीले दिए बधाई
रवि र बालेनलाई भुटानी प्रधानमन्त्रीले दिए बधाई
बागमती प्रदेशसभाः बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल
बागमती प्रदेशसभाः बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल