विराटनगरमा आज रथयात्रा, तीन जिल्लामा सार्वजनिक विदा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १, २०८२
|
|
३४ पटक हेरिएको
Shares
विराटनगरमा आज रथयात्रा, तीन जिल्लामा सार्वजनिक विदा

सारांश

  • दिउँसो ३ बजेदेखि सुरु हुने रथयात्रामा हजारौँ भक्तजनहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
  • राधाकृष्ण मन्दिर (विराटनगर–१) बाट यात्रा प्रारम्भ भई तीनपैनी, मेनरोड, ट्राफिकचोक, महेन्द्रचोक, रोडशेषचोक हुँदै बरगाछीमार्ग भएर पुनः मन्दिरमै पुगेर समापन हुनेछ।
  • करिब ९ किलोमिटर लामो यात्राको क्रममा ४३ स्थानमा विश्रामको व्यवस्था गरिएको छ।

विराटनगर – विराटनगरमा आज भव्य राधा–कृष्ण रथयात्रा आयोजना हुँदैछ। दिउँसो ३ बजेदेखि सुरु हुने रथयात्रामा हजारौँ भक्तजनहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

राधाकृष्ण मन्दिर (विराटनगर–१) बाट यात्रा प्रारम्भ भई तीनपैनी, मेनरोड, ट्राफिकचोक, महेन्द्रचोक, रोडशेषचोक हुँदै बरगाछीमार्ग भएर पुनः मन्दिरमै पुगेर समापन हुनेछ। करिब ९ किलोमिटर लामो यात्राको क्रममा ४३ स्थानमा विश्रामको व्यवस्था गरिएको छ।

यस अवसरमा कोशी प्रदेश अन्तर्गतका मोरङ, झापा र सुनसरी जिल्लामा सार्वजनिक विदा दिइएको छ।

यो रथयात्रा विराटनगरको ५८ औँ संस्करण हो। सन् १९८८ (वि.सं. २०४५) मा राधाकृष्ण मन्दिर स्थापना भएपछि कृष्ण जन्माष्टमीको भोलिपल्टदेखि रथयात्रा निकाल्ने परम्परा सुरु गरिएको हो। भूपालमानसिंह कार्की र सत्यनारायण धनावतको पहलमा सुरु भएको यो धार्मिक परम्परालाई निरन्तरता दिइँदै आएको छ।

यस वर्ष रथलाई फरक शैलीमा—पेगोडा ढाँचामा—निर्माण गरिएको छ। रथको लम्बाइ १९ फिट, चौडाइ १४ फिट र उचाइ १८ फिट राखिएको छ, जसले भक्तजनलाई सजिलै अवलोकन गर्न सुविधा दिनेछ। साथै, रथयात्राको क्रममा नेपाली सेनाले हेलिकप्टरमार्फत पुष्पवृष्टि गर्ने कार्यक्रम समेत राखिएको छ।

वर्षौं पुरानो यस परम्पराले विराटनगर मात्र नभई कोशी प्रदेशको धार्मिक र सांस्कृतिक पहिचानलाई संरक्षण र प्रवर्द्धन गर्दै आएको आयोजक समितिले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बारा नेकपा एमालेद्वारा अध्यक्ष ओलीको रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाइयो
बारा नेकपा एमालेद्वारा अध्यक्ष ओलीको रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाइयो
गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
चिकित्सकको टोलीसहित हैजा प्रभावित वीरगन्ज जाँदै गृहमन्त्री लेखक
चिकित्सकको टोलीसहित हैजा प्रभावित वीरगन्ज जाँदै गृहमन्त्री लेखक
स्याङ्जामा स्कुटर ट्रकसँग ठोकिँदा एक जनाको मृ*त्यु
स्याङ्जामा स्कुटर ट्रकसँग ठोकिँदा एक जनाको मृ*त्यु
व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य हुँदैन : राजेन्द्र लिङदेन
व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य हुँदैन : राजेन्द्र लिङदेन
कञ्चनपुरमा दुई किलो चरेससहित होटल सञ्चालक पक्राउ
कञ्चनपुरमा दुई किलो चरेससहित होटल सञ्चालक पक्राउ
सदनको अवरोध हटाउनेबारे सभामुख र प्रचण्डबीच छलफल
सदनको अवरोध हटाउनेबारे सभामुख र प्रचण्डबीच छलफल
आज वैशाख २७ गते बुधबार, यस्तो छ आजको राशिफल।
आज वैशाख २७ गते बुधबार, यस्तो छ आजको राशिफल।
लेबनानमा भएको इजरायली हमलामा दर्जनौँको मृत्यु
लेबनानमा भएको इजरायली हमलामा दर्जनौँको मृत्यु
सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त
सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त