सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

एनसेलको सेयर बिक्रीविरुद्ध सांसद सिंहको रिट निवेदन न्यायाधीश ढुंगानाको इजलासमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २६, २०८०
|
|
५५ पटक हेरिएको
Shares
एनसेलको सेयर बिक्रीविरुद्ध सांसद सिंहको रिट निवेदन न्यायाधीश ढुंगानाको इजलासमा

सारांश

  •   एनसेलको सेयर बिक्री रोक्न माग गर्दै प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेसी तोकिएको छ ।
  • सांसद सिंहले शुक्रबार दायर गरेको रिट निवेदनमा पेसी तोकिएको मंगलबार तेस्रो पटक हो ।
  • यसअघि आइतबार र सोमबार पेसी तोकिएर पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

२६ मंसिर, काठमाडौं ।  एनसेलको सेयर बिक्री रोक्न माग गर्दै प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेसी तोकिएको छ ।

सांसद सिंहले शुक्रबार दायर गरेको रिट निवेदनमा पेसी तोकिएको मंगलबार तेस्रो पटक हो । यसअघि आइतबार र सोमबार पेसी तोकिएर पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा र सोमबार न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिए पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी रिट निवेदनमा गरिएको छ । सांसद सिंहले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?