धरानको पानबारी वनभित्र मृत भेटिएकी महिलाको खुल्यो पहिचान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २८, २०८१
|
|
६२ पटक हेरिएको
Shares
धरानको पानबारी वनभित्र मृत भेटिएकी महिलाको खुल्यो पहिचान

सारांश

  • जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एवम् एसपी सुमनकुमार तिम्सिनाका अनुसार ती महिला धनकुटाको महालक्ष्मी नगरपालिका-१ की ३३ वर्षीया चुनकुमारी (चुनिला) बुढाथोकीका रुपमा परिवारले सनाखत गरेका छन् ।
  • माइती पक्ष र घरतर्फका आफन्तजनले बुधबार शवको सनाखत गरेका हुन् ।
  • शव सनाखत भएपछि अब अनुसन्धानलाई तीव्र पारिएको उनले बताए ।

सुनसरी- गत सोमबार बिहान धरान उपमहानगरपालिका-६ पानबारीस्थित पाँचकन्या वनभित्र मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एवम् एसपी सुमनकुमार तिम्सिनाका अनुसार ती महिला धनकुटाको महालक्ष्मी नगरपालिका-१ की ३३ वर्षीया चुनकुमारी (चुनिला) बुढाथोकीका रुपमा परिवारले सनाखत गरेका छन् ।

माइती पक्ष र घरतर्फका आफन्तजनले बुधबार शवको सनाखत गरेका हुन् । शव सनाखत भएपछि अब अनुसन्धानलाई तीव्र पारिएको उनले बताए । बुढाथोकीको माइती र घर दुवै धनकुटाको महालक्ष्मी नगरपालिका हो । माइती वडा नम्बर १ र घर वडा नम्बर २ मा पर्छ । उनका श्रीमान् प्रेम हाल वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेको खुलेको छ । प्रेम कोरिया गएको ५ बर्षपछि यही घर आएका थिए । उनी घर आएर एक महिना बिदा सकेपछि फेरि कोरिया फर्किएका थिए । यता उनकी श्रीमती चुनिला भने डेढ वर्षदेखि इटहरीको हलगडामा डेरा लिएर बस्ने गरेकी थिइन् । यी बुढाथोकी दम्पतीका एक छोरा छन्।

मृतकको माइती पक्षका अनुसार कोरियाबाट प्रेम एक महिना विदामा आउदा पनि डेरामा श्रीमतिसँग ३ दिनमात्र बसेका थिए । प्रेमले नै कोरियाबाट घटनाअघि शनिबार छोरालाई मावली पठाउन र मोरङमा मृतककी दिदीको जानु भनेर पठाएको पनि भर्खर प्रहरीमा आएर मात्र जानकारी पाएको मृतकका माइला दाजु दुर्गा दाहालले बताए । बुधबार दिउँसो मात्रै कोरियाबाट प्रेमले चुनिला चार दिनदेखि सम्पर्कमा नरहेको खबर पठाएका थिए । तर, पानबारीको जंगलमा एक महिलाको शव भेटिएको समाचार यता भाइरल भइसकेको थियो । प्रेम र चुनिलाले मागीबिहे गरेका थिए । विवाहको केही वर्षसम्म उनीहरूबीच सम्बन्ध राम्रो थियो । तर केही समयअघिबाट उनीहरूबीचको सम्बन्धमा दरार आएको थियो। प्रेम कोरिया गएयता चुनिलासँग झन् सम्बन्ध बिग्रिएको खुलेको छ ।

चुनिलाकी दिदी सावित्राले ज्वाइँ अहिले सम्पर्कमै आउन नचाहेको बताइन् । चुनिला बेपत्ता हुँदा पनि प्रेमले कुनै चासो नदिएको उनको भनाइ छ । चुनिलाका ससुरा सूर्यबहादुर बुढाथोकीले प्रेमले बुधबार मात्रै फोन गरेपछि बुहारी हराएको जानकारी पाएको बताएका छन् । उनले धरानको पानबारी जंगलमा भएको शव हेर्दा बुहारीकै रुपमा पहिचान भएको बताए । सूर्यबहादुरले बुहारीसँग आफूहरूको सम्बन्ध नराम्रो नरहेको बताएका छन् । तर उनले छोरासँगको सम्बन्धबारे आफूलाई थाहा नभएको जवाफ दिएका छन्। उनले छोरो पढाउन भन्दै बुहारी धनकुटाबाट सु्नसरी झरेको पनि बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रमुख प्रतिपक्षको अवरोधपछि मधेश प्रदेश सभा बैठक स्थगित
प्रमुख प्रतिपक्षको अवरोधपछि मधेश प्रदेश सभा बैठक स्थगित
रातको समयमा यात्रा नगर्न काठमाडौँ प्रशासनको आग्रह
रातको समयमा यात्रा नगर्न काठमाडौँ प्रशासनको आग्रह
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन
आफ्नै नेतृत्वमा दल बनाउने योजनामा बालेन, मध्यरातसम्म कुपण्डोलमा केके छलफल भयो ?
आफ्नै नेतृत्वमा दल बनाउने योजनामा बालेन, मध्यरातसम्म कुपण्डोलमा केके छलफल भयो ?
तिहारपछि सुनको भाउ तोलामा ११ हजार ६ सयले घट्यो
तिहारपछि सुनको भाउ तोलामा ११ हजार ६ सयले घट्यो
ऋषि पञ्चमी व्रत कर्मकाण्ड मात्र होईन,संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री ओली
ऋषि पञ्चमी व्रत कर्मकाण्ड मात्र होईन,संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री ओली
फरार सूचीमा रहेका विद्यार्थी नेता यादव धरौटीमा रिहा
फरार सूचीमा रहेका विद्यार्थी नेता यादव धरौटीमा रिहा
जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि सुरु
जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि सुरु
सर्लाहीको यी गाउँहरुमा कार्यकर्ता भेटघाटमा व्यस्त, पुर्व प्रधानमन्त्री ‘प्रचण्ड
सर्लाहीको यी गाउँहरुमा कार्यकर्ता भेटघाटमा व्यस्त, पुर्व प्रधानमन्त्री ‘प्रचण्ड
विद्या भण्डारीबारे आज महत्त्वपूर्ण निर्णय हुने सम्भावना छ : राजेन्द्र गौतम
विद्या भण्डारीबारे आज महत्त्वपूर्ण निर्णय हुने सम्भावना छ : राजेन्द्र गौतम