सत्ता गठबन्धनको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल, यस्ता छन् दलहरूले दिएका सुझाव

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १७, २०८२
|
|
३२ पटक हेरिएको
Shares
सत्ता गठबन्धनको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल, यस्ता छन् दलहरूले दिएका सुझाव

सारांश

  • प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा दलहरूले  आगामी वर्षको नीति तथा कार्यक्रममा समेट्नु पर्ने विषयमा सुझाव दिएका हुन्।
  •    बैठकमा विकास निर्माणलाई प्रभावकारी बनाउने गरी नीति तथा कार्यक्रम ल्याउनेबारे छलफल भएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
  • उनले भने, ‘खासगरी लोकतन्त्रलाई शुद्धीकरण गर्ने र यसमाथि विभिन्न कोणबाट भइरहेका हमला र आक्रमणहरूलाई सामूहिक रूपमा जवाफ दिने निर्णय भयो।

१७ वैशाख, काठमाडौं :

सत्ता गठबन्धनको बैठकमा सरकारले यही वैशाख १९ गते ल्याउन लागेको नीति तथा कार्यक्रममाथि छलफल भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा दलहरूले  आगामी वर्षको नीति तथा कार्यक्रममा समेट्नु पर्ने विषयमा सुझाव दिएका हुन्।   बैठकमा विकास निर्माणलाई प्रभावकारी बनाउने गरी नीति तथा कार्यक्रम ल्याउनेबारे छलफल भएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए।उनले भने, ‘खासगरी लोकतन्त्रलाई शुद्धीकरण गर्ने र यसमाथि विभिन्न कोणबाट भइरहेका हमला र आक्रमणहरूलाई सामूहिक रूपमा जवाफ दिने निर्णय भयो। विकास निर्माणलाई प्रभावकारी, समयमा सकिने, उच्च प्राथमिकमा राख्ने भन्ने सुझाव आएका छन्।

युवा पुस्तामा आशा र विश्वास जगाउनका लागि उद्यमशीलता, सिप विकास, व्यवसायीकरण योजना, बजार संरक्षणको योजनासहितको नीति तथा कार्यक्रम ल्याउन दलहरूले सुझाव दिनुभएको छ।’  उपमहासचिव ज्ञवालीले अर्थतन्त्रलाई लयमा ल्याउनको लागि सरकारको खर्च गर्ने क्षमता बढाउने, अनावश्यक संरचना र फजुल खर्चलाई  निर्ममतापूर्वक  कटौती गर्ने र सरकारको कार्य दक्षतालाई बढाउने, सुशासनलाई प्रभावकारी बनाउनेबारेमा पनि सुझाव आएको बताए । उपमहासचिव ज्ञवालीले विगतका वर्षभन्दा मेजर ब्रेक थ्रू हुनेगरी नीति तथा कार्यक्रम आओस् र त्यसलाई बजेटले पछ्याओस् भन्ने सुझाव आएको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युरोपका तीन ठूला विमानस्थलमा साइबर हमला
युरोपका तीन ठूला विमानस्थलमा साइबर हमला
पार्टी एकताको अभियानले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको छ ःसहसंयोजक नेपाल
पार्टी एकताको अभियानले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको छ ःसहसंयोजक नेपाल
दि ओरिएण्टल इन्स्योरेन्सको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख सहयोग
दि ओरिएण्टल इन्स्योरेन्सको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख सहयोग
पर्सामा कार दुर्घटनामा परी एकको मृ*त्यु, तीन घाइते
पर्सामा कार दुर्घटनामा परी एकको मृ*त्यु, तीन घाइते
यस्तो छ , शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर
अर्थतन्त्रलाई अगाडि बढाउन नीजि क्षेत्र र सरकारबीच सहकार्य आवश्यक : प्रधानमन्त्री ओली
अर्थतन्त्रलाई अगाडि बढाउन नीजि क्षेत्र र सरकारबीच सहकार्य आवश्यक : प्रधानमन्त्री ओली
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
विराट शिव गुरु महोत्सव भव्यताका साथ सम्पन्न 
विराट शिव गुरु महोत्सव भव्यताका साथ सम्पन्न 
देशभर बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको प्रभाव
देशभर बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको प्रभाव
चितवनको खेल हेर्न आउने दर्शकलाई नि:शुल्क बस सेवा
चितवनको खेल हेर्न आउने दर्शकलाई नि:शुल्क बस सेवा