सशस्त्र प्रहरी महानिरीक्षक कप : एपिएफ ‘ए’ र पुलिस स्कुल सेमिफाइनलमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २, २०८१
|
|
३४ पटक हेरिएको
Shares
सशस्त्र प्रहरी महानिरीक्षक कप : एपिएफ ‘ए’ र पुलिस स्कुल सेमिफाइनलमा

सारांश

  •  दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा नेपाल एपिएफ स्कुल कीर्तिपुर ‘ए’ र नेपाल पुलिस स्कुल, साँगा सेमिफाइनल प्रवेश गरेका छन्।
  •  शुक्रबार कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलको मैदानमा सम्पन्न खेलमा विजयी हुँदै एपिएफ कीर्तिपुर ‘ए’ र पुलिस स्कुल साँगा सेमिफाइनल प्रवेश गरेका हुन्।
  • पहिलो खेलमा नेपाल पुलिस स्कुल साँगाले नेपाल एपीएफ स्कुल कीर्तिपु ‘बी’लाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।

 

काठमाडौं, फागुन २ गते। दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा नेपाल एपिएफ स्कुल कीर्तिपुर ‘ए’ र नेपाल पुलिस स्कुल, साँगा सेमिफाइनल प्रवेश गरेका छन्। शुक्रबार कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलको मैदानमा सम्पन्न खेलमा विजयी हुँदै एपिएफ कीर्तिपुर ‘ए’ र पुलिस स्कुल साँगा सेमिफाइनल प्रवेश गरेका हुन्।

पहिलो खेलमा नेपाल पुलिस स्कुल साँगाले नेपाल एपीएफ स्कुल कीर्तिपु ‘बी’लाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।साँगाको जितमा उत्सव खड्का, दिप्सन पाण्डे, सिवन पराजुली र मनिस वनराइतले १/१ गोल गर्नुभयो।उक्त खेलमा दिप्सन खड्का प्लेयर अफ द म्याच बन्नुभयो। त्यसैगरी दोस्रो खेलमा नेपाल एपिएफ स्कुल कीर्तिपुर ‘ए’ले नेपाल एपिएफ स्कुल कोहलपुरलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।जितमा एपिएफ कीर्तिपुर ‘ए’का लागि प्रिन्स मोक्तान र विकास बोहोराले १/१ गोल गर्नुभयो।दोस्रो खेलमा एपिएफ स्कुल कोहलपुरका मानव खत्री प्लेयर अफ द म्याच बन्नुभयो।

दुवै खेलका प्लेयर अफ द म्याचलाई स्कुल सुरक्षा वेशका प्रमुख सप्रनि मनोज विष्ट र नेपाल एपिएफ स्कुल, कीर्तिपुरका सहायक प्रधानाचार्य राजकुमार प्याकुरेलले ट्रफी प्रदान गर्नुभयो। यसअघि प्रतियोगिता अन्तरगत बिहीबार भएको खेलबाट ब्राइट होराइन चिल्ड्रेन होम, मातातीर्थ र सैनिक आवासीय महाविद्यालय, सल्लाघारी सेमिफाइनलमा प्रवेश गरिसकेका  छन्। प्रतियोगिताको फाइनल फागुन ८ गते हुनेछ। प्रतियोगिताको विजयी टिमले ६० हजार रुपियाँ प्राप्त गर्नेछ। दोस्रोले २० हजार र तेस्रो टिमले १० हजार रुपियाँ प्राप्त गर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?