गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १३, २०८२
|
|
२७ पटक हेरिएको
Shares
गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन

सारांश

  •   गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।
  • मंगलबार (जेठ १३) माइतीघरमा विरोध प्रदर्शन गरिएको हो ।
  • अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियु युवा संघ नेपाल, योङ कम्युनिस्ट लिगलगायत संगठनमा आबद्ध व्यक्तिहरूले भिजिट भिसा प्रकरण, मानव बेचबिखन र देशद्रोहविरुद्ध भन्दै प्रदर्शन गरेका हुन् ।

१३ जेठ, काठमाडौं । 

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । मंगलबार (जेठ १३) माइतीघरमा विरोध प्रदर्शन गरिएको हो । अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियु युवा संघ नेपाल, योङ कम्युनिस्ट लिगलगायत संगठनमा आबद्ध व्यक्तिहरूले भिजिट भिसा प्रकरण, मानव बेचबिखन र देशद्रोहविरुद्ध भन्दै प्रदर्शन गरेका हुन् ।

उनीहरूले गृहमन्त्री लेखकको राजीनामा माग गरे । उनीहरूले ‘मानव तस्कार सरकार मुर्दावाद’, ‘गृहमन्त्रीको आम्दानी दैनिक ५० लाख, मासिक १५ करोड, वार्षिक दुई खर्ब’जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?