पूर्वमेयर पासमानसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १०, २०८१
|
|
८५ पटक हेरिएको
Shares
पूर्वमेयर पासमानसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

सारांश

  • विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले पाँचै जनालाई जनही दुई वर्ष ६ महिना कैद, २१ लाख ६० हजार जरिवाना र सोही रकम बराबरको बिगो सजाय तोकेको छ।
  • कर्जन्हा नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ मा प्रशासनिक भवन बनाउन ठेक्का आह्वान गरेको थियो।
  • भवन निर्माणमा आर्थिक हानीनोक्सानी पुर्‍याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ चैत ०८० मा पूर्वनगरप्रमुख पासमानसहित पाँचै जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

 

१० मंसिर , वीरगञ्ज – कर्जन्हा नगरपालिकाका पूर्वप्रमुख गंगा पासमानसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्विशेष अदालतले

पासमानसहित प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो र निर्माण कम्पनीका प्रतिनिधि वैजनाथ यादवलाई दोषी ठहर गरेको हो। विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले पाँचै जनालाई जनही दुई वर्ष ६ महिना कैद, २१ लाख ६० हजार जरिवाना र सोही रकम बराबरको बिगो सजाय तोकेको छ। कर्जन्हा नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ मा प्रशासनिक भवन बनाउन ठेक्का आह्वान गरेको थियो।

भवन निर्माणमा आर्थिक हानीनोक्सानी पुर्‍याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ चैत ०८० मा पूर्वनगरप्रमुख पासमानसहित पाँचै जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। पासवान ०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?