Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ४, २०८२
|
|
३४ पटक हेरिएको
Shares
पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत

सारांश

  • चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौं महानगरपालिकाको कुल खर्च १२.
  • ९४ प्रतिशत पुगेको छ ।
  • विनियोजित २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ मध्ये ३ अर्ब २५ करोड २२ लाख ८४ हजार ६१ रुपैयाँ खर्च भएको हो ।

 

४ मंसिर, काठमाडौं ।

चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौं महानगरपालिकाको कुल खर्च १२.९४ प्रतिशत पुगेको छ । विनियोजित २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ मध्ये ३ अर्ब २५ करोड २२ लाख ८४ हजार ६१ रुपैयाँ खर्च भएको हो । यसमा चालु तर्फको ९ अर्ब ५६ करोड ३६ लाख २९ हजार रुपैयाँ बजेटमा २ अर्ब १३ करोड ३३ लाख १ हजार ६६१ रुपैयाँ र पुँजीगत तर्फ १५ अर्ब ५३ करोड ७ लाख १२ हजार रुपैयाँ बजेटमा १ अर्ब ११ करोड ८९ लाख ८२ हजार ४ सय रुपैयाँ खर्च भएको आर्थिक प्रशासन महाशाखा प्रमुख श्यामप्रसाद न्यौपानेले जानकारी दिए ।

यस अवधिमा केन्द्रबाट खर्च हुने बजेटबाट १४ प्रतिशत खर्च भएको छ । वडातर्फ सबैभन्दा धेरै १९.४१ प्रतिशत र सबैभन्दा कम ०.३८ प्रतिशत रकम खर्च भएको छ । ३ वर्षमा महानगरपालिकाले पहिलो चौमासिकमा गरेको खर्चलाई तुलना गर्दा २०८०÷०८१ मा १२.९ प्रतिशत, २०८१÷०८२ मा १२.३४ प्रतिशत र यस वर्ष १२.९४ प्रतिशत खर्च भएको देखिन्छ । गतवर्ष विनियोजित २५ अर्ब ८६ लाख ५२ हजार रुपैयाँमा ३ अर्ब ८ करोड ८४ लाख २१ हजार ४८४ रुपैयाँ अर्थात १२.३४ प्रतिशत खर्च भएको थियो । विनियोजित रकममा चालुतर्फ १ अर्ब ८० करोड ५४ लाख ९९ हजार २९० रुपैयाँ र पुँजीगततर्फ १ अर्ब २८ करोड २९ लाख २२ हजार १९३ गरी खर्च थियो । यसमा चालुतर्फ ९ अर्ब ८२ करोड २० लाख ५० हजार ७१८ रुपैयाँ र पुँजीगततर्फ १५ अर्ब ६ करोड ५६ लाख १ हजार २८२ रुपैयाँ बजेट विनियोजित थियो । यसमा केन्द्रबाट १३.३१ प्रतिशत खर्च भएको थियो ।

सबैभन्दा धेरै खर्च गर्ने वडा वडा नं. १९ ले २०.९३ प्रतिशत र सबैभन्दा कम खर्च गर्ने वडा नं. ११ ले १.१९ प्रतिशत खर्च गरेको थियो ।  आर्थिक वर्ष २०८०÷०८१ का लागि विनियोजित २४ अर्ब १८ करोड ७८ लाख ८२ हजार रुपैयाँमध्ये २ अर्ब ९२ करोड ५७ लाख ९७ हजार २१३ रुपैयाँ अर्थात् १२.०९ प्रतिशत बजेट खर्च भएको थियो । यस वर्ष चालुतर्फ विनियोजित ९ अरब ३ करोड ६८ लाख २९ हजार ६०७ रुपैयाँमा १ अर्ब ६८ करोड ७ लाख ६९ हजार ५६० रुपैयाँ र पुँजीगततर्फ विनियोजित १५ अर्ब १० करोड १० लाख ५२ हजार ३९३ रुपैयाँमा १ अर्ब २४ करोड ५० लाख २७ हजार ६५३ रुपैयाँ खर्च भएको थियो । यस अवधिमा केन्द्रबाट गरिने खर्चको प्रतिशत १२.७८ थियो । सबैभन्दा धेरै खर्च गर्ने वडा १९ ले २१.२३ प्रतिशत र सबैभन्दा कम खर्च गर्ने वडा वडा नं. ३२ ले १.१४ प्रतिशत खर्च गरेको थियो ।

यसवर्ष वडाहरुतर्फ १० वटा वडाको १० प्रतिशतभन्दा धेरै खर्च गरेका छन् । यसरी खर्च  गर्ने वडाहरुमा वडा नं. २ ले १२.८१ प्रतिशत, वडा नं. ७ ले २०.५५ प्रतिशत, वडा नम्बर ८ ले १०.५३ प्रतिशत, वडा नम्बर १० ले १०.८१ प्रतिशत खर्च गरेको महाशाखा प्रमुख न्यौपानेको भनाइ छ । उनका अनुसार वडा नं. १४ ले १५.८६ प्रतिशत, वडा नम्बर १६ ले १९.४१ प्रतिशत, वडा नम्बर १९ ले १६.६९ प्रतिशत, वडा नम्बर २३ को १२.८४, वडा नम्बर २७ को १४.४४ प्रतिशत वडा नम्बर २९ को १०.१४ प्रतिशत खर्च गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापा ५ मा झाँकीसहित बालेनले मनोनयन दर्ता गर्ने, ३ हजार सहभागी गराउने तयारी
झापा ५ मा झाँकीसहित बालेनले मनोनयन दर्ता गर्ने, ३ हजार सहभागी गराउने तयारी
सुनसरी घटनामा घाइते थप एक जनाको मृ*त्यु, मृ*तक संख्या ४ पुग्यो
सुनसरी घटनामा घाइते थप एक जनाको मृ*त्यु, मृ*तक संख्या ४ पुग्यो
जसपा मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी
जसपा मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी
मानव बेचबिखनमा संलग्न दुई जनालाई
मानव बेचबिखनमा संलग्न दुई जनालाई
पत्रकारलाई डिजिटल साक्षरता, लैङ्गिक संवेदनशीलता र ‘गो ग्रिन’ पत्रकारिता तालिम
पत्रकारलाई डिजिटल साक्षरता, लैङ्गिक संवेदनशीलता र ‘गो ग्रिन’ पत्रकारिता तालिम
यी हुन् प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणका १२ बुँदे ब्रिफिङ
दुई वर्षअघिनै निर्माण सक्नुपर्ने रङ्गशाला अझै अलपत्र
दुई वर्षअघिनै निर्माण सक्नुपर्ने रङ्गशाला अझै अलपत्र
सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्ति पक्राउ
सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्ति पक्राउ
देशको अवस्था सही ढंगले विश्लेषण गर्ने बेला भयो : सभामुख घिमिरे
देशको अवस्था सही ढंगले विश्लेषण गर्ने बेला भयो : सभामुख घिमिरे
मुख्यमन्त्री कार्यालयमा राजीनामा दिएका गौतमले सम्हाले मधेश लोकसेवा आयोगको सचिवको जिम्मेवारी
मुख्यमन्त्री कार्यालयमा राजीनामा दिएका गौतमले सम्हाले मधेश लोकसेवा आयोगको सचिवको जिम्मेवारी