देशको अवस्था सही ढंगले विश्लेषण गर्ने बेला भयो : सभामुख घिमिरे

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २७, २०८२
|
|
२८ पटक हेरिएको
Shares
देशको अवस्था सही ढंगले विश्लेषण गर्ने बेला भयो : सभामुख घिमिरे

सारांश

  • प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिकर्मीहरुले देशको अहिलेको अवस्थाको सही ढंगले विश्लेषण गर्ने उपयुक्त बेला भएको बताएका छन्।
  • पूर्व सांसद मञ्च, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको नेपालको वर्तमान अवस्था : चूनौति र समाधान बिषयक कार्यक्रममा सभामुख घिमिरेले देशको अवस्थामा बारेमा सकारात्मक र नकारात्मक दुवै ढंगले विश्लेषण हुने गरेको भन्दै अब देशको अहिलेको अवस्थाको सहि ढंगले विश्लेषण गर्ने उपयुक्त बेला भएको बताएका हुन्।
  • विश्लेषणका आधारमा मुलुकलाई अघि बढाउन उपयुक्त निर्णय लिनसक्नुपर्ने उनको भनाइ छ।

२७ वैशाख, काठमाडौं ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिकर्मीहरुले देशको अहिलेको अवस्थाको सही ढंगले विश्लेषण गर्ने उपयुक्त बेला भएको बताएका छन्। पूर्व सांसद मञ्च, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको नेपालको वर्तमान अवस्था : चूनौति र समाधान बिषयक कार्यक्रममा सभामुख घिमिरेले देशको अवस्थामा बारेमा सकारात्मक र नकारात्मक दुवै ढंगले विश्लेषण हुने गरेको भन्दै अब देशको अहिलेको अवस्थाको सहि ढंगले विश्लेषण गर्ने उपयुक्त बेला भएको बताएका हुन्।

विश्लेषणका आधारमा मुलुकलाई अघि बढाउन उपयुक्त निर्णय लिनसक्नुपर्ने उनको भनाइ छ। सभामुख घिमिरेले चैत्र १५ गते भएको हिंसात्मक घटनाको चर्चा भइरहेको अवस्थामा अहिलको प्रणालीको बिरुद्धमा समेत भएका टिकाटिप्पणी यथार्थपरक नभएको उल्लेख गरे। व्यवस्था परिवर्तन भएपछि अवस्था परिवर्तन भएन भन्ने विश्लेषण जनताले गरेपनि यथार्थमा त्यस्तो नभएको उहाले बताए। सभामुख घिमिरेले बिभिन्न आन्दोलनबाट आएको व्यवस्थाकै कारण मुलुकको अवस्थामा व्यापक परिवर्तन भएको जिकिर गरे।

व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्ने भाष्यमा टेकेर इतिहासलाई फर्काउन चाहने शक्तिहरुले टाउको उठाइरहेकाले संसदका गतिविधिहरु गम्भीर हुनुपर्ने उनले बताए। त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सवै मिलेर देशमा सुशासन कायम गर्न सके जनताले विश्वास गर्ने बताए। उनले जनताको चाहना पुरा गर्ने दायित्व सरकारको भएको धारणा राखे। सरकारमा रहदा एउटा कुरा गर्ने र प्रतिपक्षीमा रहदा अर्को कुरा गर्ने परिपाटीले जनतामा भ्रम सिर्जना हुने गरेको उनले बताए। उनले नेताहरुले जथाभावी बोल्ने गरेका कारण राजावादीहरु भ्रम फैलाउन सक्रिय भएकाले लोकतन्त्रबादीहरुले मिलेर जवाफ दिनुपर्ने उल्लेख गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फुटेको एक्टोपिक गर्भावस्थाको जटिल शल्यक्रियाबाट जोगियो महिलाको ज्यान
फुटेको एक्टोपिक गर्भावस्थाको जटिल शल्यक्रियाबाट जोगियो महिलाको ज्यान
उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा
उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा
तिखो प्रश्न गर्ने जगदीशलाई सञ्चार मन्त्रालयकै जिम्मा
तिखो प्रश्न गर्ने जगदीशलाई सञ्चार मन्त्रालयकै जिम्मा
सुनका धनी प्रधानमन्त्रीका करोडपति मन्त्री, कोसँग कति छ सम्पत्ति
सुनका धनी प्रधानमन्त्रीका करोडपति मन्त्री, कोसँग कति छ सम्पत्ति
सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित
सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित
पछिल्लो नौ वर्षमा एड्सबाट हुने मृ*त्युदरमा ६२ प्रतिशतले कमी
पछिल्लो नौ वर्षमा एड्सबाट हुने मृ*त्युदरमा ६२ प्रतिशतले कमी
ऊर्जामन्त्री खड्का र समकक्षी भारतका जलशक्ति मन्त्रीबीच भेटवार्ता
ऊर्जामन्त्री खड्का र समकक्षी भारतका जलशक्ति मन्त्रीबीच भेटवार्ता
तीन दिनदेखि लगातार बढ्यो सेयर बजार
तीन दिनदेखि लगातार बढ्यो सेयर बजार
पार्टी हितविरुद्ध नलाग्न २६ नेता कार्यकर्तालाई कांग्रेसले गरायो सचेत
पार्टी हितविरुद्ध नलाग्न २६ नेता कार्यकर्तालाई कांग्रेसले गरायो सचेत
उत्तराखण्ड: नवजात शिशु बोकेको कार बाढीमा खस्दा एकै परिवारका ४ जनाको मृ*त्यु
उत्तराखण्ड: नवजात शिशु बोकेको कार बाढीमा खस्दा एकै परिवारका ४ जनाको मृ*त्यु