नागढुंगा-नौबिसे सडक खण्ड भासियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र १७, २०८३
|
|
१८६ पटक हेरिएको
Shares
नागढुंगा-नौबिसे सडक खण्ड भासियो

सारांश

  • नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ ।
  •  नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको छ ।
  •  सडक विभागका इन्जिनियर अर्जुन प्रसाद अर्यालका अनुसार सडक भासिएपछि गाडी एकतर्फी रूपमा सञ्चालन गरिएको छ ।

१७ भदौ, काठमाडौं ।

नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ । नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको छ । सडक विभागका इन्जिनियर अर्जुन प्रसाद अर्यालका अनुसार सडक भासिएपछि गाडी एकतर्फी रूपमा सञ्चालन गरिएको छ । सडक भासिएपछि पेट्रोलियम पदार्थ बोकेका गाडीहरूलाई मात्रै यो रुटमा चल्न दिइएको उनले बताए । यो रुट भएर आउने अन्य गाडीहरूलाई भने सुरुङमार्गबाट पठाउने तयारी भइरहेको उनको भनाइ छ ।

सडकको वाल पुरानो भएका कारण सडक भासिएको हुन सक्ने उनले बताए । अर्यालले भने, ‘सडकको वाल धेरै पुरानो थियो । पुरानै भएका कारण वाल भत्किएपछि सडक भासिएको हुन सक्छ । तर के कारणले सडक भासिएको भन्नेबारे प्राविधिक टोलीले अध्ययन गरेपछि मात्रै थाहा हुन्छ ।’ सडक विभागबाट अहिले प्राविधिक टोलो सडक भासिएको ठाउँमा गइसकेको अर्यालले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...