Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

आज ७३औँ कानुन दिवस

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २६, २०८२
|
|
८८ पटक हेरिएको
Shares
आज ७३औँ कानुन दिवस

सारांश

  •   आज वैशाख २६ गते अर्थात् ७३औँ कानुन दिवस ।
  • न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको प्रवद्र्धनमा जोड दिँदै आज कानुन दिवस मनाइँदै छ ।
  • कानुन र न्यायको क्षेत्रमा चासो राख्नेहरूका लागि यो विशेष दिन हो ।

२६ वैशाख, काठमाडौँ । 

आज वैशाख २६ गते अर्थात् ७३औँ कानुन दिवस । न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको प्रवद्र्धनमा जोड दिँदै आज कानुन दिवस मनाइँदै छ । कानुन र न्यायको क्षेत्रमा चासो राख्नेहरूका लागि यो विशेष दिन हो । विसं २००७ मा प्रजातन्त्र स्थापनापश्चात् २००८ सालमा प्रधान न्यायालय ऐन जारी भई २००९ साल वैशाख २६ गते राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा यो दिनलाई कानुन दिवसका रूपमा मनाउन प्रारम्भ भएको हो ।

उक्त ऐन २००९ साल पुस ८ गतेको गजेटमा प्रकाशन भई प्रधान न्यायालय गठन भएको र त्यसैको जगमा हालको सर्वोच्च अदालतको स्थापना भएको हो । न्यायपालिकालाई कार्यपालिकाबाट पृथक राखी स्वतन्त्र, निष्पक्ष र तटस्थ न्यायपालिकाको स्थापना, विधिको शासन र आधुनिक न्याय प्रणालीको श्रीगणेश सोही दिनदेखि भएको मानिन्छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्य तथा विशिष्ट अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सर्वोच्च अदालतको आयोजनामा आज अपराह्न यहाँ विशेष कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति पौडेलद्वारा ३ प्रदेश प्रमुख नियुक्त
राष्ट्रपति पौडेलद्वारा ३ प्रदेश प्रमुख नियुक्त
अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य बुझ्न प्रधानमन्त्री कीर्तिपुर अस्पतालमा
अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य बुझ्न प्रधानमन्त्री कीर्तिपुर अस्पतालमा
भारतीय राजदूत श्रीवास्तव आज डिस्चार्ज हुने
भारतीय राजदूत श्रीवास्तव आज डिस्चार्ज हुने
सामाजिक सञ्जालमा तस्बिर तथा भिडिओ राख्ने १६६ जना सशस्त्र प्रहरी कारबाहीमा
सामाजिक सञ्जालमा तस्बिर तथा भिडिओ राख्ने १६६ जना सशस्त्र प्रहरी कारबाहीमा
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह
शिक्षा विधेयक रोकेर सरकार र महासंघ वार्तामा
शिक्षा विधेयक रोकेर सरकार र महासंघ वार्तामा
फागुन २१ मा निर्वाचन हुन्छ, उज्यालो नेपाल पार्टीले बहुमत ल्याउँछ : कुलमान घिसिङ
फागुन २१ मा निर्वाचन हुन्छ, उज्यालो नेपाल पार्टीले बहुमत ल्याउँछ : कुलमान घिसिङ
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
तीनकुने घटनाको सबै जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्छ : कांग्रेस
तीनकुने घटनाको सबै जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्छ : कांग्रेस
महानगरपालिकाबाट ४२ हजार ८५६ वटा विद्युतीय शिफारिस जारी
महानगरपालिकाबाट ४२ हजार ८५६ वटा विद्युतीय शिफारिस जारी