फागुन २१ मा निर्वाचन हुन्छ, उज्यालो नेपाल पार्टीले बहुमत ल्याउँछ : कुलमान घिसिङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष ८, २०८२
|
|
३२ पटक हेरिएको
Shares
फागुन २१ मा निर्वाचन हुन्छ, उज्यालो नेपाल पार्टीले बहुमत ल्याउँछ : कुलमान घिसिङ

सारांश

  • अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री एवं उज्यालो पार्टीका नेता कुलमान घिसिङले आगामी फागुन २१ गते हुने निर्वाचनबाट देशमा नयाँ दलहरूको सरकार बन्नुपर्ने बताएका छन् ।
  • गृह जिल्ला रामेछापको मन्थलीमा आयोजित उज्यालो नेपाल पार्टीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री घिसिङले देशको स्थिरताका लागि चुनाव अनिवार्य रहेको बताए ।
  • ‘चुनाव हुनैपर्छ, देशको स्थिरताका लागि चुनाव अनिवार्य छ तर यो निर्वाचनबाट नयाँ नेतृत्व आउनु पर्छ, यदि यो निर्वाचनबाट पनि पुरानै दलहरू नेतृत्वमा आउने हो भने त्यसको के अर्थ हुन्छ ?

८ पुष, रामेछाप ।

अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री एवं उज्यालो पार्टीका नेता कुलमान घिसिङले आगामी फागुन २१ गते हुने निर्वाचनबाट देशमा नयाँ दलहरूको सरकार बन्नुपर्ने बताएका छन् । गृह जिल्ला रामेछापको मन्थलीमा आयोजित उज्यालो नेपाल पार्टीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री घिसिङले देशको स्थिरताका लागि चुनाव अनिवार्य रहेको बताए ।
‘चुनाव हुनैपर्छ, देशको स्थिरताका लागि चुनाव अनिवार्य छ तर यो निर्वाचनबाट नयाँ नेतृत्व आउनु पर्छ, यदि यो निर्वाचनबाट पनि पुरानै दलहरू नेतृत्वमा आउने हो भने त्यसको के अर्थ हुन्छ ?’ उनले भने ।

आफूले मात्र चुनाव जित्नु ठुलो कुरा नभएको उल्लेख गर्दै उनले देशभरबाट उज्यालो नेपाल पार्टीका नेताहरूले बहुमत, दुई तिहाइसहित चुनाव जितेमा देशको विकास सम्भव हुने दाबी गरे । घिसिङले आगामी निर्वाचनबाट पनि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी जस्ता पूराना दलका नेताहरू नै सरकारको नेतृत्वमा पुगेमा पछिल्लो समय ‘जेनजी विद्रोह’ले सिर्जना गरेको राजनीतिक अवस्थाको औचित्य समाप्त हुने उनले बताए । चुनावपछि बन्ने सरकार देशका लागि अत्यन्तै महत्त्वपूर्ण हुने उनको ठहर छ । उज्यालो नेपाल पार्टीलाई बहुमत दिलाउने गरी सक्रिय हुन निर्देशन दिँदै उनले देश निर्माणका लागि प्रधानमन्त्री सही र क्षमतावान् हुनुपर्नेमा जोड दिए । ‘हिजोका नेताहरूले लिडरसिप गरेनन्, राजनीति मात्रै गरे,’ उनले भने,‘हामी राजनीति गर्न होइन, देशको समृद्धिका लागि काम गर्न आएका हौँ ।’ भाषण र गफले मात्र देश विकास नहुने बताउँदै घिसिङले पुराना शक्तिहरूलाई परास्त गर्न नयाँ शक्तिहरू एकताबद्ध भएर अगाडि बढ्नु पर्ने बताए । उज्यालो नेपाल पार्टी छोटो समयमै देशभर फैलिएको दाबी गर्दै उनले नयाँ नेतृत्वप्रति जनतामा आशा बढ्दै गएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यूएई जान लागेका नेपालीको पासपोर्टमा ‘रोजगारी निषेध’ लेख्ने दुई जना अध्यागमन अधिकृतमाथि कारबाही
यूएई जान लागेका नेपालीको पासपोर्टमा ‘रोजगारी निषेध’ लेख्ने दुई जना अध्यागमन अधिकृतमाथि कारबाही
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पेट्रोल र डिजेलको मूल्य बढ्यो
सहरी सौन्दर्य बढाउन ३३ हजार वर्गमिटरमा ढुंगा बिछ्याउँदै काठमाडौं महानगर
सहरी सौन्दर्य बढाउन ३३ हजार वर्गमिटरमा ढुंगा बिछ्याउँदै काठमाडौं महानगर
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, निजामती सेवा विधेयकमाथि छलफल हुने
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, निजामती सेवा विधेयकमाथि छलफल हुने
सञ्चार मन्त्रालयलाई ७ अर्ब ३५ करोड बजेट
सञ्चार मन्त्रालयलाई ७ अर्ब ३५ करोड बजेट
आज वैशाख २९ गते शुक्रबार, यस्तो छ आजको राशिफल। 
आज वैशाख २९ गते शुक्रबार, यस्तो छ आजको राशिफल। 
पशुपति मन्दिरमा करिब डेढ लाख भक्तजनहरुले गरे दर्शन
पशुपति मन्दिरमा करिब डेढ लाख भक्तजनहरुले गरे दर्शन
बुटवलमा एक युवकको ह*त्या आरोपमा युवती पक्राउ
बुटवलमा एक युवकको ह*त्या आरोपमा युवती पक्राउ
त्रिविको ४९ औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउनेको नामावली सार्वजनिक
त्रिविको ४९ औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउनेको नामावली सार्वजनिक
६ घण्टा छलफलपछि राति एकताको सन्देश दिँदै एउटै कारमा बाहिरिए रवि–बालेन
६ घण्टा छलफलपछि राति एकताको सन्देश दिँदै एउटै कारमा बाहिरिए रवि–बालेन